Dictionary

All Word

16701 कोटकाली ना. १. कोटकी वा कोटमा स्थापना गरिएकी देवी।
16702 कोटकाली ना. २. नेपालको गोरखा जिल्लामा पर्ने आरुघाट भन्ने ठाउँमा अवस्थित देवी वा तिनै देवीको मन्दिर।
16703 कोटतुरुप ना. तासको तुरुप खेलमा विपक्षी खेलाडीले एक हात पनि खान नपाई आफ्नो तुरुपले सबै हात खाने काम त्यस्तो जित।
16704 कोटपाल ना. किल्लाको सुरक्षा गर्ने व्यक्ति; कोटको अधिपति; दुर्गरक्षक।
16705 कोटफ्रक ना. दुईतीन रङका कपडा प्रयोग गर्न सकिने अगाडि पाँच र पछाडि दुई टुक्रा गाँसी बनाइने विशेष प्रकारको फ्रक; कोटका छाँटको घाँगर।
16706 कोटर ना. रुखको टोड्को वा धोद्रो।
16707 कोटा ना. कसैसित लिन वा कसैलाई दिन निश्चित गरिएको कुनै वस्तुको हिस्सा वा भाग; बिक्रीवितरण हुने वस्तु र योजना पूरा गरिने खर्चमा अनुपातले पाइने सम्पूर्ण भागको एक पटकमा दिइने वा लिइने अंश।
16708 कोटाल ना. १. झ्यालढोकाको पल्ला अड्याइने चौकोसका दायाँबायाँ ठाडा काठमा झन्डै आधा खोली गहिरो बनाएर त्यसमा छिराई झ्यालढोका बन्द गरिने फल्याक।
16709 कोटाल ना. २. झ्यालको तल्लो आधा भागमा जडिने डन्डी, रेलिङ आदि।
16710 कोटाली ना. १. झ्यालको तल्लो भागमा डन्डी हाली बनाइएको सानो खण्ड। वि.
16711 कोटाली ना. २. कोटमा बस्ने; कोटको बासिन्दा।
16712 कोटि ना. हे. कोटी।
16713 कोटिला ना. दैलेख जिल्लाको छामगाउँ खोलाको पूर्वी किनारमा स्थित महादेवको मन्दिर।
16714 कोटिलिङ्ग ना. शिवजीका करोड लिङ्गमूर्ति।
16715 कोटिलिङ्ग अदालत ना. मध्यकालीन नेपालको कोटिलिङ्गको स्थापना गरिएको ठाउँमा रहेको सबैभन्दा माथिल्लो देवानी अदालत।
16716 कोटिशः क्रि.वि. १. धेरै किसिमले; अनेकौँ प्रकारले। वि.
16717 कोटिशः क्रि.वि. २. करोडौँ; धेरै; असङ्ख्य।
16718 कोटी ना. १. सय लाखको सङख्या; करोड; कोटि।
16719 कोटी ना. २. हतियारको चुच्चो वा धार।
16720 कोटी ना. ३. धनुको टुप्पो।
16721 कोटी ना. ४. श्रेणी; स्तर; दर्जा।
16722 कोटी ना. ५. कुनै विवादको पूर्वपक्ष। वि.
16723 कोटी ना. ६. सय लाख; करोड।
16724 कोटे वि. कोटमा बस्ने वा कोटको बासिन्दा ( मुसीकोटे, माझकोटे, नुवाकोटे इ.)।
16725 कोटेरो ना. भँगेरा जस्तै रङको, फिस्टोभन्दा केही सानो, डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो; बगेडी।
16726 कोटेसन ना. कुनै पनि कार्यालयको मागअनुसार आवश्यक मालसामान वा खर्चको दरभाउ खुलाई सम्बन्धित विक्रेता वा व्यक्तिले दिने विवरणपत्र।
16727 कोट्ट ना. दुर्ग; किल्ला; कोट।
16728 कोट्टिनु अ.क्रि. १. कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु।
16729 कोट्टिनु अ.क्रि. २. चिम्टँदा, कोतर्दा, खोस्रँदा, खन्दा कुनै चिज वा वस्तुको पाप्रो, तह आदि निस्कनु; उप्कनु।
16730 कोट्ट्याइ ना. १. कोट्टिने क्रिया वा प्रक्रिया।
16731 कोट्ट्याइ ना. २. कोट्ट्याउने काम वा प्रक्रिया।
16732 कोट्ट्याइनु क.क्रि. कोट्ट्याउने काम गरिनु; उक्काइनु; कोतरिनु; उफाइनु।
16733 कोट्ट्ट्याउनु स. क्रि. १. कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु।
16734 कोट्ट्ट्याउनु स. क्रि. २. थोरै थोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु।
16735 कोट्ट्ट्याउनु स. क्रि. ३. इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु।
16736 कोठरी ना. सानो वा साँघुरो कोठो; कम्ती उज्यालो भएको र चल्नफिर्न असजिलो पर्ने कोठो।
16737 कोठाकोठी ना. १. घरका सानाठुला कोठाहरूको समूह।
16738 कोठाकोठी ना. २. बाकस, भाँडा आदिका ससाना धेरै खण्ड।
16739 कोठामचे/ कोठामोचे ना. कोठाको कामधन्दा गर्ने मान्छे; कोठे नोकर।
16740 कोठार ना. १. अन्नपात राख्ने ठुलो ढुकुटी; धनसार।
16741 कोठार ना. २. सिएका लुगाको आङपट्टि पर्ने भाग।
16742 कोठार ना. ३. पेटभित्रको भाग; गर्भाशय; पाठेघर।
16743 कोठार ना. ४. पेट; भुँडी।
16744 कोठारिन ना. कोठारको खटनपटन गर्ने वा काम गर्ने आइमाई; कोठाको काम वा भित्रिया काम गर्ने स्वास्नीमान्छे।
16745 कोठारी ना. जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक वा धरालो।
16746 कोठी १ ना. जिउमा निस्कने कालो वा रातो नमेटिने मसिनु दाग वा थोप्लो; तिल।
16747 कोठी २ ना. १. ठुलठुलो लेनदेन वा व्यापारको कारोबार हुने घर; ठुलो पसल।
16748 कोठी २ ना. २. रन्डीहरू बस्ने घर वा कोठा; वेश्यालय।
16749 कोठी २ ना. ३. चियाबगान, अलैँचीबगान आदिका व्यवस्थापकहरू रहने घर।
16750 कोठी २ ना. ४. धनसार।