Dictionary

All Word

16401 कुँडुल्किनु अ.क्रि. हे. कुँडुलिनु।
16402 कुँडुल्क्याइ ना. कुँडुल्किने क्रिया वा प्रक्रिया।
16403 कुँडुल्क्याइनु क.क्रि. कुँडुल्किने पारिनु।
16404 कुँडुल्क्याउनु प्रे.क्रि. कुँडुल्याउनु।
16405 कुँडुल्याइ ना. १. कुँडुलिने भाव, क्रिया वा प्रक्रिया।
16406 कुँडुल्याइ ना. २. कुँडुल्याउने भाव, क्रिया वा प्रक्रिया।
16407 कुँडुल्याइनु क.क्रि. कुँडुलो पारिनु।
16408 कुँडुल्याउनु प्रे. क्रि. कुँडुलो पार्नु।
16409 कुँडे ना. १. दुध तताउने भाँडो।
16410 कुँडे ना. २. गाईबस्तुलाई कुँडो पकाउने वा खुवाउने भाँडो।
16411 कुँडो ना. पिठो आदि हाली पकाएर गाईबस्तुलाई खुवाइने खोले।
16412 कुँड्याइ ना. १. कुँडिने भाव, क्रिया वा प्रक्रिया।
16413 कुँड्याइ ना. २. कुँड्याउने भाव, क्रिया वा प्रक्रिया।
16414 कुँड्याइनु क.क्रि. कुँड्याउने काम गरिनु।
16415 कुँड्याउनु स. क्रि. १. हतियारको धार झार्नु भुत्ते पार्नु।
16416 कुँड्याउनु स. क्रि. २. चित्त दुखाउनु, चिढ्याउनु।
16417 कुँड्याउनु स. क्रि. प्रे.क्रि. ३. अमिलाले दाँत खिहिरो पार्नु वा दाँतको शक्ति कम पार्नु।
16418 कुँढ्नु स. क्रि. हे. कुँड्नु।
16419 कुँढर ना. हे. कुँडुलो।
16420 कुँढाइ ना. हे. कुँडाइ।
16421 कुँढाइनु क.क्रि. कुँडाइनु।
16422 कुँढाउनु प्रे. क्रि. कुँडाउनु।
16423 कुँढिनु अ.क्रि. हे. कुँडिनु।
16424 कुँढ्याइ ना. कुँड्याइ।
16425 कुँढाउनु प्रे. क्रि. कुँडाउनु।
16426 कुँढिनु अ.क्रि. हे. कुँडिनु।
16427 कुँढ्याइ ना. कुँड्याइ।
16428 कुँढ्याइनु क.क्रि. कुँड्याइनु।
16429 कुँढ्याउनु प्रे. क्रि. कुँड्याउनु।
16430 कुँद्नु स. क्रि. काठ, धातु, सिसा आदिमा बेलबुट्टा, अक्षर, चित्र आदि काट्नु, छाँटछुट वा काटछाँट गर्नु (रत्न, मणि आदि)।
16431 कुँदाइ ना. कुँद्ने क्रिया वा प्रक्रिया।
16432 कुँदाइनु क.क्रि. कुँद्न लाइनु।
16433 कुदाउनु प्रे. क्रि. काठ, धातु, आदिमा बुट्टा, चित्र, अक्षर आदि खोप्न लाउनु, कुँद्न लाउनु।
16434 कुँदुवा वि. १. कुँदेर बुट्टा पारिएको कुँदिएको।
16435 कुँदुवा वि. २. कुँद्ने वा अक्षर खोप्ने (व्यक्ति)।
16436 कुँवर ना. १. अघि अघिका राजारजौटाका सन्तान; राजकुमार, कुमार।
16437 कुँवर ना. २. क्षत्रीको एक थर।
16438 कुँवर ना. स्त्री. कुँवर्नी।
16439 कुँवा भट्टा ना. काँसका भाँडा आदि बनाउन प्रयोग गरिने भट्टा।
16440 कुइँ क्रि.वि. १. तिखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ्यालढोका आदि उघार्दा इ.)।
16441 कुइँ क्रि.वि. वि. २. डरलाग्दो; कहालीलाग्दो।
16442 कुइँकुइँ क्रि.वि. दोहरिएको कुइँ आवाज आउने गरी।
16443 कुइँभिर ना. कहालीलाग्दो भिर।
16444 कुइँयासी ना. एक प्रकारको जङ्गली फल, डम्फर।
16445 कुइगन्ध ना. कुनै वस्तु कुहिएर वा सडेर निस्केको नराम्रो गन्ध; असाध्यै दुर्गन्ध।
16446 कुइनाइन ना. चिराइतो वा सिन्कोनाको बोक्राबाट तयार पारिने, ज्यादै तितो स्वादको दानादार पदार्थ; औलज्वर वा मलेरियाको औषधीका रूपमा प्रयोग गरिने त्यस्तै सानो चक्की।
16447 कुइनु ना. हे. कुहिनु।
16448 कुइनेटो ना. १. कुनो परेको ठाउँविशेष; डाँडाको फेदीदेखि उचालिँदै डाँडामाथिसम्म पुगेको ठाउँ, डाँडाको एकापट्टिको पाटो नाघी अर्कापट्टिको पाटामा लाग्ने ठाउँ।
16449 कुइनेटो ना. २. बगेको पानी पहाडको घुमेका ठाउँमा ठोक्किई नदीले बाटो फेर्ने ठाउँ, केही घुमेको ठाउँ।
16450 कुइपु ना. पेरुका आदिवासीहरूले विभिन्न रङका डोरीमा खास खास किसिमका गाँठा पारेर पत्रव्यवहार गर्ने लिपि; डोरीगाँठे लिपि।