Dictionary

All Word

16051 किङ्कर्तव्यविमूढ वि. हे. किंकर्तव्यविमूढ।
16052 किङ्किणी ना. १. घुँगरुदार आभूषण, चाँप, घँगला; क्षुद्रघण्टिका।
16053 किङ्किणी ना. २. कम्मरपेटी।
16054 किड्ङ्गरी ना. १. भिक्षावृत्ति भएको, तराईमा बस्ने एक जाति।
16055 किड्ङ्गरी ना. २. त्यस जातिले बजाउने एक थरी बाजा।
16056 किच्नु स. क्रि. १. कुनै वस्तुलाई गहुँगो पदार्थले यिच्नु थ्याच्च पार्नु मिच्नु।
16057 किच्नु स. क्रि. २. दमन गर्नु, दबाउनु, जित्नु।
16058 किचकन्नी ना. पैतला पछाडिपट्टि फर्किएको र पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी, स्त्रीका रूपमा रहने एक प्रेतयोनि; अगतिमा परेका स्त्रीहरूको प्रेतात्मा।
16059 किचकाच क्रि.वि. सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम, किच्ने र थिच्ने काम; किचमिच; थिचथाच।
16060 किचकिच ना. १. झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा, कचकच; गनगन।
16061 किचकिच ना. क्रि.वि. २. झर्को लाग्ने गरी; सताउने किसिमले।
16062 किचमिच ना. किच्ने र मिच्ने काम थिचमिच किचकाच।
16063 किचाइ ना. किच्ने काम वा प्रक्रिया।
16064 किचाइनु क.क्रि. किच्न लाइनु, थिचाइनु।
16065 किचाउनु प्रे. क्रि. किच्न लाउनु, यिचाउनु।
16066 किचाकिच ना. परस्परमा वा धमाधम किच्ने काम; थिचाचि मिचामिच; ठेलमठेल।
16067 किचाघान ना. भिडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति थिचोमिचो।
16068 किचिनु क.क्रि. किच्ने काम गरिनु, थिचिन, मिचिनु।
16069 किचिपिची/ किचिमिची ना. १. किच्ने र मिच्ने काम; किचमिच।
16070 किचिपिची/ किचिमिची ना. २. गिलो पदार्थलाई बेसरी माड्ने काम, गिजोल्ने काम।
16071 किचिपिची/ किचिमिची ना. ३. घाउ खटिरा आदिमा जमेको पिप फुटेर छ्‌याल्लब्याल्ल हुने काम।
16072 किचिपिची/ किचिमिची ना. ४. अस्पष्ट र फोहोर खालको लेखाइ।
16073 किचिरपिचिर/किचिरमिचिर ना. हे. किचिमिची।
16074 किच्च क्रि.वि. कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले।
16075 किच्चक वि. कुनै कारण वा प्रयोजनविना नै किच्च किच्च हाँसिरहने।
16076 किच्चिनु अ.क्रि. किचिनु, थिचिनु।
16077 किच्च्याइ ना. किच्चिने काम, भाव वा अवस्था।
16078 किच्च्याइनु क.क्रि. किच्याउने काम गरिनु, गिज्याउनु।
16079 किच्च्याउनु प्रे. क्रि. किच्चिन लाउनु।
16080 किच्च्याहट ना. किच्चिने काम किच्च्याइ।
16081 किजात ना. किरिया हाल्दा प्रयोग गरिने शब्द, कुजा।
16082 किञ्चित् वि. १. थोरै, अल्पशः अलिकति इषत्, केही; मनाक्।
16083 किञ्चित् वि. क्रि.वि. २. अलिकति पनि थोरै पनि केही पनि।
16084 किञ्जल्क ना. १. कमलको केसर (उदा.- मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। - माधव घिमिरे। )।
16085 किञ्जल्क ना. २. नागकेसर।
16086 किञ्जल्क ना. वि. ३. केसरको रङजस्तो पहेँलो।
16087 किट्नु स. क्रि. रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु, दाँत रगडेर किर्र किर्र आवाज निकाल्नु।
16088 किट्नु स. क्रि. (उदा.- रिसको झोकमा हरिले दाँत किट्यो)।
16089 किट्नु स. क्रि. १. कुनै कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु; यस्तै हो भनेर तोक्नु।
16090 किट्नु स. क्रि. २. निधो गर्नु तोक्नु।
16091 किट्नु स. क्रि. ३. मर्यादा निश्चित गर्नु।
16092 किट ना. धातु खार्दा निस्किएको कस वा कसर, किट्ट।
16093 किटाइ ना. १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया।
16094 किटाइ ना. २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया।
16095 किटाइनु क.क्रि. १. झोकले दाह्रा किट्न लाइनु।
16096 किटाइनु क.क्रि. २. कुनै कामकुरो तोक्न लाइनु।
16097 किटाउनु प्रे. क्रि. १. झोकले दाह्रा किट्न लाउनु।
16098 किटाउनु प्रे. क्रि. २. निधो गराउनु तोक्न लाउनु।
16099 किटान ना. कुनै कामकुराका बारेमा यही नै हो किट्ने वा तोक्ने काम निश्चय; निधो।
16100 किटानी ना. निश्चयसाथ भनिएको कुरो, तोकिएको कुरो।