Dictionary

All Word

15251 काण्ड ना. ३ पुस्तक आदिका कुनै अध्याय वा प्रकरण।
15252 काण्ड ना. ४. अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति।
15253 काण्ड ना. ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुऱ्याउनु इ. )।
15254 काण्ड ना. ६. धनुका बिचको मोटो भाग बाण तीर।
15255 कात्नु स. क्रि. धागो बनाउनु, सुत निकाल्नु, धागो निकाल्नु, बत्ती पार्नु।
15256 कातन्त्र ना. सर्ववर्माद्वारा लेखिएको एक संस्कृत व्याकरण, कलाप व्याकरण।
15257 कातर वि. हे. काँतर।
15258 कातिनु क. क्रि. बत्तीको धागो बनाइनु, बत्ती बाटिनु।
15259 काती ना. १. पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो, थिग्रेनी।
15260 काती ना. २. टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी थुर।
15261 काती ना. वि. ३. औधी मैलो, साह्रै मैलो।
15262 कात्तिक ना. वर्षको सातौं महिना, असोज र मङसिरका बिचको महिना।
15263 कात्तिके वि. १. कामातुर, बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि )।
15264 कात्तिके वि. २ कात्तिक महिनासँग सम्बन्धित कात्तिकमा फल्ने, उम्रने वा पाक्ने (बालीनाली)।
15265 कात्तिके औलो ना. कात्तिकमा जाडो र गर्मीको दोसाँध हुने बेला कछार, घाँच र खोचतिर आउने जरो।
15266 कात्तिके बोडी ना. कात्तिक महिनामा फल्ने गाढा हरियो र छोटो कोसामा सेतो गेडा लाग्ने एक जातको गुलियो गुलियो स्वादको बोडी।
15267 कात्यायन ना. १. पाणिनिको अष्टाध्यायीका व्याकरण सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि।
15268 कात्यायन ना. २. श्रौतसूत्रका प्रवर्तक, वररुचि, पुनर्वसु, मेधाजित्।
15269 कात्यायनी ना. १. दुर्गाको एक मूर्ति वा रूप।
15270 कात्यायनी ना. २. कात्यायन ऋषिकी पत्नी।
15271 कात्यायनी ना. ३. गेरु वस्त्र धारण गर्ने अधबैंसे विधवा।
15272 कात्री ना. १. पिङको काम्रो।
15273 कात्री ना. २. कोलको बियो र ढिकुवालाई जोड्ने तेर्सो काठ।
15274 कात्रो ना. मुर्दालाई ढाक्ने र बेर्ने सेतो कपडा, शववस्त्र।
15275 कायर वि. हे. काँतर।
15276 कादम्बरी ना. १. कदम्बका फूलबाट बनाइएको रक्सी, उखुको मदिरा।
15277 कादम्बरी ना. २. हात्तीको गण्डस्थलबाट बहने मद।
15278 कादम्बरी ना. ३. सरस्वतीको एक उपाधि।
15279 कादम्बरी ना. ४. पोथी कोइली।
15280 कादम्बरी ना. ५. बाणभट्टरचित एक गद्यकाव्य।
15281 कादम्बिनी ना. १. बादलको लामो पङ्क्ति वा तह, मेघमाला।
15282 कादम्बिनी ना. २. मेघरागको एक रागिनी।
15283 कादो ना. हिलो, धान रोपाइँ गर्न हिल्याइएको माटो।
15284 कान ना. १. ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग शरीरको एक ज्ञानेन्द्रिय श्रवणेन्द्रिय; कर्ण।
15285 कान ना. २. कानका आकारको कुनै वस्तु (भाँडाबर्तनका कडा आदि)।
15286 कान ना. ३. बाह्रखरीको एक मात्रा आकार (अ); कान्नानी।
15287 कान ना. ४. नाम्लाको पातामा बरियो छिराउन बनाइएको बिचमा प्वाल भएको दुईतिरको भाग।
15288 कान उखेल्नु टु. सास्ती दिनु।
15289 कानकटुवा / कट्टु वि. कान काटिएको वा चिरिएको; कनफट्टा कनकट्टा; बुच्चे, कानचिरा।
15290 कान काट्नु टु. १. पक्कै हो भन्नु।
15291 कान काट्नु टु. (उदा.- यो कुरो नभए मेरो कान काटिदेऊ )।
15292 कान काट्नु टु. २. सास्ती दिनु।
15293 कान खानु टु. झर्को लाग्नु।
15294 कानखाने वि. धेरै कराउने, चर्को, दिक्क लाग्ने।
15295 कानचिरा वि. कानकटुवा, कनफट्टा।
15296 कानढाक्ने ना. कान छोप्ने वस्त्र ओढ्ने।
15297 कानढुङ्ग्री ना. महिलाहरूले कानमा लगाउने सुनको गहना।
15298 कानन ना. १. वन जङ्गल।
15299 कानन ना. २. बगैँचा।
15300 कानन ना. ३. घर।