Dictionary

All Word

15201 काट्ने वि. ना. ६. उपर्युक्त प्रकारको मानिस वा वस्तु।
15202 काट्ने निम्ठो ना. बिटको बराबरी, बिटसम्म (उदा.- चिउरा हो र कुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।)।
15203 काट्ने भाँडो ना. धारिलो हतियार (खुकुरी, खुर्पा, हँसिया इ.)।
15204 काट्नेसी र कुट्नेसी ना. १. काट्ने हतियार र कुट्ने सामान।
15205 काट्नेसी र कुट्नेसी ना. २. काट्ने र कुट्ने काम।
15206 काठ ना. १. रुखका बोक्राभित्रको कडा वस्तु, रुख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री, कुर्सी, मेच, ढोका, टेबुल आदि तयार गर्ने कच्चा पदार्थ, टिम्मा।
15207 काठ ना. २. दाउरा।
15208 काठ ना. ३. मुला, गाजर, ग्याँठकोपी आदिमा छिप्पिएपछि गुदीका पत्रमा लाग्ने काठजस्तो साहो जालो।
15209 काठगोदाम ना. संस्थान वा निजी स्तरमा दलिन, निदाल आदि काठहरू ल्याएर थुपार्ने र बिक्रीबेपार गर्ने निश्चित ठाउँ।
15210 काठतुलसी ना. धानको एक प्रकार।
15211 काठपात ना. सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह, दाउरा, झिँजा आदि।
15212 काठमहल ना. पहिले पहिलेको वनविभाग।
15213 काठमाडौँ ना. १. नेपालको राजधानी सहर, कान्तिपुर, कान्तिपुरी।
15214 काठमाडौँ ना. २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी।
15215 काठमाडौँ / ली वि. काठमाडौँको निवासी, काठमाडौंको रैथाने।
15216 काठिनु अ.क्रि. काठ झैं अररो हुनु, जाडोले कठ्याङ्ग्रिनु, गँगरिनु।
15217 काठिन्य ना. कठिनाइ, कठिनता।
15218 काठिया लाटोकोसेरोजस्तो एक जातको चरो।
15219 काठी ना. १. घोडाको पिठ्‌यूँमा बस्नका निम्ति जिनमनि कसिने खास गरी छालाको आसन वा काठको साँचो।
15220 काठी ना. २. साइकल, मोटर साइकल आदिमा बस्नका निम्ति राखिने सिट।
15221 काठी ना. काठो' को स्त्रीलिङ्गी शब्द।
15222 काठे वि. १. काठको काठसम्बन्धी, काठमा हुने।
15223 काठे वि. २. काठ वा छोक्रा धेरै भई रस कम भएको।
15224 काठे वि. ना. ३. लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्।
15225 काठे अमला ना. ससाना गेडा हुने एक जातको अमला।
15226 काठे उखु ना. काठ झैँ साहो हुने एक प्रकारको उखु ढोडे उखु।
15227 काठे किरो ना. काठमै उत्पन्न भई काठ खाएरै बाँच्ने एक किरो।
15228 काठे केरा ना. कोसामा साहो नसा हुने एक जातको केरा।
15229 काठे चाँप ना. पहेँलो फूल फुल्ने, राता गेडाका झुप्पा लाग्ने, सेतो काठ हुने एक जातको चाँप, वनचाँप।
15230 काठे च्याउ ना. रुखमा उम्रने, सेतो वा खैरो रङ्गको डाँठ हुने एक प्रकारको च्याउ।
15231 काठे ज्यामिर ना. पहेँलो बोक्रा हुने एक खालको ज्यामिर, नाइटे ज्यामिर।
15232 काठे डुम्री ना. एक जातको डुम्रीको रुख।
15233 काठे न्याउरी ना. न्याउरीमुसोको एक प्रकार।
15234 काठे पिपल ना. पिपलको जस्तो पात भई ठुलठुला पहेँला फूल फुल्ने र गोल फल फल्ने रुखविशेष वा त्यसैको फल, फलीश।
15235 काठेपाते वि. काठपातसम्बन्धी; काठपातबाट तयार पारिएको काठको।
15236 काठे फुसी ना. जननेन्द्रियमा उब्जने गन्हाउने मयल।
15237 काठे मन्सरा ना. मोटो मोटो हुने मन्सरा जातको धान वा त्यसको चामल।
15238 काठो ना. अन्य जातले बाहुनलाई हियाएर भन्ने शब्द।
15239 काढ्नु स. क्रि. १ उखेल्नु (धान, कोदो आदिको बिउ )।
15240 काढ्नु स. क्रि. २. थुत्नु फुकाल्नु (छाला, लुगा इ.)।
15241 काढ्नु स. क्रि. ३ निकाल्नु झिक्नु ( भातको माड, मह इ.)।
15242 काढ्नु स. क्रि. ४. चुहाउनु (राल, आँसु इ.)।
15243 काढ्नु स. क्रि. ५. ओराल्नु, हटक गर्नु (जात, भात इ.)।
15244 काढ्नु स. क्रि. ६. बचरा निकाल्नु ( फूलबाट )।
15245 काढ्नु स. क्रि. ७. माग्नु वा लिनु (ऋण, सापट इ.)।
15246 काढ्नु स. क्रि. ८. उच्चारण गर्नु (अक्षर, नाम इ.)।
15247 काढाकाढ ना. पालैपालो काट्ने काम।
15248 काढिनु क.क्रि. काढ्ने काम गरिनु।
15249 काण्ड ना. १. कुनै वस्तुको खण्ड वा भाग।
15250 काण्ड ना. २. रुखको हाँगो डाली, शाखा, आँख्लो।