Dictionary

All Word

16251 कूलध्वनि ना. सजातीय एवं निकटतम ध्वनिहरूको समूह।
16252 कूवा ना. हे. कुवा।
16253 कृच्छ्र वि. १. दुःखदायक; कष्टदायक; मुस्किल।
16254 कृच्छ्र वि. २. पञ्चगव्य खाई अर्को दिन उपवास बस्ने प्रायश्चित्तका निम्तिको व्रत।
16255 कृत् ना. १. धातुबाट नाम, विशेषण, अव्यय शब्दहरू बन्दा मूल धातुमा गाँसिने व्युत्पादक प्रत्यय ( बन् + आइ, चल्+उवा, हाँस्+एर इ.)।
16256 कृत् ना. २. वस्तुवाचक शब्दको पछिल्तिर रही 'बनाउने ' अर्थ बुझाउने विशेषणवाची शब्द ( शास्त्रकृत्, भाष्यकृत् इ.)।
16257 कृत् वि. १. गरिएको; बनाइएको वा रचिएको (कुनै कार्य वा कृति); रचित; सम्पादित (उदा.- भानुभक्तकृत रामायणको नेपालमा ठुलो महिमा छ। )।
16258 कृत् वि. २. गरिसकिएको; पूरा भएको। ना.
16259 कृत् वि. ३. चार युगमध्ये पहिलो युग; सत्ययुग।
16260 कृतक वि. बनाइएको; बनावटी; नकली।
16261 कृतक पुत्र ना. बनाइएको छोरो; धर्मपुत्र।
16262 कृतकार्य वि. कार्य पूरा भएको वा सिद्ध गरेको; मनोरथ पूर्ण भएको; कृतार्थ; कृतकृत्य।
16263 कृतकृत्य वि. गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको; कृतकार्य; सफल; धन्य। (उदा.- तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु)।
16264 कृतघ्न वि. १. गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी।
16265 कृतघ्न वि. २. आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने। (उदा.- त्यो मानिसलाई मैले भाइ जस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ !)।
16266 कृतघ्नता ना. कृतघ्न हुनाको भाव वा अवस्था; बैगुनीपन।
16267 कृतज्ञ वि. गरेको उपकार देख्ने वा मान्ने; गुन मान्ने। (उदा.- आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो)।
16268 कृतज्ञता ना. कृतज्ञ हुनाको काम, भाव वा अवस्था।
16269 कृतज्ञता ज्ञापन ना. कुनै उपकारपूर्ण कार्यका निम्ति कसैको गुन मानेर त्यो कुरो जनाउने वा बताउने काम; आभारको हार्दिक अभिव्यक्ति। (उदा.- प्रस्तुत ग्रन्थमा विद्वान्हरूबाट पाएको सहयोगका निम्ति म उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु)।
16270 कृतपूर्व वि. १. आफूप्रति कर्तव्य पालना गरिसकेको।
16271 कृतपूर्व वि. २. गर्नुपर्ने काम पहिल्यै गरिसकिएको; पहिले बनाइएको।
16272 कृतप्रतिज्ञ वि. कुनै कुराका निम्ति प्रतिज्ञा वा अठोट गरिसकेको; गर्ने वा नगर्ने कबुल गरिसकेको।
16273 कृतयुग ना. चार युगमध्ये पहिलो युग; सत्ययुग।
16274 कृतविद्या वि. राम्ररी विद्या प्राप्त गरेको; कुनै विद्याको पूर्ण विद्वान्।
16275 कृतवीर्य वि. १. बलवान्; बलियो; वीर्यसम्पन्न। ना.
16276 कृतवीर्य वि. २. सहस्रार्जुनका बाबुको नाम।
16277 कृतसङ्कल्प वि. कुनै कार्यका निम्ति निश्चय वा अठोट गरिसकेको; सङ्कल्प गरिसकेको; गर्नै खोजेको वा पक्का गर्ने भएको।
16278 कृतहस्त ना. हातले काम गर्नमा सिपालु; सिद्धहस्त; कुशल।
16279 कृतार्थ वि. १. काम सिद्ध हुनाले खुसी र सन्तोष भएको; मनोरथ पूर्ण भएको।
16280 कृतार्थ वि. २. गर्नुपर्ने काम सिद्ध्याइसकेको; उद्देश्य पूरा गरिसकेको।
16281 कृतार्थ वि. ३. कृतकृत्य।
16282 कृति ना. १. गरिएको कुनै असल वा ठुलो काम; पूरा गरेको कार्य।
16283 कृति ना. २. कुनै पुस्तक, चित्र आदिको रचना।
16284 कृति ना. ३. परोपकारका निम्ति बनाइएका सार्वजनिक उपभोगका वस्तु (पाटी, पौवा, मन्दिर आदि)।
16285 कृति ना. ४. एक पाउमा बिस अक्षर हुने छन्दका सबै भेद।
16286 कृतित्व ना. कृतिमा हुने वा रहने गुण वा विशेषता।
16287 कृति सूची ना. कृतिहरूको नामनामेसी, रचयिता, प्रकाशनमिति आदि लेखिएको विवरण; अनुक्रमणिका।
16288 कृतिस्वाम्य ना. कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार; स्वत्वाधिकार; कपीराइट।
16289 कृती वि. १. कुनै विशिष्ट वा असल र उम्दा काम गर्ने; कृति रच्ने वा बनाउने।
16290 कृती वि. २. कुशल; निपुण।
16291 कृती वि. ३. पुण्यात्मा।
16292 कृती वि. ४. साधु।
16293 कृती वि. ५. कृतकार्य।
16294 कृती वि. ६. कृतार्थ।
16295 कृती वि. ७. विद्वान्।
16296 कृत्ति ना. १. हरिण, हात्ती आदिको छाला; मृगचर्म।
16297 कृत्ति ना. २. छाला; चर्म।
16298 कृत्तिका ना. १. सत्ताइस नक्षत्रमध्ये तेस्रो नक्षत्र।
16299 कृत्तिका ना. २. आकाशमा देखिने अग्निको शिखाजस्तो आकार भएको छवटा ताराको समूह; किरकिटी।
16300 कृत्तिवास ना. १. हात्ती र मृगचर्म परिधान भएका शिव; महादेव।