Dictionary

All Word

15951 कुर्कुच्चे वि. कुर्कुच्चो भएको; कुर्कुच्चाको।
15952 कुर्कुच्चे जुत्ता ना. अग्लो कुर्कुच्चा भएको एक प्रकारको जुत्ता।
15953 कुर्कुच्चो ना. पैतालाको पछाडिपट्टिको वा गोलीगाँठादेखि मन्तिरको डल्लो साह्रो भाग।
15954 कुर्कुरे ना. साना कोसा हुने एक जातको केरा।
15955 कुर्चा ना. असजिलो पाराको एकै ठाउँको बसाइ; डल्लिएर एकै ठाउँमा बस्नुपर्ने स्थिति वा वाध्यता।
15956 कुर्चा खानु टु. लन्ठिएर बस्नु; डल्लिनु।
15957 कुर्चिनु अ. क्रि. कुर्चा खानु; असजिलोसँग बस्नु।
15958 कुर्ची ना. हे. कुर्सी।
15959 कुर्च्याइ ना. कुर्चिने काम वा प्रक्रिया।
15960 कुर्च्याइनु क.क्रि. कुर्चिन लाइनु; कुर्चा खुवाइनु।
15961 कुर्च्याउनु प्रे. क्रि. कुर्चा खुवाउनु; कुर्चिन लाउनु; असजिलोसँग बसाउनु।
15962 कुर्ता ना. कठालो भएको वा नभएको र बाहुलामा कफ नभएको, कुना परेको फेर हुने, प्रायः गर्मी याम वा गर्मी ठाउँमा लगाइने कमिजका ढाँचाको पहिरन; एक प्रकारको फत्तु वा अलखा।
15963 कुर्ता सलवार ना. कुर्तासहितको सलवार; कुर्ता र सलवार।
15964 कुर्था ना. हे. कुर्ता।
15965 कुर्नी ना. एक प्रकारको जङ्गली लहरो।
15966 कुर्नेस/कुर्नैस ना. १. नुहेर गरिने सलाम; नम्रतापूर्वक गरिने नमस्कार। ( यो शब्द नेपालीमा विशेष गरी एकतन्त्री जहानियाँ शासनमा प्रचलित थियो)।
15967 कुर्नेस/कुर्नैस ना. २. साइकलका पाङ्ग्राको बिचमा पर्ने डन्डीका दुवैतिर रहने गेडी अड्याउने एक प्रकारको ढिम्री।
15968 कुर्बानी ना. बलि हुने काम; बलिदान।
15969 कुर्मी ना. तराईतिर बस्ने तरकारी बेच्ने एक जाति।
15970 कुर्र क्रि.वि. १. ससाना बालकसँग खेल्दा कानैमा मुख लगेर 'कानाकाना' गर्दै स्नेहपूर्वक भनिने शब्द।
15971 कुर्र क्रि.वि. २. गीतको टुङ्ग्याउनी वा रहनीमा सुर मिलाउन भनिने प्रेमसूचक शब्द।
15972 कुर्लनु अ.क्रि. १. चड्का स्वरले बोल्नु वा जोस र रिसले कराउनु।
15973 कुर्लनु अ.क्रि. २. ढुकुर आदि चराले बोल्नु।
15974 कुर्लाइ ना. कुर्लने काम वा प्रक्रिया।
15975 कुर्लाइनु क.क्रि. कराउन लाइनु; कुर्लन लाइनु।
15976 कुर्लाउनु प्रे. क्रि. कराउन लाउनु; कुर्लन लाउनु।
15977 कुर्लिनु अ.क्रि. ठुलो स्वरले कराउनु वा बोलिनु।
15978 कुर्ले-ढुकुर ना. चड्का र गुन्जने खालको बोली हुने ठुलो जातको ढुकुर।
15979 कुर्सिँलो ना. चिन्डेका जस्तै पात हुने, पहराहुँदो पलाउने एक प्रकारको घाँस।
15980 कुर्सियो ना. कपडामा बुट्टा काढ्ने आरोका ढाँचाको टुप्पो मास्तिर फर्केको सुइरो।
15981 कुर्सी ना. पछिल्तिर आडा भएको चारखुट्टे अग्लो आसन; गद्दादार मेच; कुर्ची।
15982 कुल १ वि. जम्मा; सबै; समस्त; सम्पूर्ण; तमाम; बेमाख।
15983 कुल २ ना. १. पितापुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना; वंश। २ जातिबन्धुहरूको समूह; बिन्द्रालो; खानदान।
15984 कुल २ ना. ३. समूह; समुदाय।
15985 कुलक वि. १. असल कुलमा जन्मेको।
15986 कुलक वि. २. कारिगर तहको प्रधान। ना.
15987 कुलक वि. ३. उच्च कुलमा जन्मेको शिल्पकार।
15988 कुलक वि. ४. एक वाक्यभित्र पर्ने पाँच र पाँचभन्दा बढी श्लोकहरूको समूह।
15989 कुलकलङ्क ना. १. कुलको मानप्रतिष्ठा स्वाहा पार्ने काम। वि.
15990 कुलकलङ्क ना. २. कुलमा कलङ्क वा दाग लगाउने; कुलाङ्गार।
15991 कुल कविला ना. जहानछोराछोरी।
15992 कुल कुटुम्ब ना. जाति र सरसाइनुका नातादार; इष्टमित्र; बन्धुवर्ग।
15993 कुलक्षण ना. खराब लक्षण; कुलच्छिन; अलच्छिन; अमङ्गल; बिच्छुक।
15994 कुलक्षणी वि. खराब लक्षण भएकी; अलच्छिनी (स्त्री)।
15995 कुलगुरु ना. पितापुखदिखि मान्दै वा पुज्दै आएका गुरु; कुलका गुरु; वंशका गुरु।
15996 कुलघर ना. १. कुलपरम्परादेखि बसिआएको जेठो घर।
15997 कुलघर ना. २. वंशको मुख्य घर।
15998 कुलघर ना. ३. कुलीनको घर।
15999 कुलघरान ना. १. असल चालचलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल।
16000 कुलघरान ना. २. वंश र घरको चालचलन।