Dictionary

All Word

15601 कारखाना ना. कुनै चिजबिज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर; हात वा यन्त्रद्वारा मालसामानहरू तयार पार्ने ठाउँ, औद्योगिक प्रतिष्ठान।
15602 कारण ना. १. प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु अभिप्रेरणा वा आधार; हेतु; तर्क, आधार, प्रयोजन; उद्देश्य।
15603 कारण ना. २. उपकरण; साधन।
15604 कारण ना. ३. काव्य वा नाटकको मूल वा कथावस्तु।
15605 कारण ना. ४. प्रमाण दस्तावेज।
15606 कारणपूजा ना. विशेष पर्व वा उत्सवहरूमा देवतालाई स्नान गराई परम्परागत विधिविधानअनुसार पूजादि गर्ने क्रिया, देवपूजाको एक विशेष विधि।
15607 कारणमाला ना. १. वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व पूर्व कारण र पर पर कार्य अथवा पूर्व पूर्व कार्य र पर पर कारणको क्रमलाई आधार बनाइने शृङ्खलामूलक अर्थालङ्कारको प्रकार।
15608 कारणमाला ना. २. कारणहरूको परस्परसम्बद्ध शृङ्खला।
15609 कारणवश क्रि.वि. कुनै कारणको अधीनमा परेर कुनै उद्देश्य वा प्रयोजनले गर्दा।
15610 कारणी वि. १. मुख्य नाइके, प्रधान, मूल, कारनी।
15611 कारणी वि. ना. २. कुनै काम गर्ने धेरै व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति, सम्बद्ध व्यक्ति।
15612 कारतुस ना. हे. कार्तोस।
15613 कारबाई ना. हे. कारबाही।
15614 कारबार ना. हे. कारोबार।
15615 कारबाही ना. १. काम काज।
15616 कारबाही ना. २. व्यवहार; कारबार।
15617 कारबाही ना. ३. गुप्त प्रयत्न; चाल।
15618 कारबाही ना. ४. कार्यतत्परता; कर्मण्यता।
15619 कारबाही ना. ५. अड्डा, अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया, निर्णयका निम्ति गरिने त्यस्तो कार्य।
15620 कारयिता वि. १. सृष्टिकर्ता, रचनाकार।
15621 कारयिता वि. २. गराउने, गर्न लाउने।
15622 कारवाई ना. हे. कारबाही।
15623 कारा ना. १. कैद बन्धन।
15624 कारा ना. २. कारावास; झ्यालखाना; कैदखाना; जेल, बन्दीगृह।
15625 कारा ना. ३. वीणाको गर्धनको तल्लो भाग।
15626 कारा ना. ४. पीडा, कष्ट।
15627 कारा ना. ५. सुनको काम गर्ने आइमाई।
15628 कारागार ना. जेल, झ्यालखाना; बन्दीगृह, कारा।
15629 कारागारिक ना. जेलखानामा बन्दीहरूको व्यवस्था, रेखदेख आदि कार्य गर्ने मुख्य अधिकारी ; जेलको हाकिम।
15630 कारागृह ना. कारागार, जेलखाना।
15631 कारादण्ड ना. जेलमा थुन्ने सजाय; कैद सजाय, थुना।
15632 काराध्यक्ष ना. कारागृहको प्रशासनिक अधिकृत, जेलखानाको मुख्य हाकिम।
15633 काबन्दी ना. कैदी बन्दी थुनुवा।
15634 कारावास ना. जेलमा थुनिने काम, कारागारको सजाय भोग्ने काम।
15635 कारिका ना. १. थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति।
15636 कारिका ना. २. नर्तकी।
15637 कारिका ना. ३. व्यवसाय, पेसा।
15638 कारिका ना. ४. व्याकरण, दर्शन आदिसँग सम्बद्ध ग्रन्थ (साङ्ख्यकारिका आदि)।
15639 कारिगर ना. १. धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति, कलाकार, शिल्पकार, शिल्पी।
15640 कारिगर ना. २. कलपुर्जाको काम गर्ने व्यक्ति, कालिगड।
15641 कारिगरी ना. कारिगरको काम वा पेसा, कालिगडी शिल्पकार्य।
15642 कारिणी वि. कारी; गर्ने, विशेषतः शब्दको पछिल्तिर जोडिएर 'गर्ने' भन्ने अर्थमा उत्तरपदका रूपमा आउने (कार्यकारिणी, प्रबन्धकारिणी इ.)।
15643 कारित वि. गराइएको; बनाइएको।
15644 कारिता ना. १. ऋणीको स्वीकृतिमा प्रचलित कानुन तोकेभन्दा बढी दरमा लिइने ब्याज।
15645 कारिता ना. २. कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ.)।
15646 कारिन्दा ना. निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी, काइते; क्लर्क।
15647 कारी वि. गर्ने' वा 'बनाउने' भन्ने अर्थ लिएर शब्दको पछिल्तिर उत्तरपदका रूपमा जोडिने (आज्ञाकारी, कार्यकारी इ.)।
15648 कारुणिक वि. १. करुणाको भाव भएको, दयालु, कृपालु।
15649 कारुणिक वि. २. करुणायुक्त, करुणाले भरिएको।
15650 कारुण्य ना. करुणाको भाव वा अवस्था दया वा कृपा।