Dictionary

All Word

15801 कुमाले ना. १. माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल।
15802 कुमाले ना. २. कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो।
15803 कुमालकोटीको चक्र ना. कालको परिवर्तनशील स्वरूप, प्रकृति वा गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ।
15804 कुमुद ना. राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो कमल।
15805 कुमुदिनी ना. सेता तर साना फूल फुल्ने कमलको बोट वा त्यसैको फूल।
15806 कुमेद ना. गाढा तेल रङ्गको एक थरी घोडा।
15807 कुमेदान ना. राजा र जनपदका बिचमा रही काम गर्ने सैनिक भारदार।
15808 कुमेरु ना. १. पृथ्वीको दक्षिणी छेउ।
15809 कुमेरु ना. २. दक्षिणी ध्रुव।
15810 कुमेरु वृत्त ना. ६६० दक्षिण अक्षांशको रेखा।
15811 कुम्कुर ना. मन दिएर खेतीपातीको काम गर्ने मानिस।
15812 कुम्खा ना. छानाको छेउमा जडिने चराका आकारको झिँगटी।
15813 कुम्ठी ना. कुलाराको नाइके; कुलो खनाउने मूली; खेतमा पानी पुगेनपुगेको हेर्ने मानिस।
15814 कुम्भ ना. १. कुनै मङ्गलकार्यका निम्ति पानी भरेर नियत स्थानमा राखिने माटाको भाँडो; जलपात्र।
15815 कुम्भ ना. २. घडा; घट; गाग्रो।
15816 कुम्भ ना. ३. हात्तीका टाउकाको दुवैतिर उठेको माथिल्लो भाग ( जुरो )।
15817 कुम्भ ना. ४. ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये एघारौँ राशि।
15818 कुम्भ ना. ५. बाह्र वर्षको अन्तर वा अवधि।
15819 कुम्भक ना. प्राणायाम गर्दा माथि तानिएको सासलाई नाक र मुख बन्द गरी रोकेर पेटलाई कुम्भजस्तो बनाउने काम।
15820 कुम्भकर्ण ना. १. केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो, छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिँलो भाइ।
15821 कुम्भकर्ण ना. २. पूर्वी नेपालमा पर्ने हिमालयको एक शृङ्खला। वि.
15822 कुम्भकर्ण ना. ३. धेरै सुत्ने; सुताहा।
15823 कुम्भकर्ण ना. ४. महाको अल्छी।
15824 कुम्भकार ना. हाँडी, गाग्रा आदि माटाका भाँडाकुँडा बनाउने शिल्पकार; कुमाले।
15825 कुम्भजन्मा ना. १. अगस्त्य मुनि।
15826 कुम्भजन्मा ना. २. वशिष्ठ ऋषि।
15827 कुम्भजन्मा ना. ३. द्रोणाचार्य।
15828 कुम्भमेला ना. कुम्भराशिमा वृहस्पति र सूर्य एकसाथ भएको बेलामा एक महिनासम्म लाग्ने ठुलो मेला। (यो मेला हरेक बाह्र वर्षमा प्रयाग, हरिद्वार, कुरुक्षेत्र आदिमा लाग्ने गर्छ)।
15829 कुम्भिका ना. अनदी धान।
15830 कुम्भी ना. १. ठुलठुला पात, गुलाफजामुनाका ढाँचाको फूल र लाम्चा हरिया फल हुने विशेषतः तराईमा पाइने एक वृक्ष वा त्यसैको फल।
15831 कुम्भी ना. २. हात्ती।
15832 कुम्भी ना. ३. ग्राह।
15833 कुम्भीपाक ना. १. प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक।
15834 कुम्भीपाक ना. २. उसिनेजस्तो साह्रै गर्मी हुने ठाउँ।
15835 कुम्भील ना. हतियारले सुरुङ खनेर घरभित्र पसी चोर्ने चोर; नकबजनी गर्ने चोर।
15836 कुम्लाकुम्ली ना. सानाठुला धेरै कुम्लाको समूह।
15837 कुम्लिनु अ.क्रि. १. कुम्लो हुनु।
15838 कुम्लिनु अ.क्रि. २. गर्भवती हुनु।
15839 कुम्ली ना. सानो कुम्लो।
15840 कुम्ले वि. १. कुम्लो बोक्ने; कुम्लो बोकेको वा कुम्लोजस्तो।
15841 कुम्ले वि. २. परदेशी चालको।
15842 कुम्ले वि. ३. पाएजति सोहोर्न खोज्ने खालको।
15843 कुम्ले वि. ४. मगन्ते।
15844 कुम्ले बिहे ना. १. केही दिनको बाटो पर गएर वा बेहुलीकै घरगाउँमा बसेर गरिने छोटकरी किसिमको बिहे; परदेशी चालको बिहे।
15845 कुम्ले बिहे ना. २. बाजा नबजाई थोरै जन्ती लगेर वा जन्तीविना नै गरिने बिहा।
15846 कुम्लो ना. कुममा झुन्ड्याई डँडाल्नामा बोकिने ठुलो पोको; कुटुरो।
15847 कुम्लोकसाइ ना. परदेश जान आँट्ने काम।
15848 कुम्लोकुटुरो ना. पोकापोकी पारेर कुममा बोकिने भारी। कुम्लो बोकी बसैँ, परेवा काटी दसैँ (उखान )।
15849 कुम्ल्याइ ना. कुम्लो पार्ने वा कुम्ल्याउने क्रियाप्रक्रिया।
15850 कुम्ल्याइनु क.क्रि. १. कुम्लो पारिनु; पोको बाँधिनु।