Dictionary

All Word

15451 कुञ्जर ना. १. हात्ती। (उदा.- गाउँमा अचेल नर वा कुञ्जर कोही छैन)। वि.
15452 कुञ्जर ना. २. श्रेष्ठ; उत्तम (नर - कुञ्जर, वीर - कुञ्जर इ.)।
15453 कुञ्जी ना. हे. कुन्जी।
15454 कुट्नु स. क्रि. १. मान्छे वा बस्तुभाउलाई तह लाउन र सास्ती दिन मुड्की, लबटो, लौरो आदिले हिर्काउनु; ताडना गर्नु; पिट्नु; ठोक्नु; ठटाउनु।
15455 कुट्नु स. क्रि. २. लोहोरो, मुस्ली आदिले टुक्रिने वा धुजिने गरी औषधी, मसला आदि पिँध्नु।
15456 कुट्नु स. क्रि. ३. मुला, अदुवा, काँचा आँप आदिलाई थ्याचथ्याच पार्नु।
15457 कुट्नु स. क्रि. ४. मुसलको चोट पारी चिउरा, चामल आदि बनाउनु।
15458 कुट्नु स. क्रि. ५. मास, गहत, कोदो आदिका दाना झार्न घोचाले हिर्काउनु।
15459 कुट्नु स. क्रि. ६. परेका पानीले भिजाउनु; चुट्नु।
15460 कुट १ ना. १. किल्ला; दुर्ग; गढ।
15461 कुट १ ना. २. घर; छाप्रो।
15462 कुट १ ना. ३. पहाड।
15463 कुट १ ना. ४. रुख; वृक्ष।
15464 कुट १ ना. ५. पत्थर आदि फोर्ने हतौडो; घन।
15465 कुट २ ना. मौरीको चाकामा हुने च्याटच्याटी लाग्ने पहेँलो पदार्थ; महको कसर वा छोक्रा; मैन।
15466 कुटका ना. एक जातको मौरी; कठ्यौरी।
15467 कुटकाट ना. कुट्ने र काट्ने काम; टुक्राटुक्री पार्ने काम।
15468 कुटकी ना. झुप्पा झुप्पा पात लाग्ने, निलो फूल फुल्ने र कालो फल फल्ने एक भुइँझार वा त्यसको डाँठ अथवा जरा।
15469 कुटकुटे ना. १. भेरी अञ्चलको सुर्खेततिर लोकगीत र धुनहरूमा बढी प्रचलित, बोल तथा प्रकार।
15470 कुटकुटे ना. २. काटीकुटी ट्याम्कोसँग मिल्ने तर ट्याम्कोभन्दा सानो एक बाजा।
15471 कुटज ना. १. एक जङ्गली बोट वा त्यसैको फल; ठुलोकुरो।
15472 कुटज ना. २. कमल।
15473 कुटन पिँधन ना. कुनै चिज कुट्ने र पिँध्ने काम; मसला, औषधी आदि कुटी - पिँधी धुलो पार्ने काम; कुटाइ - पिँधाइ।
15474 कुटपिट ना. १. परस्परमा कुट्ने र पिट्ने काम; कुटाइ र पिटाइ; कुटामारी।
15475 कुटपिट ना. २. कुटाइ र पिटाइका कारणबाट उब्जिएको झगडा वा मुद्दा।
15476 कुटमिरो ना. बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष।
15477 कुटसिमल ना. अर्को रुखको आड लिएर झाँगिने र गाईवस्तुका निमित्त पोसिलो घाँस हुने एक लहरो।
15478 कुटाइ ना. कुट्ने क्रिया वा प्रक्रिया।
15479 कुटाइनु क.क्रि. कुट्न लाइनु।
15480 कुटाइपिंधाइ ना. कुट्ने र पिँध्ने काम; कुटनपिँधन।
15481 कुटाइपिटाइ ना. हे. कुटपिट।
15482 कुटाइम ना. कुसमय; कुबेला; बेमौका।
15483 कुटाउनी ना. धान आदि कुटाएबापत कुट्नेलाई दिइने मजुरी वा भाग; कुटानी।
15484 कुटाउनु क.क्रि. कुट्न लाउनु; पिटाउनु।
15485 कुटाकुट ना. परस्परमा कुट्ने काम; पिटापिट; हानाहान; कुटामारी।
15486 कुटानी ना. हे. कुटाउनी।
15487 कुटामारी ना. कुट्ने र ठोक्ने काम; कुटाकुट; पिटापिट।
15488 कुटि ना. गाईवस्तुलाई खुवाउनका लागि काटेर छोटो छोटो पारिएको घाँस, पराल आदि; छाँटी।
15489 कुटिनु क.क्रि. कुट्ने काम गरिनु; पिटिनु।
15490 कुटिल वि. १. टेढो; बाङ्गो; बाउँठो।
15491 कुटिल वि. २. जालझेल गर्ने; कपटी; छली।
15492 कुटिलता ना. १. स्वभावले कुटिल बन्ने भाव वा अवस्था।
15493 कुटिलता ना. २. बाङ्गोपन; वक्रता।
15494 कुटिला लिपि ना. गुप्त लिपिपछिको तथा नवौँ र दसौँ शताब्दीमा चलेको लिपि।
15495 कुटी १ ना. १. एकान्त वा सुनसान ठाउँमा माटाले बनाइएको र खर, पराल आदिले छाइएको सानो घर; झुपडी; छाप्रो; झुप्रो।
15496 कुटी १ ना. २. ऋषिमुनिहरू बस्ने घर।
15497 कुटी २ ना. गाईवस्तुलाई खुवाउन टुक्रा पारी काटेको घाँस, पराल (मदेस)।
15498 कुटीघा ना. १. भएभरको श्रीसम्पत्ति; सर्वस्व; लट्टिपट्टी।
15499 कुटीघा ना. २. कुटपिटबाट भएको घाउ।
15500 कुटीमाम ना. चामलको भात (बालबोलीमा)।