Dictionary

All Word

15651 कुद्रती वि. १. उद्योगी; उद्यमी; क्रियाशील।
15652 कुद्रती वि. २. आँटी।
15653 कुन १ सर्व. धेरैमध्ये कुनै एकलाई किट्नुपर्दा प्रयोग गरिने प्रश्नवाचक सर्वनाम; को; के।
15654 कुन २ ना. जौका बोटको तिखो टुप्पो; टुँडो।
15655 कुनखी वि. नराम्रो वा कोप्रो परेको नङ भएको।
15656 कुननाल ना. पश्चिम नेपालको भेरी अञ्चलअन्तर्गत जाजरकोट जिल्लामा पर्ने एक ताल।
15657 कुना ना. १. हे. कुनु।
15658 कुना ना. २. सुत्केरी कोठा।
15659 कुनाकानी ना. कुनाकाप्चा; अन्तरकुन्तर।
15660 कुनाकाप्चा/काप्ची ना. कुनाकानी।
15661 कुना पस्नु टु. १. सुत्केरी हुनु।
15662 कुना पस्नु टु. २. पहिलोपल्ट रजस्वला हुँदा घरभित्र छिपेर बस्नु।
15663 कुनाम ना. अपजस; बदनामी।
15664 कुनिउँ ना. पराल, मकै आदि थुपारेर बनाइएको चाङ; टौवा (परालको); सुली ( मकैको); खलियो।
15665 कुनीति ना. खराब नीति वा अभिप्राय; नीच उद्देश्य।
15666 कुनु ना. १. कुनै दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण । विप. छेउ।
15667 कुनु ना. २. सुत्केरी बस्ने कोठो।
15668 कुनेटो ना. १. डाँडाका फेदीको खोल्सो वा गहिरो ठाउँदेखि अग्लिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकातिरको पाटो नाघेर अर्कापट्टि लाग्ने ठाउँ; कुहुनेटो।
15669 कुनेटो ना. २. पानी आदि बग्दै जाँदा घुमेका ठाउँमा ठोक्किएर नदीले बाटो फेर्ने ठाउँ।
15670 कुएँत्रो ना. लुगाका कुनामा कुनै धारिलो वा घोच्ने वस्तुले तान्दा पर्ने सानोतिनो प्वाल अथवा चिरा।
15671 कुनै सर्व अनिश्चय जनाउने शब्द; कोही।
15672 कुनौरो ना. मास, बोडी, भटमास आदिका गेडा चुटेर छुट्ट्याएको कोसा, पात आदिको समूह; कुनाउरो।
15673 कुन्जा १ ना. १. धोबीले कपडा सम्म्याउन र पालिस चम्काउन कपडामा ठोक्ने गोलाकार काठको ठुलो मुङ्ग्रो।
15674 कुन्जा १ ना. २. एक किसिमको मुङ्ग्रो; सानो घन।
15675 कुन्जा १ ना. ३. काँधमा अड्याइने बन्दुकको फराकिलो काठको भाग; कुन्दा।
15676 कुन्जा २ ना. माटाको गोलो डल्लो पालामा जमाइएको मिस्रीको डल्लो; मिस्रीको चक्का।
15677 कुन्जी ना. १. ताल्चा खोल्ने र बन्द गर्ने वस्तु; साँचो।
15678 कुन्जी ना. २. गाँठी कुरो।
15679 कुन्जी ना. ३. कुनै पाठ्यपुस्तकको टीका लेखिएको सहायक पुस्तक।
15680 कुन्त ना. १. प्वाँख लगाइएको बाण; भाला; बर्छा।
15681 कुन्त ना. २. साना जन्तु; किरा।
15682 कुन्तल ना. १. केशपाश; चुल्ठो; वेणी।
15683 कुन्तल ना. २. पानी खाने लोहोटा, आम्खोरा आदि भाँडो।
15684 कुन्तल ना. ३. चोल देशको उत्तरमा पर्ने भारतीय प्राचीन स्थान (वर्तमान हैदराबादको दक्षिण-पश्चिम भाग)।
15685 कुन्तवाही ना. देशको सर्वोच्च व्यक्तिको औपचारिक सवारीका अवसरमा अघिपछि भाला लिएर हिँड्ने अनुचर; रिसल्ला।
15686 कुन्ती ना. महाभारतका प्रसिद्ध राजा पाण्डुकी रानी तथा शूर नामक यादवकी पुत्री; युधिष्ठिर, भीम र अर्जुनकी आमा; कृष्णकी फुपू; पृथा।
15687 कुन्द ना. चमेलीका छाँटको सेतो फूल फुल्ने बोट।
15688 कुन्दपुष्प ना. सेतो, नरम र सुगन्धित हुने कुन्दको फूल।
15689 कुन्दा ना. १. बन्दुकको फेदमा रहने काठको फराकिलो अवयव।
15690 कुन्दा ना. २. धोबीले कपडा सम्म्याउन र पालिस चढाउनलाई कपडामा ठोक्ने काठको ठुलो मुङ्ग्रो।
15691 कुन्दी ना. कपडामा मुङ्ग्राले ठोकी सम्म्याउने काम ।
15692 कुन्नि अव्य. कुनै विषयमा कसैले सोद्धा 'थाहा छैन' भन्ने भाव बुझाउने शब्द; नकारात्मक प्रतिक्रिया जनाउने शब्द; कोनि। (उदा.- तपाईंले के भन्नुभयो कुन्नि, मलाई थाहै छैन)।
15693 कुन्यू ना. हे. कुनिउँ।
15694 कुपक्षी / कुपङ्खी ना. कुखुरो।
15695 कुपथ १ ना. स्वास्थ्यमा प्रतिकूल असर पार्ने खानेकुरो; कुफत; अपथ्य।
15696 कुपथ २ ना. १. नजाती बाटो; कुमार्ग।
15697 कुपथ २ ना. २. खराब आचरण; नराम्रो बानीबेहोरा।
15698 कुपथ्य ना. हे. कुपथ।
15699 कुपन ना. दैनिक उपभोगका सरसामान कसैलाई निर्धारित परिमाणमा दिनू भनी लेखिएको प्रामाणिक पत्र वा पुर्जा।
15700 कुपन प्रणाली ना. त्यस्ता सरसामान लिन कुपनको अनिवार्यता हुने प्रणाली।