Dictionary

All Word

16301 किसान सङ्गठन ना. किसानहरूको भलाइका निम्ति वा देशको विकासमा किसानहरूलाई संलग्न गराउने सङ्गठित संस्था।
16302 किसानी ना. किसानको काम वा पेसा, कृषि, कोरीमाटी, किसानगिरी।
16303 किसानी ऋण ना. कृषिसम्बन्धी औजार किन्नका निम्ति वा खेतीसम्बन्धी कामका निम्ति सम्बन्धित निकायबाट दिइने सापट।
16304 किसिम ना. एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहऱ्याउने तत्त्व, प्रकार, ढाँचा; काइदा; तरिका; प्रणाली; चाला।
16305 किसिमको वि. राम्रो, आकर्षक, काइदाको; खासा।
16306 किस्त ना. १. बुद्धिचाल प्रतियोगितामा विपक्षी गोटीले बादशाहलाई पारेको असुरक्षित अवस्था वा लखेटाइ।
16307 किस्त ना. २. किस्ता।
16308 किस्ता ना. १. यति यति समय गुज्रिएपछि यति यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा अनुपातहरूमध्ये कुनै एक किस्।
16309 किस्ता ना. २ महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब, महिनावारी।
16310 किस्ताबन्दी ना. १. किस्ता बुझाउने काम वा व्यवस्था; पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम।
16311 किस्ताबन्दी ना. २. किस्ताको निश्चित रकम तथा समय निर्धारण गर्दाको सीमा।
16312 किस्ता तलबी ना. पटक पटक गरेर पाइने तलबमा काम गर्ने मन्जुरी; त्यसरी काम गरेबापत पटक पटक गरेर मिल्ने तलब।
16313 किस्ती ना. १. सजाइने वा उपहार दिइने चिजबिज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो।
16314 किस्ती ना. २. एक प्रकारको डुङ्गा वा नाउ।
16315 किस्ती ना. ३. सोझो मात्र चल्ने बुद्धिचालक एक गोटी।
16316 किस्मत ना. १. भाग्य; प्रारब्ध।
16317 किस्मत ना. २. मेहनत, परिश्रम।
16318 किस्मत ना. ३. युक्ति, चातुर्य।
16319 किस्मती वि. १. भाग्यमानी।
16320 किस्मती वि. २. परिश्रमी; मेहनती।
16321 किस्मती वि. ३. चतुर; जुक्ति जान्ने।
16322 किस्सा ना. कथा वा कहानीभन्दा विस्तृत आकारको र अनेक घटनाको संयोजन हुने, मनोरञ्जनका निमित्त लेखिएको कथात्मक कृति (किस्सा तोता-मैना, किस्सा बेताल पच्चीसी इ.)।
16323 कीचक ना. १. विराट राजाको सेनापति तथा सालो।
16324 कीचक ना. २. खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस।
16325 कीचक ना. ३. एक जातिको नाम।
16326 कीचक वध ना. १. सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा भएको कीचकको हत्या।
16327 कीट ना. हे. किट।
16328 कीट ना. किरो, कृमि।
16329 कीटनाशक वि. किरा मार्ने वा नाश गर्ने।
16330 कीटपतङ्ग ना. जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, झिँगो, फट्याङ्ग्रो आदि ससाना किराको समूह, किराफट्याङ्ग्रा।
16331 कीटविज्ञान ना. किराहरूका बारेमा शास्त्रीय ढङ्गले वर्णन तथा विवेचना गरिएको विद्या वा शास्त्र।
16332 कीटाणु ना. रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु।
16333 कीटाणुनाशक वि. कीटाणुहरूलाई मार्ने वा नाश गर्ने।
16334 कीटाहारी ना. किरा खाने एक थरी बिरुवा, पूर्णकलश।
16335 कीमत ना. हे. किम्म।
16336 कीमती वि. हे. किम्मती।
16337 कीराफट्याङ्ग्रा ना. हे. किराफट्याङ्ग्रा।
16338 कीरी ना. हे. किरी।
16339 कीरो ना. हे. किरो।
16340 कीर्ण वि. १. छरिएको; फैलिएको; फ्याँकिएको।
16341 कीर्ण वि. २. ढाकिएको भरिएको।
16342 कीर्ण वि. ३. राखिएको रहेको।
16343 कीर्ण वि. ४. चोट परेको।
16344 कीर्तन ना. १. अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान।
16345 कीर्तन ना. २. देवदेवताको नाम तथा यशको विशेषतः गाउँदै, बजाउँदै गरिने स्तुति, भजन, हरिकीर्तन।
16346 कीर्तनियाँ वि. कीर्तन गर्ने, भजन गर्ने।
16347 कीर्ति ना. १. असल तथा ठुलो काम र बहादुरी आदिबाट प्राप्त हुने र धेरै समयसम्म टिकिरहने सुनाम वा प्रसिद्धि, ख्याति, जस; नेकनामी।
16348 कीर्ति ना. २. प्रशंसा।
16349 कीर्ति ना. ३. पुण्य।
16350 कीर्तिपुर ना. काठमाडौँको दक्षिण-पश्चिमपट्टि केही अग्लो भागमा रहेको प्रसिद्ध स्थल।