Dictionary

All Word

15701 कार्यनिष्ठ वि. काममा आस्था राख्ने काममा अनुरक्त; काममा सङ्कल्पित; काममा संलग्न।
15702 कार्यपञ्चक ना. ईश्वरका पाँच विशेष कार्य (सृष्टि, स्थिति, प्रलय, निग्रह र अनुग्रह)।
15703 कार्यपत्र ना. सेमिनार, कार्यशालागोष्ठी आदिमा छलफल, टिप्पणी, आलोचना आदि गर्नका निम्ति प्रस्तुत गरिने कुनै पनि समस्याविषयक लेख; गोष्ठीपत्र।
15704 कार्यपद्धति ना. कुनै काम गर्ने स्वीकृत विधि वा तरिका ; कार्यप्रणाली।
15705 कार्य परिषद् ना. कुनै काम र परिस्थितिअनुसार आन्दोलन आदि सञ्चालन, नियन्त्रण आदि गर्न गठित समिति वा औपचारिक अङ्ग; खास कामका निम्ति बनाइएको समितिविशेष।
15706 कार्यपालिका ना. सरकारका तीन अङ्ग - कार्यपालिका, न्यायपालिका र विधायिकामध्ये व्यवस्थापिका सभाले पारित गरेका कानुन वा प्रस्तावलाई कार्यान्वयन गर्ने र देशको प्रशासन वा शासनव्यवस्था सुचारु रूपले चलाउने एक प्रमुख अङ्ग।
15707 कार्यप्रणाली ना. हे. कार्यपद्धति।
15708 कार्यभार ना. कुनै पदमा रहँदाको सम्पूर्ण उत्तरदायित्व; सेवाअवधिको अभिभारा; आफूले गर्नुपर्ने कामको जिम्मेवारी।
15709 कार्यभार मुक्त वि. कुनै पद वा जिम्मेवारीबाट च्युत गरिएको; सेवाबाट अवकाश दिइएको वा पाएको; खोसिएको।
15710 कार्यभारी वि. कार्यभार वहन गर्ने, कुनै काम वा पदको जिम्मा लिने।
15711 कार्यमूलक वि. व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको काममा ल्याउन सकिने व्यावहारिक उपयोगिता वा पक्ष विद्यमान रहेको (कार्यमूलक योजना, कार्यमूलक सिद्धान्त इ.)।
15712 कार्यमूलकता ना. कार्यमूलक हुनुको भाव; उपयोगी व्यावहारिकता।
15713 कार्यमूलक योजना ना. व्यवहारमा उतारी उपयोगी बनाउन सकिने कुनै योजना; कार्यान्वयन पक्षलाई प्रधानता दिने आयोजना।
15714 कार्यवश क्रि.वि. कामविशेषले कुनै काम आइलागेकाले ; कामका कारणले।
15715 कार्यवाहक वि. कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी); कामको जिम्मा लिने कार्यकारी, कायममुकायम।
15716 कार्यवाहक सङ्ख्या ना. कुनै सभा वा बैठकलाई औपचारिक रूप दिन उपस्थित हुनुपर्ने निम्नतम सदस्यसङ्ख्या, हे. गणपूरक सङख्या।
15717 कार्यवाही वि. १. हे. कार्यवाहक।
15718 कार्यवाही वि. २. हे. कारबाई।
15719 कार्यवाही योग्यता ना. विशिष्ट सभा, मन्त्रिपरिषद् आदिको बैठकमा गरिएका काम, वादविवाद, निर्णय आदिलाई गोप्य राख्ने कार्य वा व्यवस्था।
15720 कार्यविधि ना. नियम, ऐनकानुनमा उल्लेख भएअनुसारका कार्यप्रणाली, कामको सवाल वा सिद्धान्।
15721 कार्यविनायक ना. काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश) मध्ये पाटन जिल्लाको सैंबु भन्ने ठाउँमा रहेका एक विनायक।
15722 कार्यविवरण ना. १. कुनै कामको क्रमबद्ध व्याख्या गरिएको विवरण वा तथ्यप्रतिवेदन।
15723 कार्यविवरण ना. २. कामको फाँटवारी, कार्यसूची।
15724 कार्यव्यवस्था ना. सरकारी वा महाजनी कामको रप्फाडप्फा; राम्रोसँग मिलेको कामको रोहो वा स्थिति।
15725 कार्यव्यापार ना. घटना; व्यापार, इन्द्रियद्वारा प्रतिपादित कामकाज।
15726 कार्यशक्ति ना. कुनै भौतिक वा मानसिक काम गर्नका निम्ति चाहिने बलवा योग्यता, काम गर्ने सामर्थ्य वा दक्षता।
15727 कार्यशाला ना. यन्त्र आदिको मर्मत, निर्माण, प्रयोग आदि गर्ने कारखाना; ज्यासल; काम गर्ने ठाउँ।
15728 कार्यशाला गोष्ठी ना. गोष्ठी, सेमिनार आदिमा सहभागीहरूलाई सम्बन्धित विषयमा अभ्यास गराई प्रशिक्षण दिने कार्य वा त्यस्तो कार्य गर्ने शिविर।
15729 कार्यक्षम वि. काम गर्ने योग्यता वा क्षमता भएको; काम गर्न सक्ने।
15730 कार्यक्षमता ना. कार्यसक्षम हुनाको भाव वा स्थिति।
15731 कार्यसमिति ना. कुनै विशेष कामको सञ्चालन वा सम्पादनका निम्ति बनेको समिति, कार्यकारिणी समिति।
15732 कार्यसम्पादन ना. तोकिएको काम वा उत्तरदायित्वलाई पूरा गर्ने कार्य; कामको कार्यान्वयन।
15733 कार्य सम्पादन मूल्याङ्कन ना. कार्य सम्पादनको कामको लेखाजोखा; कुनै सम्बन्धित व्यक्तिलाई सुम्पिएको काम वा जिम्मेवारीको महत्त्व देखाउने वा आँक्ने काम।
15734 कार्यसूची ना. १. कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज, गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र, कामको फिरिस्त, कार्यावली।
15735 कार्यसूची ना. २. सभा, बैठक आदिमा अनुमोदन वा पारित गर्नुपर्ने प्रस्ताव (एजेन्डा)।
15736 कार्यस्थगन ना. काम स्थगित गर्ने प्रक्रिया वा व्यवस्था।
15737 कार्यस्थगन प्रस्ताव ना. कुनै आवश्यक एवं सार्वजनिक महत्त्वका प्रश्नमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसै आवश्यक विषयलाई प्राथमिकता दिन विधानसभा, प्रतिनिधिसभा, राष्ट्रिय सभा, राजसभा आदिमा राखिने प्रस्ताव।
15738 कार्यस्थल ना. काम गर्ने ठाउँ वा थलो।
15739 कार्यस्थल अनुसन्धान ना. कार्यस्थल वा सम्बन्धित क्षेत्रमा नै निष्कर्ष निकाल्नुपर्ने अनुसन्धान कार्य।
15740 कार्याधिकारी ना. निर्धारित कामको परिचालन, कार्यान्वयन, व्यवस्थापन आदि गर्ने अधिकारी वा प्रमुख व्यक्ति; खास खास कामको जिम्मा लिएको हाकिम।
15741 कार्याध्यक्ष ना. उच्चतम पदमा रहेर कुनै कामको सञ्चालन वा सम्पादन गर्ने अधिकारी।
15742 कार्यान्वयन ना. लिखित वा मौखिक रूपबाट गर्न ठहर भएको कामकारबाईलाई विधिपूर्वक व्यवहारमा ल्याउने कार्य।
15743 कार्यान्वित वि. कार्यरूपमा ल्याइएको वा व्यवहारमा प्रयोग गरिएको काम भएको।
15744 कार्यान्विति ना. १. कार्यान्वित हुने क्रिया वा अवस्था।
15745 कार्यान्विति ना. २. नाटक, उपन्यास, काव्य, कथा आदिमा सुरुदेखि अन्तसम्म एउटै मूल कथा हुनुपर्छ भन्ने मान्यता।
15746 कार्यार्थ ना.यो. १. उल्लेख भएअनुसार काम गर्नका लागि, सम्बद्ध कार्यलाई व्यवहारमा परिणत गर्नका निम्ति (अनुरोध वा आदेश)।
15747 कार्यार्थ ना.यो. ना. २. त्यस्तै काममा चिठीपत्रको देहायमा लेखिने शब्द; बोधार्थ र कार्यार्थमध्ये एक।
15748 कार्यार्थी वि. आफ्नो काम पूरा गर्न प्रयास गर्ने कार्यसिद्धिको चाहना गर्ने।
15749 कार्यालय ना. १. कुनै विशेष काम वा व्यवसाय गर्ने घर, कारखानाघर।
15750 कार्यालय ना. २. प्रशासनसम्बन्धी कामकुरा गर्ने निश्चित ठाउँ, अड्डा।