Dictionary

All Word

15051 किमार्थ क्रि.वि. कसै गरेर पनि; केही गरे पनि; कुनै स्थिति वा अवस्थामा पनि; निश्चय नै; पटक्कै।
15052 किम्पुरुष ना. १. हे. किन्नर।
15053 किम्पुरुष ना. २. पुराणअनुसार हिमालय र हेमकूट पर्वतका बिचमा रहेको उक्त जाति रहने ठाउँ।
15054 किम्बु ना. खरीको जस्तो लाम्चा पात हुने, मञ्जरीजस्तो भएर मसिना पहेँला फूल फुल्ने, पिप्लाका आकारको सेता, हरिया वा प्याजी रङ्गका फल फल्ने एक रुख वा त्यसैको फल; किम्मु।
15055 किम्मत ना. १. कुनै मालको मूल्य; दाम; मोल।
15056 किम्मत ना. २. महत्त्व।
15057 किम्मत ना. ३. पुरुषार्थ; आश्चर्यजनक काम।
15058 किम्मती वि. १. धेरै मोल पर्ने; मूल्यवान्; दामी।
15059 किम्मती वि. २. महत्त्वपूर्ण; महान्।
15060 किम्मती वि. ३. प्रशंसनीय; तारिफलाग्दो।
15061 किम्मु ना. हे. किम्बु।
15062 किरकिटी ना. सत्ताइस नक्षत्रमध्ये तेस्रोचाहिँ तथा ६ वटा ताराहरूको पुञ्ज रहने नक्षत्र; किर्किटी; कृत्तिका नक्षत्र।
15063 किरकिर क्रि.वि. मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी; कुनै कडा वस्तुसँग रगडिँदा आवाज आउने किसिमले।
15064 किरकिरी क्रि.वि. १. मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी। ना.
15065 किरकिरी क्रि.वि. २. तरकारी, खाना आदिमा मिसिएका ससाना गेगर वा बालुवा।
15066 किरकिरे ना. भाँचिएको हाडको टुप्पा घोटिँदा आउने आवाज।
15067 किरण ना. प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर फिँजिने उज्यालो रेखा; ज्योति; रश्मि; प्रभा; कान्ति; तेज।
15068 किरणकेतु ना. सूर्य।
15069 किरणकेन्द्र ना. समानान्तर रूपले आइरहेको किरणलाई एकत्र पारिएको स्थान।
15070 किरणचित्र ना. कुनै प्रकाशपुञ्जलाई धेरै क्षणसम्म लगातार हेरेर अन्त हेर्दा आँखा अगिल्तिर देखिने रातो, पहेँलो किरण वा रङ्गीबिरङ्गी बिम्ब।
15071 किरणमाली ना. सूर्य।
15072 किरन्टोकी वि. १. चाहिने खर्च पनि नगरी पैसा साँचेर राख्ने; कन्जुस; मक्खीचुस; कृपण; चुइयाँ; छुच्चो।
15073 किरन्टोकी वि. २. झिँगाको बोसो काढ्ने; लोभी।
15074 किरमिर क्रि.वि. अक्षर, लेखाइ आदि बाङ्गोटिङ्गो हुने चाल; धर्काधर्की।
15075 किरमिरे वि. किरमिर भएको; किरमिर लेखिएको; धर्काधर्की परेको।
15076 किरमिरे हाँस ना. सेता आँखा हुने र धर्काधर्की परेको ससानो खालको हाँस।
15077 किराँत ना. १. पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात।
15078 किराँत ना. २. उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई- लिम्बू।
15079 किराँत ना. ३. हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति। स्त्री. किराँतिनी।
15080 किराँत ना. ४. प्राचीन नेपालमा शासन गर्ने एक राजवंश।
15081 किराँत पति ना. १. किराँतका हाङ्ग वा राजा।
15082 किराँत पति ना. २. शिव।
15083 किराँती वि. १. किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात। ना.
15084 किराँती वि. २. किराँत प्रदेशमा बसोबास गर्ने एक जाति।
15085 किराँती उखु ना. पहेँलो रङको एक जातको उखु; कान्तार।
15086 किराँती बिस ना. चिन्डेका जस्तो आकारको हल्का हरियो पात र रातो भेट्नु हुने, गाईबस्तुलाई घाँस खुवाइने एक रुख।
15087 किरात ना. हे. किराँत।
15088 किरातपति ना. किराँतपति।
15089 किराती वि. / ना. किराँती।
15090 किराना ना. दैनिक उपभोग र आवश्यकताका मसिना खाद्य वस्तु (नुन, तेल, घिउ, खोर्सानी, बेसार आदि मरमसला); खिच्रीमिच्री; खत्र्याकखुत्रुक।
15091 किराना पसल ना. किराना सामान किन्न पाइने ठाउँ।
15092 किरानी ना. कारिन्दा।
15093 किराफट्याङ्ग्रा ना. भुइँमा घस्रेर हिँड्ने र उड्ने ससाना जीवहरूको समूह; कीटपतङ्ग।
15094 किराया ना. घर, जमिन, सवारीसाधन आदि उपयोग गरेबापत निर्धारित समयमा दिइने तोकिएको रकम; हे. भाडा; बहाल।
15095 किरायादार वि. किरायामा घर, पसल वा अरू कुनै पनि मालमत्ता लिने (व्यक्ति); किरायामा बस्ने; भाडावाल।
15096 किरायेदार वि. किरायादार; भाडावाल।
15097 किरिककिरिक क्रि.वि. १. दाँतमा धुलो, बालुवा आदि लाग्ने गरी।
15098 किरिककिरिक क्रि.वि. २. ससाना हाँगाबिँगा भाँचिने गरी।
15099 किरिकिरी क्रि.वि. बेसी किरकिर हुने किसिमले।
15100 किरिङमिरिङ वि. १. निश्चित आकार नभएको; टेढोमेढो। क्रि.वि.