Dictionary

All Word

14751 कष्ट ना. १. कुनै अभाव वा न्यूनताका कारणले हुने नरमाइलो तथा दुःखको अनुभव, दुःख, पीडा।
14752 कष्ट ना. २. आपद् सङ्कट।
14753 कष्टकर वि. कष्ट दिने, कष्ट पुऱ्याउने, कष्ट हुने।
14754 कष्टकल्पना ना. प्रयोगमा ल्याउन कठिन हुने कल्पना वा सोचाइ।
14755 कष्टकारक वि. कष्टकर।
14756 कष्टसाध्य वि. मुस्किलले मात्र सफल पार्न सकिने, साह्रै मेहनतले मात्र सिद्ध हुने।
14757 कस्नु स. क्रि. १. कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; २. पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु।
14758 कस्नु स. क्रि. ३. किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु, कसाकस गर्नु, घटाघट गर्नु।
14759 कस्नु स. क्रि. ४. किफायत गर्नु, खर्च घटाउनु।
14760 कस्नु स. क्रि. ५. करकापमा पारेर लिनु, पैसा पैसाको हिसाब गर्नु।
14761 कस्नु स. क्रि. ६. सेस्तामा आम्दानीखर्च बाँध्नु।
14762 कस० ना. १. धातुका भाँडाकुँडामा लाग्ने खिया, काई, खई।
14763 कस० ना. २. उगाल, थिग्रो।
14764 कस० ना. ३. धुवाँ आदिको कसर।
14765 कस० ना. ४. दाग, कपट।
14766 कस सर्व . विभक्ति लाग्दा बन्ने 'को' शब्दको तिर्यक् रूप (कसको, कसलाई, कसबाट, कसले इ.)।
14767 कसकास ना. कस्ने वा मस्काउने चाल वा क्रिया।
14768 कसकुट ना. तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु।
14769 कसकुटे वि. कसकुटको, कसकुटसम्बन्धी ( भाँडाकुँडा)।
14770 कसक्क क्रि.वि. अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा।
14771 कसनतमन ना. काँस, तामा आदि धातुका भाँडावर्तन, ढलौटे भाँडाकुँडा।
14772 कसम ना. हे. किरिया, शप।
14773 कसमी ना. वेश्या, व्यभिचारिणी स्त्री; पातर।
14774 कसर ना. १. कुनै वस्तुमा मिसिएको काम नलाग्ने र फाल्ने वस्तु, कसिङ्गर।
14775 कसर ना. २. थिग्रो थिग्रेनी।
14776 कसर ना. ४. कपट, पाप।
14777 कसर ना. ४. सुक्दा वा फोहर वस्तु छुट्टयाउँदा कुनै वस्तुमा हुने नोक्सानी, जर्ती।
14778 कसर ना. ५. गुठीको जग्गामा लाग्ने मालपोत वा तिरो, छ्वायबाली।
14779 कसरत ना. १. शरीर निरोगी र हृष्टपुष्ट पार्नलाई गरिने दण्डबैठक आदि अभ्यास, व्यायाम।
14780 कसरत ना. २ मिहिनेत, परिश्रम, खप्याइँ (प. ने.)।
14781 कसरती वि. कसरत गर्ने, व्यायाम गर्ने।
14782 कसरमसर ना. १. रहेपहेको वस्तु यिगर।
14783 कसरमसर ना. २. त्रुटि अशुद्धि।
14784 कसरमसर ना. ३. दोष, दाग।
14785 कसरी क्रि.वि. कसो गरी, के गरी कुन किसिमले कुन तरहले।
14786 कसला ना. पिर, तकलिफ।
14787 कसला ना. (उदा.- लिएथें त्यो शिक्षा तब अनि घट्यो कष्ट कसला। कसला लेखनाथ, 'तरुण तपसी )।
14788 कसाइ ना. कस्ने काम वा प्रक्रिया।
14789 कसाइनु क.क्रि. कस्न लाइनु, मस्काउन लाइनु।
14790 कसाई ना. १. प्रायः मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति।
14791 कसाई ना. वि. २. वधिक।
14792 कसाउनु प्रे. क्रि. कस्न लाउनु, मस्काउन लाउनु।
14793 कसाकस ना. १. भाउ घटाउने काम, घटाघट।
14794 कसाकस ना. २. धमाधम कस्ने काम।
14795 कसाकस ना. ३. परस्परको कसाइ।
14796 कसार ना. विवाह, व्रतबन्ध आदि शुभ कार्यमा खट्टेको पिठो र खुदो मुछी मुठीले बटारेर बनाइएको लड्डु।
14797 कसार ना. ( पश्चिम नेपालमा खाजा खानका लागि पनि कसार बनाउने गरिन्छ। )।
14798 साहा वि. कस्ने स्वभावको, किरन्टोकी।
14799 कसिकसाउ ना. सजिसजाउ, तम्तयार।
14800 कसिडर / कसिङ्गर ना. १. धुलोमुलो, घसरपसर, पातपतिङ्गर, घुरान।