Dictionary

All Word

16151 कुसुमाञ्जलि ना. १. देवतालाई चढाउन अँजुलीमा लिइएको फूल; पुष्पाञ्जलि।
16152 कुसुमाञ्जलि ना. २. उदयनाचार्यद्वारा लिखित एक प्रसिद्ध न्यायग्रन्थ।
16153 कुसुमायुध ना. कामदेव।
16154 कुसुमे वि. हल्का रातो रङ्गको; कुसुम रङ्गको। (उदा.- सानोमा सानो कुसुमे रुमाल धोइदिने कोई छैन, बिरानो देशमा मै मरिगए रोइदिने कोई छैन। लोकगीत)।
16155 कुसुम्भ ना. १. कुसुमको बोट वा फूल।
16156 कुसुम्भ ना. २. केसर; कुङ्कुम।
16157 कुसुरो ना. टुसाका जस्तो आकारको कुनै वस्तु।
16158 कुसे वि. कुशको; कुशसम्बन्धी।
16159 कुसे औँसी ना. भदौ महिनाको अमावस्या तिथि। (यस दिन काटिएको कुश वर्ष दिनसम्म बासी मानिन्न)।
16160 कुसेत्रो ना. १. पुरानो वा सानोतिनो कामचलाउ छाता; घुम।
16161 कुसेत्रो ना. २. थोत्रो र रद्दी कपडा वा यस्तै कुनै वस्तु।
16162 कुसौरो ना. हे. कुसाउरो।
16163 कुस्त वि. चाहिने वा लिनबोक्न सकेसम्मको; पूरापूर; प्रशस्त; भरमार।
16164 कुस्ताकुस्ती ना. परस्परमा एकले अर्कालाई पछार्न पर्ने कुस्ती; आपस-आपसको लडन्त।
16165 कुस्ती ना. परस्परमा एकले अर्कालाई पछार्नका लागि गरिने लडन्त वा त्यस्तो खेल; मल्लयुद्ध; पहलमानी।
16166 कुस्तीबाज ना. कुस्ती खेल्ने वा कुस्ती लड्ने सोख भएको मानिस; पहलमान।
16167 कुस्तुर वि. साह्रै डराएको; त्रस्त; लुगलुग कामेको; भयभीत।
16168 कुस्ले ना. बाजा बजाउने, लुगा सिउने आदि काम गर्ने पेसा भएको नेवारीभाषी एक जाति।
16169 कुस्ले बाजा ना. कुस्लेहरूले बजाउने बाजा।
16170 कुहर ना. दुलो; प्वाल। (उदा.- जति भने पनि उनको कर्णकुहरमा केही घुसेन)।
16171 कुहाइ ना. कुहुने क्रिया वा प्रक्रिया।
16172 कुहाइनु क.क्रि. सडाइनु; कुहुन लाइनु।
16173 कुहाउनु प्रे. क्रि. सडाउनु; कुहुन लाउनु।
16174 कुहिनु अ.क्रि. कुहुने काम होइनु; सडिनु।
16175 कुहिनेटो ना. कुनो परेको ठाउँ; केही घुमेको ठाउँ; कुहुनेटो; कुइनेटो ।
16176 कुहिरी मण्डल ना. बादल; तुवाँलो, धुवाँ, धुलो आदिले ढपक्क ढाक्ने काम।
16177 कुहिरे वि. १. कुहिरो आँखा भएको; कुइरे। ना.
16178 कुहिरे वि. २. अङ्ग्रेज; युरोपमा बस्ने जाति।
16179 कुहिरो ना. १. धुवाँजस्तो देखिने चिसो हावामा मिलेको जलकण; कुइरो; हुस्सु। वि.
16180 कुहिरो ना. २. धुवाँ लागेजस्तो; कैलो (आँखा)।
16181 कुहिरोको काग टु. केही थाहा नपाइने अवस्था वा अन्योलमा पर्दा दृष्टान्त दिने बोली।
16182 कुहुनु अ.क्रि. कुनै वस्तु चिसो लागेर, ओइलेर, गलेर सड्नु; दुर्गन्धी हुनु; बिग्रनु; बयेलिनु।
16183 कुहुकुहु ना. कोइलीको सुरिलो आवाज।
16184 कुहुनु ना. पाखुरा र नारीका जोर्नीको तल्लो साह्रो भाग।
16185 कुहुनेटो ना. हे. कुहिनेटो।
16186 कुहू ना. चन्द्रमाको कला नदेखिने औँसीको रात।
16187 कुहूकुहू ना. हे. कुहु कुहु॥ कोइलीको सुरिलो आवाज।
16188 कुहेत्रो ना. १. शरीरका अङ्गहरू कुहिने एक रोग।
16189 कुहेत्रो ना. २. कुहेको चिज वा वस्तु।
16190 कुह्यान वि. १. कुहिएको; सडेको।
16191 कुह्यान वि. २. ना. कुहिएर सडेको वस्तु।
16192 कूँच ना. हे. कुँच।
16193 कुँजो वि. हे. कुँजो।
16194 कूच ना. हे. कुच २।
16195 कूची ना. हे. कुची।
16196 कूचीकार ना. हे. कुचीकार।
16197 कूचो ना. हे. कुचो।
16198 कूज ना. पक्षीहरूको मिठो बोली; कूजन।
16199 कूजन ना. पक्षीहरूको मधुर स्वरको बोली; चराचुरुङ्गी कराएको शब्द।
16200 कूजित वि. १. बोलिएको वा भनिएको; ध्वनित।