Dictionary

All Word

16501 केलि ना. ३. स्त्रीप्रसङ्ग; मैथुन।
16502 केलिकला ना. कामक्रीडा; मैथुनसम्बन्धी कला।
16503 केलिगृह ना. सहवास गर्ने ठाउँ; रतिगृह।
16504 केल्टेली वि. युरोपभित्र बोलिने भारोपेली भाषापरिवारको एक शाखा।
16505 केवँरा ना. लाम्चा ठुलठुला हरिया पात हुने, टुप्पामा घोगा लागी त्यसमा पहेँला र सेता फूल फुल्ने र जरामा गदको जस्तो गाना हुने बोट वा त्यसैको फूल।
16506 केवट ना. खोलानालामा माछा मार्ने र डुङ्गा तार्ने कामबाट जीवन निर्वाह गर्ने एक जाति वा त्यस जातिको व्यक्ति; माझी; मल्लाह।
16507 केवल अव्य. १. खालि; त्यही एक मात्र।
16508 केवल अव्य. २. सिवाय। ना.
16509 केवल अव्य. ३. भ्रान्तिरहित विशुद्ध ज्ञान।
16510 केवल ज्ञानी ना. विशुद्ध ज्ञान प्राप्त भएको साधु।
16511 केश ना. टाउकाको रौँ; कपाल।
16512 केश कर्म ना. कपाल तलास्ने, कोर्ने, काट्ने, खौरने, छाँट्ने आदि काम।
16513 केशकलाप ना. कपालको समूह।
16514 केशपतन ना. रौँ झर्ने वा खोइरो लाग्ने रोग।
16515 केशपाश ना. कपालको चुल्ठो।
16516 केश प्रसाधनी ना. काइँयो।
16517 केशमार्जन ना. कपाल नुहाउने, कोर्ने वा तलास्ने काम।
16518 केशर ना. १. फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा; केसर।
16519 केशर ना. २. प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहेँलो केस्रा; केसर।
16520 केशर ना. ३. कुङ्कुम; किञ्जल्क।
16521 केशर ना. ४. सिंह, घोडा आदिका घिच्रामाथि हुने लामा लामा रौँ; याल; जगर।
16522 केशरी ना. १. पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी।
16523 केशरी ना. २. नागकेशर।
16524 केशरी ना. ३. सिंह। वि.
16525 केशरी ना. ४. केशर हुने वा भएको।
16526 केशव ना. १. कृष्ण।
16527 केशव ना. २. विष्णु।
16528 केशव ना. ३. ब्रह्म; परमेश्वर। वि.
16529 केशव ना. ४. केश भएको।
16530 केशविन्यास ना. कपाल तलास्ने, चुल्ठो बाट्ने वा केश सजाउने काम।
16531 केस ना. १. हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस।
16532 केस ना. २. झगडा; मुद्दा।
16533 केस ना. ३. रोग वा रोगीको स्थिति।
16534 केस ना. ४. छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस।
16535 केसर ना. हे. केशर।
16536 केसरनामा ना. प्राचीन कालमा दुई सरकारका उच्च ओहदाका व्यक्तिहरूले सहीछाप गरेको व्यापारसम्बन्धी कामकुरो लेखिएको कागत।
16537 केसरिया वि. केशरका रङको; रातो र पहेँलो मिसिएजस्तो रङ भएको।
16538 केसरी ना. हे. केशरी।
16539 केसऱ्याक ना. टाइपकेसहरू सुरक्षित राख्ने विशेष किसिमको खण्डे दराज।
16540 केसौर ना. चाम्रो, पातलो, खैरो रङको बोक्रा र गुलियो, सेतो नरम गुदी हुने सखरखण्डका ढाँचाको डल्लो कन्द।
16541 केस्राकेस्री ना. सानाठुला धेरै केस्रा।
16542 केस्रिनु अ.क्रि. केस्राहरू छुट्टिनु; केस्राकेस्रा पर्नु।
16543 केस्रो ना. सुन्तला, चाक्सी, ज्यामिर, भोगटे आदि रसदार फलको बोक्राभित्र रहने खाद्य वस्तुको खण्ड वा तह।
16544 केही वि. १. अलिकति; थोरै।
16545 केही वि. २. कुनै; एक न एक।
16546 कैँची ना. १. तलमाथिका पातका धारले च्यापेर कपडा, कागत आदि काट्ने फलामे साधन; कतर्नु; कर्तरी।
16547 कैँची ना. २. दुई काठ, फग्लेँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न वा मिलाउन बनाइने चेपुवा साधन।
16548 कैँची ना. ३. साइकल आदिको एक साधन।
16549 कैँजल ना. हर्राका जस्ता पात हुने अमिलो स्वादको बोक्रा अतिसार रोगमा औषधीका निम्ति उपयोग गरिने एक जातको बोट।
16550 कैँडा ना. १. धेरै हिँड्दा शरीरको थकाइ र नसाको तन्काइले पिँडौला वा तिघ्रामा पर्ने सुम्लो।