Dictionary

All Word

14901 कास्टिङ मेसिन ना. मुद्रणकलामा मोनोटाइप बनाउने वा ढाल्ने यन्त्रविशेष।
14902 काहा ना. पोङ्गा र पैँताभन्दा केही लामो, फुकेर बजाइने, तामाको एक किसिमको ढुङ्ग्रे बाजा।
14903 कास्मिरी वि. काश्मीरका बासिन्दा; काश्मीरसम्बन्धी।
14904 कास्मिरी केशर ना. १. मसिना लामा लामा पात हुने, रातो केशर भएको, सेता फूल फुल्ने, लसुनका जस्ता पोटी हुने एक बुटी।
14905 कास्मिरी केशर ना. २. त्यसैको फूलको बास्नादार केशर; कुङ्कुम।
14906 काहार ना. नेपालको तराइली मूलका घर्ती; डोली बोक्ने एक जाति; भुइया; खतबे।
14907 काहिँली वि. १. जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री); साहिँलीपछिकी; काइँली। ना.
14908 काहिँली वि. २. काहिँलो छोरो वा भाइकी पत्नी।
14909 काहिँलो वि. साहिँलोभन्दा पछिको; जन्मका क्रमले चौथो ( छोरो, भाइ आदि); काइँलो।
14910 कि संयो. १. दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.- पढ्छौ कि पढ्दैनौ?)।
14911 कि संयो. २. मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द। (उदा.- कि तिमी जाऊ कि मलाई जान देऊ। )। निपा.
14912 कि संयो. ३. प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द ( उदा.- उसले मलाई पढाउँछ कि ? ऊ त्यहाँ छैन कि ? )।
14913 कि संयो. ४. उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त.)।
14914 किंकर्तव्यविमूढ वि. निर्णयशक्तिको अभावमा कुनै काम गर्न गरुँ, कसो गरुँ भई अलमलिएको; आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको; रनभुल्लमा परेको; बिलखबन्द।
14915 किंवदन्ती ना. १. समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा; जनश्रुति।
14916 किंवदन्ती ना. २. हल्ला; अफवाह।
14917 किंवा संयो. दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा। (उदा.- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठुलो महत्त्व छ। )
14918 किंशुक ना. पलाँसको रुख; पलाँसको फूल।
14919 किउँकाफल ना. काला लाम्चा दाना हुने एक प्रकारको काफल।
14920 किकी ना. जुम्रा (बालबोलीमा)।
14921 किक्क क्रि.वि. बाडुली लागेर वा घाँटीभित्र कुनै चिज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी।
14922 किक्लिक्क वि. घाँटीमा कुनै चिज अड्किँदा वा घाँटी अँठ्याउँदा ऊर्ध्ववायुको झोक्का निस्कने गरी हुने शारीरिक प्रतिक्रिया।
14923 किङ्कर ना. चाकर; नोकर; दास; सेवक; भृत्य।
14924 किङ्कर्तव्यविमूढ वि. हे. किंकर्तव्यविमूढ।
14925 किङ्किणी ना. १. घुँगरुदार आभूषण; चाँप; घँगला; क्षुद्रघण्टिका।
14926 किङ्किणी ना. २. कम्मरपेटी।
14927 किङ्गरी ना. १. भिक्षावृत्ति भएको, तराईमा बस्ने एक जाति।
14928 किङ्गरी ना. २. त्यस जातिले बजाउने एक थरी बाजा।
14929 किच्नु स. क्रि. १. कुनै वस्तुलाई गह्रुँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु।
14930 किच्नु स. क्रि. २. दमन गर्नु; दबाउनु; जित्नु।
14931 किचकन्नी ना. पैतला पछाडिपट्टि फर्किएको र पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी; स्त्रीका रूपमा रहने एक प्रेतयोनि; अगतिमा परेका स्त्रीहरूको प्रेतात्मा।
14932 किचकाच क्रि.वि. सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम; किच्ने र थिच्ने काम; किचमिच; थिचथाच।
14933 किचकिच ना. १. झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन। क्रि.वि.
14934 किचकिच ना. २. झर्को लाग्ने गरी; सताउने किसिमले।
14935 किचमिच ना. किच्ने र मिच्ने काम; थिचमिच; किचकाच।
14936 किचाइ ना. किच्ने काम वा प्रक्रिया।
14937 किचाइनु क.क्रि. किच्न लाइनु; थिचाइनु।
14938 किचाउनु प्रे. क्रि. किच्न लाउनु; थिचाउनु।
14939 किचाकिच ना. परस्परमा वा धमाधम किच्ने काम; थिचाथिच; मिचामिच; ठेलमठेल।
14940 किचाघान ना. भिडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति; थिचोमिचो।
14941 किचिनु क.क्रि. किच्ने काम गरिनु; थिचिन; मिचिनु।
14942 किचिपिची/ किचिमिची ना. १. किच्ने र मिच्ने काम; किचमिच।
14943 किचिपिची/ किचिमिची ना. २. गिलो पदार्थलाई बेसरी माड्ने काम; गिजोल्ने काम।
14944 किचिपिची/ किचिमिची ना. ३. घाउ खटिरा आदिमा जमेको पिप फुटेर छ्‌याल्लब्याल्ल हुने काम।
14945 किचिपिची/ किचिमिची ना. ४. अस्पष्ट र फोहोर खालको लेखाइ।
14946 किचिरपिचिर/किचिरमिचिर ना. हे. किचिमिची।
14947 किच्च क्रि.वि. कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले।
14948 किच्चक वि. कुनै कारण वा प्रयोजनविना नै किच्च किच्च हाँसिरहने।
14949 किच्चिनु अ.क्रि. किचिनु; थिचिनु।
14950 किच्च्याइ ना. किच्चिने काम, भाव वा अवस्था।