Dictionary

All Word

15551 काम्येष्टि ना. कुनै उद्देश्यपूर्ति वा कामनासिद्धिका लागि गरिने यज्ञ; फलप्राप्तिको उद्देश्यले गरिने अनुष्ठान।
15552 काम्रो ना. १. हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठिक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो।
15553 काम्रो ना. २. लिङ्गे पिङहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन।
15554 काम्रो ना. ३. डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ ठाउँमा घुसारिने दह्रो कप्टेरो।
15555 काम्लाको सातु ना. फोहरी काम; नराम्रो व्यवहार।
15556 काम्ली ना. सानो काम्लो।
15557 काम्ले वि. १. काम्लो बोक्ने काम्लो लिएको; काम्लो मात्रै हुने।
15558 काम्ले वि. ना. २. बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस।
15559 काम्लो ना. ऊनीद्वारा बनाइएको ओछ्‌याउन वा ओढ्न हुने बाक्लो साधन, कम्बल, राडी वा पाखी।
15560 काम्लोकाम्ली ना. धेरै काम्लाको समूह काम्लो र काम्ली।
15561 काय ना. जिउ, आङ, शरीर, देह।
15562 कायकर्म ना. १. शरीरद्वारा गरिने शुभ कार्य।
15563 कायकर्म ना. २. आशौच आदिमा वा धार्मिक अनुष्ठानमा शरीरशुद्धिका निम्ति गरिने स्नान, दान आदि काम।
15564 कायकल्प ना. १. औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया।
15565 कायकल्प ना. २. उलटपलट, परिवर्तन।
15566 कायचिकित्सा ना. शरीरका सबै रोगको औषधोपचार गर्ने आयुर्वेदको एक विभाग।
15567 कायदा वि. हे. काइदा।
15568 कायम वि. १. जहाँको तहीँ रहेको; टसमस नभएको, स्थिर।
15569 कायम वि. २. पहिलेजस्तो; जस्ताको तस्तो।
15570 कायम वि. ३. तोकिएको; मुकर्र।
15571 कायम वि. ४. ठेगानामा आएको; साबि।
15572 कायममुकायम वि. कुनै पदको स्थायी कर्मचारी कारणवश अनुपस्थित रहेमा वा सो पद खाली भएमा काम चलाउनका लागि सोही पदमा काम गर्ने (व्यक्ति); माथिल्लो तहको कर्मचारीको अनुपस्थितिमा सो तहको अधिकार र सुविधा पाउने गरी मुकर्र गरिएको (कायममुकायम सचिव, कायममुकायम जिल्ला शिक्षा अधिकारी इ.); कार्यवाहक; स्थानापन्न।
15573 कायममुकायम वि. सङ्क्षे.- का. मु.।
15574 कायर वि. हे. काँतर।
15575 कायल वि. १. कुनै कसुर वा अपराधबारे साबित हुने, आफ्नो दोष वा गल्तीमा कायल भएको साबि।
15576 कायल वि. २. पाइला पाइलामा सताइएको; हैरान; लाचार।
15577 कायलनामा ना. अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा, अदालतका रोहबरमा साबित हुने व्यक्तिले काल भई लेखिदिने कागत वा लिख।
15578 कायस्य ना. १. लेखापढी गरेर जीवन चलाउने व्यक्ति मुनिम।
15579 कायस्य ना. २. प्रायः तराईमा बस्ने एक जाति, काइते।
15580 काया ना. शरीर, देह।
15581 काया ना. (उदा.- मायामा काया फाल्न सकिँदैन।)।
15582 कायाकल्प ना. १. शरीरको पूरै शुद्धि वा परिवर्तन हुने क्रिया वा व्यवस्था।
15583 कायाकल्प ना. २. तरुनोपना ल्याउने त्यस्तो चिकित्सा।
15584 कायाकैरन ना. १. भएभरको बेहोरा ; वृत्तान्त-वर्णन।
15585 कायाकैरन ना. २. धामीले बक्ने शब्द।
15586 कायापलट ना. १. ठुलो परिवर्तन; भारी हेरफेर।
15587 कायापलट ना. २. शरीर वा रूप अर्कै भएर फेरिने काम; कायाकल्प हुने अवस्था।
15588 कायिक वि. काया वा शरीरसम्बन्धी; शारीरिक, देहविषयक।
15589 कार वि. १. नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ.)।
15590 कार वि. २. काम गर्ने, कार्य गर्ने।
15591 कार वि. ना. ३. वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ.)।
15592 कार वि. ४. अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुङ्कार, झङ्कार इ.)।
15593 कार वि. ५. पूरकका रूपमा आउने शब्द ( केरकार, कोरकार इ.)।
15594 कार ना. चार पाङ्ग्रा भएको, इन्धनले चल्ने सानो आरामदायी सवारी साधन, मोटरकार।
15595 कारक ना. १. व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द, वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखापरेको रूपभिन्नता।
15596 कारक ना. वि. २. बनाउने; अभिनय गर्ने; सम्पादन गर्ने (व्यक्ति)।
15597 कारक ना. ३. कुनै पनि रूपले कार्यसम्पादन गर्न प्रत्यक्ष रूपले सहायक।
15598 कारकग्रह ना. जन्मकुण्डलीमा रहने मुख्य ग्रह।
15599 कारकेर ना. १. अभियुक्त वा दोषीलाई केर्ने काम, साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; कार।
15600 कारकेर ना. २. केर्ने र मेट्ने काम, केरमेट।