Dictionary

All Word

15501 कुटीर ना. कुटी; कुटिया।
15502 कुटीर उद्योग ना. घरमै चलाउन सकिने सानातिना उद्योगधन्दा; घरेलु उद्योग वा इलम।
15503 कुटीर शिल्प ना. घरैमा गर्न सकिने सिप वा इलम; कुटीर उद्योग।
15504 कुटु ना. फापरको बोट वा अन्न।
15505 कुटुकुटु ना. १. अन्नका कडा दाना एक एक गरी दाँतले टोक्ने वा फोर्ने काम; त्यसरी टोक्दा वा फोर्दा आउने आवाज। क्रि.वि.
15506 कुटुकुटु ना. २. कुटुकुटु आवाज निस्कने गरी।
15507 कुटुक्क क्रि.वि. १. एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो- काफलगेडी कुटुक्क )।
15508 कुटुक्क क्रि.वि. २. पेट चस्स घोच्ने चालले।
15509 कुटुनी १ ना. १. केटीहरू फकाई परपुरुषसँग फसाउने र पैसा कमाउने आइमाई; कामुक पुरुषका लागि वेश्या उपलब्ध गराइदिने नारी; कुटिनी।
15510 कुटुनी १ ना. २. चुक्ली लगाएर दुई पक्षका बिचमा झगडा गराइदिने स्त्री।
15511 कुटुनी २ ना. १. दाम्लाको गाँठो; गलमगाँठो।
15512 कुटुनी २ ना. २. हात्ती बाँध्ने डोरी; अग्रन।
15513 कुटुनी २ ना. ३. माटाभित्र मात्र बस्ने एक किरो।
15514 कुटुम्ब ना. १. एकाघरका जहान; घरपरिवार।
15515 कुटुम्ब ना. २. दाजुभाइ र छोराछोरीतर्फका सन्तान। ३ . बन्धुवर्ग; नातागोता।
15516 कुटुम्बतन्त्र वि. कुटुम्बको हैकम भएको व्यवस्था; जहानियाँ चाल।
15517 कुटुम्बिनी ना. १. धेरै सन्तान जन्माउने नारी; पत्नी; स्त्री।
15518 कुटुम्बिनी ना. २. रातो रातो रङको डाँठ हुने एक जातको दुधे झार। वि.
15519 कुटुम्बिनी ना. ३. जहानियाँ (स्त्री)।
15520 कुटुम्बी वि. गृहस्थी; जहान परिवार र नातागोता भएको।
15521 कुटुम्बेरी ना. १. कुटुम्बको वा कुटुम्बको जस्तो सम्बन्ध। वि.
15522 कुटुम्बेरी ना. २. नातागोताभित्रको; साइनु पर्ने; सम्बन्धी।
15523 कुटुरो ना. सानोतिनो गठरो; सानो पोको; पन्तरो।
15524 कुटुलीकोसा ना. खेतबारीका डिल डिलमा उम्रने, आँकुरो झारमा फल्ने र किकौँले गेडा र केराउका जस्ता कोसा हुने सानो कोसा।
15525 कुटुवा वि. १. ढिकी, ओखल आदिमा कुटिएको; कुटेर बनाइएको।
15526 कुटुवा वि. २. कुट्ने स्वभावको; कुटाहार।
15527 कुटे वि. कुटोजस्तो; कुटाको।
15528 कुटो ना. फूलबारी, करेसाबारी आदिमा गोडमेल गर्दा प्रयोग गरिने कोदालाका आकारको हलुका सानो फलामे हतियार।
15529 कुटो कोदालो ना. १. कुटो र कोदालो; खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन।
15530 कुटो कोदालो ना. २. खेतीपातीको काम; कृषिकर्म।
15531 कुट्का ना. कुनै ठोस वस्तु काटेर पारिएका साना टुक्रा; कुड्का।
15532 कुट्काकुट्की ना. सानाठुला कुट्काहरूको समूह; टुक्राटाक्री।
15533 कुट्किनु अ.क्रि. कुट्का पर्नु; टुक्रिनु; कुड्किनु।
15534 कुट्को ना. कुड्को; कुट्का।
15535 कुट्क्याइ ना. कुट्किने काम वा प्रक्रिया।
15536 कुट्क्याइनु क.क्रि. कुट्किने पारिनु।
15537 कुट्क्याउनु प्रे. क्रि. कुट्का पार्नु; टुक्य्राउनु।
15538 कुट्टन ना. अन्न आदि कुट्ने काम; कुटाइ।
15539 कुट्टमित ना. प्रेमीसँग संयोग हुँदा नायिका वा स्त्रीले प्रकट गर्ने देखावटी दुःखचेष्टा।
15540 कुटुमिरो ना. गाईवस्तुलाई खुवाउने डाले घाँस।
15541 कुठाउँ ना. १. अनुचित स्थान; खराब ठाउँ वा अवसर।
15542 कुठाउँ ना. २. शरीरको कोमल तथा सुकुमार अङ्ग; मर्मस्थल।
15543 कुठार ना. फर्सा; बन्चरो।
15544 कुठारपाणि वि. १. हातमा बन्चरो लिने; कुठारधारी। ना.
15545 कुठारपाणि वि. २. परशुराम।
15546 कुठाराघात ना. १. बन्चरोको हनाइ वा चोट; पूरै खतम गर्ने खालको प्रहार।
15547 कुठाराघात ना. २. कुनै व्यक्तिको कामकुरामा हानि पुऱ्याउने लाक्षणिक शब्द; हानि-नोक्सानी; बाधा-अड्काउ।
15548 कुड ना. हलोको फाली अड्याउने ठाउँ।
15549 कुडव ना. १. दुई माना अन्नको नापो।
15550 कुडव ना. २. दुई माना नापो भएको भाँडो; कुरुवा।