Dictionary

All Word

16851 कोप्ल्याउनु स. क्रि. ठुलठुला गाँस हालेर वा कोप्ल्याक्क कोप्ल्याक्क हुने गरी खानु।
16852 कोप्ल्याक्क क्रि.वि. नरम खानेकुरो एकै खेपमा खाने गरी।
16853 कोफ्ता ना. कुटेको मासु वा पिँधेको दाल, तरकारी आदिलाई घिउतेलमा तारेर विशेष प्रकारले बनाइने साना डल्ला परिकार वा त्यसैद्वारा बनाइने रसदार तरकारी।
16854 कोब्रा ना. अत्यन्त विषालु र रिस उठेपछि फणा उठाएर खेद्ने खतरनाक सर्प; गोमन साँप।
16855 कोमल वि. १. देख्दा, सुन्दा वा हुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार।
16856 कोमल वि. २. कलिलो; कलकलाउँदो।
16857 कोमल वि. ३. सुन्दर; मनोहर।
16858 कोमल वि. ४. मधुर; मन्द ( स्वर आदि)।
16859 कोमलता ना. कोमल हुने विशेषता वा भाव।
16860 कोमल तालु ना. कलनसोभन्दा माथि र कठोर तालुभन्दा तल पर्ने, ध्वनिहरूको उच्चारण हुने एक अवयव।
16861 कोमला वृत्ति ना. संस्कृत साहित्यशास्त्रका अनुसार छोटा छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण (ग, द आदि) को बढी प्रयोग हुने र शृङ्गार, शान्त, अद्भुत आदि रस तथा कोमल सुकुमार भावको अभिव्यक्ति दिइने एक वृत्ति; साहित्यका तीनवटा वर्णगत वृत्ति (उपनागरिकावृत्ति, पुरुषावृत्ति र कलावृत्ति) मध्ये एक।
16862 कोमलास्थि ना. कमलो वा कलिलो हाड; कुरकुरे हाड।
16863 कोयो ना. १. आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानु।
16864 कोयो ना. २. रेसमका किराले आफू बस्न लाएको गुँड।
16865 कोर्नु स. क्रि. १. कुनै तिखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु।
16866 कोर्नु स. क्रि. २. नङ, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफऱ्याउनु; फहराउनु।
16867 कोर्नु स. क्रि. ३. पाछ्नु; खोस्याउनु।
16868 कोर्नु स. क्रि. ४. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्न तयार पार्नु।
16869 कोर ना. १. रक्तविकारबाट पैदा भई हातगोडाका औँलाहरू गल्दै र झर्दै जाने रोग; कुष्ठरोग।
16870 कोरकार ना. १. कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम।
16871 कोरकार ना. २. ज्योतिषीले धुलौटोमा अनेक रेखा र कोण तानी ग्रहगतिको फल खुट्ट्याउने काम।
16872 कोरकार ना. ३. तुच्छ किसिमको लेखाइ वा खनजोतजस्ता काम।
16873 कोरम ना. कुनै सङ्घसंस्था आदिको बैठक बस्न र प्रस्ताव वा बुँदाहरू पारित गर्न आवश्यक पर्ने, नियमविधानमा तोकिएअनुसारको सदस्य सङ्ख्या; गणपूरक सङ्ख्या।
16874 कोरल्नु स. क्रि. माउले फुलबाट बच्चा झिक्नु; बच्चा काढ्नु।
16875 कोरलाइ ना. कोरल्ने काम वा प्रक्रिया।
16876 कोरलिनु क.क्रि. फुलबाट चल्ला निकालिनु; कोरल्ने काम गरिनु।
16877 कोरली वि. बहर वा साँढेसँग नमिसिएकी; तरुनी (गाई)।
16878 कोरलो वि. भालेसित मिसिने बेला पुगेको; तरुनो अवस्थाको (गाईबस्तु); कोरली।
16879 कोरा १ ना. १. सादा, सेतो र माड नपछारिएको बाक्लो कपडा। वि.
16880 कोरा १ ना. २. मालसामान तयार पार्न काम लाग्ने र कच्चा (चिजवस्तु)।
16881 कोरा १ ना. ३. अनुभव नपाएको वा आवश्यक विषयव्यवहार नबुझेको; काँचो; सिकारु।
16882 कोरा १ ना. ४. परिष्कार नभएको; नमाझिएको।
16883 कोरा २ ना. आमाबाबु, लोग्ने वा आफूले किरिया बस्नुपर्ने मानिस मर्दा किरियापुत्रीले अरूलाई नछुने र सेतो चोखो धोती फेरी एकान्त कोठो बारेर अलग्गै बस्ने काम; किरिया बस्ने काम (कोरा पस्नु, कोरा बस्नु, कोरा बार्नु आदि)।
16884 कोराइ ना. कोर्ने काम वा प्रक्रिया।
16885 कोराकोर ना. एकभन्दा बढीले परस्परमा एकनाससित कोर्ने वा लुछाचुँडी गर्ने काम; चिथोराचिथोर; कोपराकोपर।
16886 कोरामाल ना. प्रशोधित गर्न बाँकी रहेको वा उपभोगका वस्तु तयार गर्नुभन्दा पहिलेका अवस्थाको कच्चा वस्तु वा सामान (बोरा बुन्नुभन्दा पहिलेको सनपाट, जुत्ता सिउनुभन्दा पहिलेको छाला, औषधी बनाउनुभन्दा पहिलेको झारपात इ.)।
16887 कोरिनु क.क्रि. १. कुनै तिखो वा चुच्चो वस्तुले धर्मो पारिनु; दरखरिनु।
16888 कोरिनु क.क्रि. २. थाँक्रो वा काइँयोले कपाल तलासिनु।
16889 कोरी १ ना. १. बिसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बिसवटा वस्तुको समूह; एक बिस।
16890 कोरी १ ना. २. बिस ढेप कागतको ठेली वा समूह। (उदा.- हाम्रो कार्यालयलाई कोरी नेपाली कागत चाहिएको छ )।
16891 कोरी २ ना. ठुलो पात भएको र भेट्नामा लामो बिँड लगाइएको माटाको काममा प्रयोग हुने हतियार; बेल्चा।
16892 कोरी ३ ना. कुष्ठरोगी; महारोगी; कोह्री; कोढी; कोर्दी।
16893 कोरीखाना ना. कोरीहरूलाई राख्ने र औषधी, उपचारसमेत गर्ने व्यवस्था भएको ठाउँ।
16894 कोरीबाटी ना. कपाल कोर्ने र चुल्ठो बाट्ने काम; केश आदि सलक्क पारेर मिलाउने, तलास्ने र सिँगार्ने काम।
16895 कोरेंसो ना. कोऱ्याँसो।
16896 कोरो ना. किरियापुत्रीहरूले कोरा धागाले बारी बस्न बनाइएको ठाउँ; हे. कोरा २।
16897 कोर्काली वि. जङ्गली स्वभावको; सभ्य र शिष्ट नभएको; पाखे।
16898 कोर्को ना. १. केटाकेटी सुताउन पिँधतिर दह्रा काम्रा राखी बाँस, बेत आदिका चोयाले बुनेको खटियाका आकारको बिट भएको भाँडो; झोलुङ्गो; कोक्रो।
16899 कोर्को ना. २. बालीनाली भएको ठाउँबाट बस्तुभाउ हिँडाउँदा र बालीको छेउछाउमा गोरु जोत्दा बाली खान नदिन मुखमा लगाइदिने फुर्लुङ; महला।
16900 कोर्को ना. ३. कुनु परेको वा सानो ठाउँ।