Dictionary

All Word

16651 कोक्रो ना. ४. माछा समाउन बुनेको सानो ढडिया; माछा थाप्ने टोकरी।
16652 कोक्ल्याँटो वि. परिस्थिति र व्यवहारको वास्ता नगरी आफ्नै सुरले वा एकोहोरो पाराले चल्ने; लट्ठक; नासमझ; अबुझ; कोग्ल्याँटो।
16653 कोख ना. १. नारीजातिको पाठेघर; गर्भाशय; गर्भस्थली।
16654 कोख ना. २. शरीरका दायाँबायाँ काखीभन्दा तल र कमरभन्दा माथि रहेको भाग; कोखो।
16655 कोखा १ ना. देवताको प्रसादस्वरूप लगाइने रातो वा पहेँलो धागाको माला; रक्षासूत्र।
16656 कोखा २ ना. कोखोको बहुवचन रूप; दुवै पाटाको कोखो।
16657 कोखाको घा ना. कोखाको घाउ।
16658 कोखाको घाउ ना. १. आफैँले पूरा स्नेहसाथ संरक्षण गर्नुपर्ने सन्तान; छोराछोरी।
16659 कोखाको घाउ ना. २. सन्तानको शोकसुर्ता।
16660 कोखी ना. कोखाको सानो भाग; कोखो।
16661 कोखे वि. १. कोखामा भएको; कोखापट्टिको वा कोखाको।
16662 कोखे वि. २. एउटै कोख वा कोखाबाट पैदा भएको (जस्तो- कोखे दाजु, कोखे भाइ, कोखे दिदी, कोखे बहिनी इ. )।
16663 कोखे घाउ ना. कोखाको घाउ; सन्तानको शोकसुर्ता।
16664 कोखे चोइली ना. कसौँडी आदिको कोखाबाट पन्युँले भात पस्कँदा आउने चपरी; ठुलो चोइली।
16665 कोखे सारङ्गी ना. चारवटा नहर लागेको सानो खालको सारङ्गी बाजा।
16666 कोखेलो ना. कोखाको भाग; काखी। (उदा.- यो दुःख मेरो भाउजूले सुने कोखेलो बजाउलिन् - लोकगीत। )
16667 कोखो ना. १. अगाडिका आङको दायाँबायाँ पर्ने कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो; काखीमन्तिरको मर्म पर्ने ठाउँ।
16668 कोखो ना. २. कसौँडी आदि भाँडाका भित्तापट्टिको ठाउँ।
16669 कोखो बजाउनु टु. अरूको नाश वा अवनति देखेर खुसी मनाउनु।
16670 कोग्ल्याँटो वि. आफ्नै तरङ्ग वा सुरमा चल्ने; अधबेस्रो; कोक्ल्याँटो।
16671 कोगिटा ना. १. खैरो रङको कपास फल्ने एक प्रकारको कपासको बोट।
16672 कोगिटा ना. २. त्यसै बोटको कपासबाट बुनिएको कपडा।
16673 कोगिटा ना. ३. पहेँलो र खैरो मिसिएजस्तो रङ।
16674 कोच्नु स. क्रि. १. मन नपरीकन पगितो हुने गरी खानु।
16675 कोच्नु स. क्रि. २. अटाईनअटाई हुने गरी खाँद्नु।
16676 कोचकाच ना. एकै ठाउँमा ठेस्ने वा ठेल्ने काम; खाँदखुँद।
16677 कोचल्नु स.क्रि. हे. कोचेल्नु।
16678 कोचलाइ ना. कोचेल्ने काम वा प्रक्रिया।
16679 कोचलिनु क.क्रि. कोचल्ने काम गरिनु।
16680 कोचवान ना. १. बग्गी हाँक्ने चालक वा सवार
16681 कोचवान ना. २. टाँगावाला।
16682 कोचाइ ना. कोच्ने क्रिया वा प्रक्रिया।
16683 कोचाइनु क.क्रि. कोच्न लगाइनु।
16684 कोचाउनु प्रे. क्र. जबर्जस्ती खुवाउनु; बेसरी खाँद्न लगाउनु।
16685 कोचाकोच ना. परस्परमा वा जथाभावी र अव्यवस्थित पाराले कोच्ने काम; बेसरी हुल्ने काम; खाँदाखाँद।
16686 कोचार्नु स. क्रि . कुनै वस्तु एकै ठाउँमा अटाईनअटाई हुने गरी खाँद्नु; कोच्नु।
16687 कोचारिनु क.क्रि. कोचार्ने काम गरिनु; खाँदेर हालिनु।
16688 कोचारो ना. एकै ठाउँमा झुम्मिने वा खाँदाखाँद गरिने ढङ्ग; घचारो; घुइँचो; साँघुरो।
16689 कोचेलो ना. बिचमा अरूको बिगार हुने गरी निहुँ झिक्ने वा बिथोल्न खोज्ने काम; कचिङ्गल; हुँडलो; झैझगडा।
16690 कोचेल्नु स. क्रि. मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु; हात हालेर हल्लाउनु; कोचल्नु; हँडल्नु; गिजोल्नु।
16691 कोचेलाइ ना. कोचेल्ने काम वा प्रक्रिया।
16692 कोचेलिनु क.क्रि. कोचेल्ने काम गरिनु; हुँडलिनु; गिजोलिनु।
16693 कोच्छे ना. दौराकै जस्तो फेर हुने र तुना बाँध्नुपर्ने एक पोसाक; लबेदाका छाँटको आङको लुगा।
16694 कोजागर ना. आश्विन शुक्ल पूर्णिमाको दिन गरिने लक्ष्मीको व्रत, उत्सव।
16695 कोजाग्रत ना. आश्विन शुक्ल पूर्णिमाको दिन; त्यसै रात गरिने पूजाव्रत।
16696 कोजानि अव्य. को जान्दछ वा थाहा छैन भन्ने आशयले अनिश्चय जनाउने शब्द; कुन्नि। (उदा.- उनको घरमा कोजानि कसले भएनभएको कुरो लाइदिएछ, लोग्नेस्वास्नीमै झगडा परेर छुट्टी छ)।
16697 कोट १ ना. दौरा वा कमिजभन्दा बाहिर लगाइने, अघिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक; उत्तरीय पहिरन।
16698 कोट २ ना. १. प्राचीन कालमा राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ; किल्ला; दुर्ग; गढी।
16699 कोट २ ना. २. चुली परेको र गढी तुल्याउन योग्य स्थान।
16700 कोट २ ना. ३. मौलो पुज्ने ठाउँ।