Dictionary

All Word

16801 कोथा ना. १. बस्तुभाउको सिङ फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो।
16802 कोथा ना. २. हे. कोथो।
16803 कोथाउनु अ.क्रि. कोथा आउनु; बाला, फूल आदि निस्कनु वा पसाउनु।
16804 कोथी ना. तरबारको म्यान वा खुकुरीको दापका टुप्पामा जडिने धातुको सादा वा बुट्टादार च्याप्टो ढुङ्ग्री।
16805 कोथी मुहुडा ना. खुकुरी आदिको दापमा जडिएको टुप्पाको ढुङ्ग्री र मुखपट्टिको धातुको बेरुवा।
16806 कोथो ना. १. केरा, उखु आदिको फेदमा पलाउने टुसो; नयाँ बिरुवा।
16807 कोथो ना. २. धान, गहुँ आदिको बाला निस्कने गर्भ; बाली पसाउने नली।
16808 कोदण्ड ना. ताँदोबाहेक धनुको सबै भाग; धनुष; धनु।
16809 कोदाली ना. छोटो बिँड र चाक्लो पाता भएको दुवै हातले समाई खेतबारी खन्ने फलामे हतियार।
16810 कोदाली पाते वि. कोदालीको पातोजस्तो; कोदालीका पाताका ढाँचाको ('त' अक्षर)।
16811 कोदाले वि. १. कोदालो चलाएर जीविका गर्ने वा कोदालाकै भरमा बाँच्ने। ना.
16812 कोदाले वि. २. एकतन्त्री शासनकालमा लिइने मालपोतका दुई किसिम हले र कोदालेमध्ये एक; गोरु पाल्न नसक्नेलाई लाग्ने सहुलियत दिइएको जग्गाकर।
16813 कोदालो ना. लामो काठको बिँड र लाम्चो पातो हुने, खेतबारी खन्ने काममा प्रयोग गरिने फलामे हतियार।
16814 कोदे वि. १. कोदो खाएर जीविका गर्ने; कोदोबाहेक अरू अन्न खान नपाएको।
16815 कोदे वि. २. कुनाकाप्चामा बसेर दुखजिलो गरी जीवन बिताउने; कुनै सभ्य संसार नदेखेको।
16816 कोदो ना. सिरुका जस्तै पात हुने र टुप्पामा झुप्पे बाला लाग्ने बोट वा त्यसै बोटका बालामा फल्ने तोरीका दाना जस्तै आकार र रङ हुने दाना (अन्न); कुअन्न।
16817 कोनि अव्य. कुराकानीमा हो होइन भन्ने वा थाहा नभएको बुझाउने शब्द; कुन्नि। (उदा.- राम हिजो त यहीँ थिए; आज कोनि कता गए)।
16818 कोप १ ना. रुखकटहरको गुदीको कोया।
16819 कोप २ ना. कसैप्रतिको विरोध वा असन्तुष्टिबाट उब्जने मनोभाव; क्रोध; रिस।
16820 कोपभवन ना. कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठो।
16821 कोपभागी वि. कसैको रिसको झोकमा गाली वा झापट खानुपर्ने; रिसको भागी।
16822 कोपर्नु स. क्रि. कुनै वस्तुलाई हातका नङ्ग्रा, दाह्रा वा अरू कुनै वस्तुले चिथोर्नु; दार्नु; नङ्ग्याउनु; कोतर्नु।
16823 कोपरा ना. प्रायः पिसाब फेरिने र केटाकेटी वा बिरामीलाई दिसापिसाब गराइने पित्तल, तामचिन, आलमोनियम आदिको भाँडो।
16824 कोपराइ ना. कोपर्ने क्रिया वा प्रक्रिया।
16825 कोपराकोपर ना. परस्परमा एकले अर्कालाई कोपर्ने काम; चिथोराचिथोर।
16826 कोपरिनु क.क्रि. कोपर्ने काम गरिनु; चिथोरिनु।
16827 कोपिला / कोपिलो ना. १. फुल्न तयार परेका कलिला फूल।
16828 कोपिला / कोपिलो ना. २. कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव।
16829 कोपिला / कोपिलो कोपिली ना. १. प्रेमीप्रेमिकाका बिच सम्बोधन गर्दा प्रयुक्त हुने शब्द।
16830 कोपिला / कोपिलो कोपिली ना. २. मसिना केटाकेटी; चिचिलाचिचिली।
16831 कोपी १ वि. १. कोप गर्ने वा कोप भएको; क्रोधी। ना.
16832 कोपी १ वि. २. पानीछेउ वा नदीकिनारमा बस्ने परेवाका जातको पक्षी; जलपरेवा; पानीपरेवा।
16833 कोपी २ ना. काउली; फूलकोपी; कोभी।
16834 कोपी बाँस ना. टुप्पामा कोपिला हाल्ने एक जातको बाँस।
16835 कोपु ना. घर बनाउँदा झ्यालढोकामाथि हालिने काठ वा डन्डी बाँधी ढलान गरिने आड।
16836 कोप्चाकोप्ची ना. कुनाकानी परेको वा छेउछाउको ठाउँ; कुनाकाप्चा; अन्तरकुन्तर।
16837 कोप्चिनु अ.क्रि. १. नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु; कोप्चो पर्नु; कोप्रिनु। २ साँघुरो हुँदै जानु (बाटो, जग्गा, ठाउँ इ.)।
16838 कोप्चे वि. कोप्चो परेको; छाँटकाँट नमिलेको।
16839 कोप्चो वि. आँखा, नाक, मुख आदि अलि भित्र पसेको वा दबेको; अनुहारको बान्की नमिलेको; सलक्क नपरेको।
16840 कोप्च्याइ ना. कोप्चो पार्ने वा कोप्च्याउने क्रिया-प्रक्रिया।
16841 कोप्च्याइनु क.क्रि. कोप्चो पारिनु; कोप्चो गराइनु।
16842 कोप्च्याउनु प्रे. क्रि. कोप्चो पार्नु; कोप्चो गराउनु; साङ्ग्रो वा नमिल्ने पार्नु।
16843 कोप्पा ना. घाँटीपछाडि गर्दनदेखि मास्तिरको खाल्टो परेको ठाउँ; बुढी खोप्रो; घुच्चुक।
16844 कोप्रिनु अ.क्रि. उमेर वा अन्य कुनै विशेष कारणले शरीर कोप्रो पर्नु; खुम्चिनु।
16845 कोप्रो वि. कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको।
16846 कोप्य्राइ ना. कोप्रिने क्रिया वा प्रक्रिया।
16847 कोप्य्राइनु क.क्रि. कोप्य्राउने काम गरिनु; कोप्रो पारिनु।
16848 कोप्य्राउनु प्रे. क्रि. कोप्रो पार्नु; कोप्रो तुल्याउनु।
16849 कोप्ल्याइ ना. कोप्ल्याक्क पार्ने क्रिया वा प्रक्रिया।
16850 कोप्ल्याइनु क.क्रि. कोप्ल्याउने काम गरिनु।