Dictionary

All Word

16751 कोठीवाल वि. १. कोठी भएको; ठुलो व्यापार चलाउने। ना.
16752 कोठीवाल वि. २. महाजन; सेठ।
16753 कोठीवाल्नी ना. १. कोठीवालको स्त्रीलिङ्गी रूप; महाजन स्त्री।
16754 कोठीवाल्नी ना. २. रन्डीहरूको व्यवस्था मिलाएर जीवनवृत्ति गर्ने आइमाई; रन्डीकी नाइकेनी।
16755 कोठे वि. १. कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि)।
16756 कोठे वि. २. कोठैमा बस्ने, हुने, गरिने वा टुङ्गिने (काम, कुरा, गफ इ.)।
16757 कोठे वि. ३. कोठाको।
16758 कोठे गफ ना. कोठामै मात्र गरिने र खास महत्त्व नभएको गफ वा कुरा।
16759 कोठे तुक्का ना. कुरौटे मान्छेले सहज रूपमा गर्ने कुरा; कोठामा बसेर कुरा गर्दा झिकिने साधारण हँस्यौली वा रमाइलो भएका टुक्का।
16760 कोठे दङ्गा ना. घरभित्रै हुने खलबली वा बझौटी; कोठाभन्दा बाहिर ननिस्कने सामान्य होहल्ला।
16761 कोठे पण्डित ना. भित्र भित्र गफ गरे तापनि बाहिर परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस।
16762 कोठेपद ना. ठाडो तेर्सो कोठैकोठा भएको हारमा नपुग अक्षरहरू दुवैतिरबाट थपी मिलाई कोठा तयार पार्नेले सोचेअनुसारको अर्थ निक्लने गरी भर्ने अभ्यास वा उत्तर।
16763 कोठेबाबु ना. घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस; घरसाँढा; पिँढीसाँढे।
16764 कोठेबारी ना. घरवरिपरि फलफूल, तरकारी आदि लगाइने बारी; करेसाबारी।
16765 कोठे मालिक ना. १. घरमा छउन्जेल कुर्लने, बाहिर गएपछि भने लुरुक्क पर्ने व्यक्ति; कोठे बाबु।
16766 कोठे मालिक ना. २. चुइयाँ; लोभी।
16767 कोठे राजनीति ना. बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास - पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल।
16768 कोठे रानी ना. सिँगारपटार गरी कोठामा बसेको बस्यै गरिरहने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने तरुनी स्त्री वा भित्रिनी स्वास्नी।
16769 कोठो ना. १. बिच बिचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठुलो खण्ड।
16770 कोठो ना. २. दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड।
16771 कोठो ना. ३. कागत, लुगा, भुइँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना।
16772 कोठो ना. ४. धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी।
16773 कोढ ना. हे. कोर।
16774 कोण ना. १. दुई दिशाका बिचको दिशा; उपदिशा।
16775 कोण ना. २. दुई दिशाबाट आएका सरल रेखाहरू जोडिने ठाउँ वा कुनु।
16776 कोणधारी वि. सबैतिर फिँजिएको वा कोण परेको।
16777 कोणधारी वन ना. त्यस्तै बाक्लो वन।
16778 कोत ना. सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर; मौलो पूजा गरिने ठाउँ; कोट।
16779 कोत पर्व ना. नेपालको इतिहासप्रसिद्ध, वि. सं. १९०३ मा हनुमान् ढोका दरबारको कोतमा भएको जङ्गबहादुरद्वारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्यापूर्ण ठुलो राजनीतिक घटना वा काण्ड।
16780 कोतर्नु स. क्रि. १. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु।
16781 कोतर्नु स. क्रि. २. चुच्चाले ठुँग्नु; टुकटुक पार्नु।
16782 कोतर्नु स. क्रि. ३. नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु।
16783 कोतरिनु क.क्रि. कोतर्ने काम गरिनु; कोट्टिनु।
16784 कोतऱ्याइ ना. कोतर्ने काम वा प्रक्रिया।
16785 कोतऱ्याउनु प्रे. क्रि. कोतर्न लाउनु।
16786 कोतवाल ना. कुनै प्रमुख केन्द्र; किल्ला वा सीमामा स्थानीय शान्तिसुरक्षाका लागि राखिएको प्रहरी अधिकृत।
16787 कोतवाली ना. प्रहरीसम्बन्धी काम-कारबाई र सानातिना फौजदारी मुद्दाको कारबाई गर्ने कोतवालको अड्डा वा ठाना।
16788 कोताखान ना. कम्मरमा बाँध्न हुने एक प्रकारको लिगलिगे तरबार (दिव्य.)।
16789 कोते ना. सेनाको खरखजाना राख्ने ठाउँको रेखदेख गर्ने सरकारिया जागिरदार।
16790 कोते धन्दा ना. १. कोतेले गर्ने खालको काम वा धन्दा।
16791 कोते धन्दा ना. २. घरायसी झर्कोलाग्दो काम; सुसेधन्दा।
16792 कोत्रा ना. माछाको एक जात।
16793 कोत्रिनु अ.क्रि. खोस्रिएर वा ससाना खाल्टा परेर घाउखत लाग्नु; छ्याकटे हुनु।
16794 कोत्रे वि. मुख वा अन्य अङ्गप्रत्यङ्ग कोत्रिएको; कोत्र्याहा; छ्याका परेको; छ्‌याकटे।
16795 कोत्रो ना. कीट, आल्मोनियमका भाँडा आदिमा आम्ल वस्तु पर्नाले भएका मसिना छिद्र वा खाल्टाखुल्टी।
16796 कोत्र्याइ ना. कोत्रिने काम वा प्रक्रिया।
16797 कोत्र्याइनु क.क्रि. कोत्रिन लाइनु; कोत्रिने गराइनु।
16798 कोत्र्याउनु प्रे. क्रि. कोत्रिन लाउनु; कोत्रिने गराउनु।
16799 कोत्र्याहा वि. मुख आदि अङ्ग कोत्रिएको; छ्याका परेको; छ्याकटे; छ्‌याके।
16800 कोत्लेगाँडो वि. कतैपट्टि पनि नमिल्ने; काम नलाग्ने खालको।