Dictionary

All Word

15151 किल्लाबन्दी ना. २. बुद्धिचालको खेलमा बादशाहलाई किस्त नलाग्ने गरी राखिने गोटी।
15152 किल्ली ना. १. उपाय; युक्ति।
15153 किल्ली ना. २. चलाकी; बठ्याइँ।
15154 किल्ली ना. ३. दाउपेच।
15155 किशलय ना. १. बोटबिरुवाबाट भर्खरै पलाएको कलिलो पात; पालुवा; पल्लव।
15156 किशलय ना. २. कोपिला।
15157 किशलय ना. ३. मुना; अङ्कुर।
15158 किशोर ना. १. पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क; नाबालक।
15159 किशोर ना. २. घोडाको बच्चो; बछेडो।
15160 किशोर ना. ३. छोरो; पुत्र।
15161 किशोर ना. ४. बालसूर्य। वि.
15162 किशोर ना. ५. एघार वर्षदेखि पन्ध्र वर्षभित्रको (केटो)।
15163 किशोरी ना. १. एघार वर्षदेखि पन्ध्र वर्षसम्मकी बालिका। वि.
15164 किशोरी ना. २. त्यस उमेरकी (केटी)।
15165 किष्किन्धा ना. दक्षिणी भारतको 'किष्किन्ध' नामक देशको राजधानी।
15166 किसमिस ना. प्राय: बीज नहुने सुकेको मिठो दाख; सानो दाख।
15167 किसान ना. खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति; खेतीवाल; कृषक; कृषिजीवी; माटीकोरे।
15168 किसानगिरी ना. किसानको काम वा पेसा; किसानी।
15169 किसान सङ्गठन ना. किसानहरूको भलाइका निम्ति वा देशको विकासमा किसानहरूलाई संलग्न गराउने सङ्गठित संस्था।
15170 किसानी ना. किसानको काम वा पेसा; कृषि; कोरीमाटी; किसानगिरी।
15171 किसानी ऋण ना. कृषिसम्बन्धी औजार किन्नका निम्ति वा खेतीसम्बन्धी कामका निम्ति सम्बन्धित निकायबाट दिइने सापट।
15172 किसिम ना. एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहऱ्याउने तत्त्व; प्रकार; ढाँचा; काइदा; तरिका; प्रणाली; चाला।
15173 किसिमको वि. राम्रो; आकर्षक; काइदाको; खासा।
15174 किस्त ना. १. बुद्धिचाल प्रतियोगितामा विपक्षी गोटीले बादशाहलाई पारेको असुरक्षित अवस्था वा लखेटाइ।
15175 किस्त ना. २. किस्ता।
15176 किस्ता ना. १. यति यति समय गुज्रिएपछि यति यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा अनुपातहरूमध्ये कुनै एक; किस्त।
15177 किस्ता ना. २. महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब; महिनावारी।
15178 किस्ताबन्दी ना. १. किस्ता बुझाउने काम वा व्यवस्था; पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम।
15179 किस्ताबन्दी ना. २. किस्ताको निश्चित रकम तथा समय निर्धारण गर्दाको सीमा।
15180 किस्ता तलबी ना. पटक पटक गरेर पाइने तलबमा काम गर्ने मन्जुरी; त्यसरी काम गरेबापत पटक पटक गरेर मिल्ने तलब।
15181 किस्ती ना. १. सजाइने वा उपहार दिइने चिजबिज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो।
15182 किस्ती ना. २. एक प्रकारको डुङ्गा वा नाउ।
15183 किस्ती ना. ३. सोझो मात्र चल्ने बुद्धिचालक एक गोटी।
15184 किस्मत ना. १. भाग्य; प्रारब्ध।
15185 किस्मत ना. २. मेहनत; परिश्रम।
15186 किस्मत ना. ३. युक्ति; चातुर्य ।
15187 किस्मती वि. १. भाग्यमानी।
15188 किस्मती वि. २. परिश्रमी; मेहनती।
15189 किस्मती वि. ३. चतुर; जुक्ति जान्ने।
15190 किस्सा ना. कथा वा कहानीभन्दा विस्तृत आकारको र अनेक घटनाको संयोजन हुने, मनोरञ्जनका निमित्त लेखिएको कथात्मक कृति (किस्सा तोता-मैना, किस्सा बेताल-पच्चीसी इ.)।
15191 कीचक ना. १. विराट राजाको सेनापति तथा सालो।
15192 कीचक ना. २. खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस।
15193 कीचक ना. ३. एक जातिको नाम।
15194 कीचक वध ना. १. सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा भएको कीचकको हत्या।
15195 कीट १ ना. हे. किट।
15196 कीट २ ना. किरो, कृमि।
15197 कीटनाशक वि. किरा मार्ने वा नाश गर्ने।
15198 कीटपतङ्ग ना. जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, झिँगो, फट्याङ्ग्रो आदि ससाना किराको समूह; किराफट्याङ्ग्रा।
15199 कीटविज्ञान ना. किराहरूका बारेमा शास्त्रीय ढङ्गले वर्णन तथा विवेचना गरिएको विद्या वा शास्त्र।
15200 कीटाणु ना. रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु।