Dictionary

All Word

15401 कुचीकार ना. १. कुचीको काम गर्ने व्यक्ति।
15402 कुचीकार ना. २. सडक, चोक आदि बढारकुँढार गरी सफाइ गर्ने वा कुचो बढारेर जीविका चलाउने मानिस।
15403 कुचुक्क क्रि.वि. खुम्चिने गरी; साँघुरिएर; अप्ठेरो चालले (बस्ने वा दोब्रिने ढङ्ग)।
15404 कुचुर्किनु अ.क्रि. एकै ठाउँ थुप्रिनु; कुच्रुक्क पर्नु; खुम्चिनु; कुच्चिनु ।
15405 कुचुर्क्याइ ना. कुच्रुक्क हुने भाव, क्रिया वा प्रक्रिया।
15406 कुचुर्क्याइनु क.क्रि. कुचुर्किने गरी राखिनु।
15407 कुचुर्क्याउनु प्रे. क्रि. कुच्रुक्क पर्ने किसिमले राख्नु।
15408 कुचेष्टा ना. १. नचाहिँदो र नजाती कामकुराको चेष्टा वा अभिप्राय; कुत्सित व्यवहार; नराम्रो बानीबेहोर।
15409 कुचेष्टा ना. २. खराब उद्देश्य लिएर गरिने हाउभाउ।
15410 कुचैल ना. १. मैलो वा फोहोर लुगा। वि.
15411 कुचैल ना. २. मैलो लुगा लगाउने (व्यक्ति)।
15412 कुचो ना. धुलो, कसिङ्गर आदि बढार्ने बाबियो, सिरु, पराल, अम्रिसो आदिको मुठो।
15413 कुचोद्य ना. व्यर्थको रडाको; नचाहिँदो गनगन; बेफ्वाँकको तर्कवितर्क; वितण्डा।
15414 कुच्च क्रि.वि. १. साँघुरो किसिमले वा खाँदिएर।
15415 कुच्च क्रि.वि. २. बिस्तारै छोइने गरी।
15416 कुच्चाबाज ना. १. बुढो भइसकेको बाज चरो।
15417 कुच्चाबाज ना. २. तागत सकिएको दुब्लो मानिस।
15418 कुच्चिनु स.क्रि. धातुका भाँडाकुँडा ठक्कर लागेर बिट दोब्रिनु वा भित्र खोपिल्टाखोपिल्टी पर्नु; कच्याककुचुक हुनु; थेप्चिनु।
15419 कुच्चे वि. कुच्चिएको (जस्तो- तालुकुच्चे)।
15420 कुच्च्याइ ना. कुच्चिने काम वा क्रिया-प्रक्रिया।
15421 कुच्च्याइनु क.क्रि. कुच्चिने पारिनु।
15422 कुच्च्याउनु प्रे. क्रि. कुच्चिने पार्नु।
15423 कुच्रनु अ.क्रि. हलचल गर्न नपाई एकै ठाउँमा बस्नु; कुचुक्क पर्नु; कुर्चा खानु।
15424 कुच्राइनु क.क्रि. कुच्रन लाइनु।
15425 कुच्राउनु अ.क्रि. कुच्रन लाउनु।
15426 कुच्रिनु अ.क्रि. कुच्रनु।
15427 कुच्रुक्क क्रि.वि. हलचल गर्न नपाई; कुर्चा खाएर ( बस्ने वा खुम्चिने किसिम); कुच्च।
15428 कुच्य्राइ ना. कुच्रिने क्रिया वा प्रक्रिया।
15429 कुच्य्राइनु क.क्रि. कुच्रुक्क पारिनु; कुर्चा खुवाइनु।
15430 कुच्य्राउनु प्रे. क्रि. कुच्रिन लाउनु; कुर्चा खुवाउनु; कुच्राउनु।
15431 कुज वि. १. पृथ्वीबाट जन्मेको। ना.
15432 कुज वि. २. मङ्गलग्रह; भौम।
15433 कुज वि. ३. कृष्णद्वारा मारिएको नरकासुर नामक राक्षस।
15434 कुजात ना. १. नीच जाति; कुजाति।
15435 कुजात ना. २. खराब जात; किजात।
15436 कुजाति ना. १. तल्लो वा नीच जाति; समाजद्वारा हीन मानिएको जाति।
15437 कुजाति ना. २. आनुवंशिक जातिबाट च्युत व्यक्ति; झरेको जात। वि.
15438 कुजाति ना. ३. निम्नस्तरको; तल्लो जातको।
15439 कुजाति ना. ४. अधम; दुष्ट।
15440 कुजिनु अ.क्रि. शारीरिक विकार वा रोगले हातखुट्टा खुम्चनु वा नचल्नु; कुँजिनु।
15441 कुजो वि. रोगले वा जन्मैदेखि हातगोडा नचल्ने; हातगोडा तन्काउन नमिल्ने; कुँजो।
15442 कुञ्चन ना. १. जाडो, लाज, अवस्था आदिका कारणले चाउरी पर्ने वा खुम्चने चाल; खाँदिने, मुजा पर्ने वा कक्रिने स्थिति; खुम्च्याइ।
15443 कुञ्चन ना. २. केशको घुमुर्क्याइ।
15444 कुञ्चन ना. ३. परेला घुमुर्किने आँखाको रोग।
15445 कुञ्चिका ना. १. ताल्चा खोल्ने साँचो।
15446 कुञ्चिका ना. २. बाँसका छेस्का।
15447 कुञ्चित वि. खुम्चिएको वा बाङ्गिएको; घुँगुरिएको; बङ्ग्याइएको।
15448 कुञ्ज ना. १. लहरा र रुखपातले ढाकिएको प्रायः गोलाकार ठाउँ; पर्णशाला; पर्णकुटी; लतागृह।
15449 कुञ्ज ना. २. हात्तीको दाँत।
15450 कुञ्ज कुटीर ना. लतागृह, लतामण्डप।