Dictionary

All Word

17001 कौटिलीय वि. कौटिल्य विद्वान्‌ले तयार गरेको; कौटिल्यसम्बन्धी।
17002 कौटिल्य ना. १. इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य; चाणक्य।
17003 कौटिल्य ना. २. कुटिल हुनाको काम, भाव वा अवस्था; कुटिलता; टेढोपन।
17004 कौटिल्य ना. ३. छलकपट; बेइमानी।
17005 कौटुम्बिक वि. १. कुटुम्ब वा नातागोता भएको; कुटुम्बसम्बन्धी; कुटुम्बी। ना.
17006 कौटुम्बिक वि. २. घरको मूली वा जेठोबाठो; थकाली; बाबु।
17007 कौडिन्य ना. पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि।
17008 कौडिन्य गोत्र ना. कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम; पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने, खड्का, बगालेथापा, मरासिनी र पनेरू थर हुनेहरूको गोत्र।
17009 कौडी ना. १. सानो खालको कौडो।
17010 कौडी ना. २. तल्लो तहको दाम; थोरै मूल्यको पैसो। (उदा.- साथमा एक कौडी छैन, कसरी महिना चलाउने ? )।
17011 कौडे वि. १. कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल।
17012 कौडे वि. २. आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको। ना.
17013 कौडे वि. ३. दास; कमारो; नोकर।
17014 कौडे कमारो ना. उहिलेको चलनअनुसार कानमा कौडी झुन्ड्याई पालिने कमारो; खास कमारो।
17015 कौडो १ ना. १. घुँगी जस्तै एक थरी पानीकिराको सिपी वा शङ्ख जातको एकापट्टि दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी।
17016 कौडो १ ना. २. अघिको किनबेचको साधन वा माध्यम।
17017 कौडो १ ना. ३. सोह्रवटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर आफूले लिएको दाउ परे मार्ने, नपरे हार्ने बाजीमा खेलिने अवैध खेल।
17018 कौडो २ ना. खुकुरीको काँजोनिर धारमा बनाइएको अर्धचन्द्राकार घेरो।
17019 कौतुक ना. १. कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा; कुतूहल।
17020 कौतुक ना. २. आश्चर्यजनक वस्तु; तमासा।
17021 कौतुक ना. ३. विवाहमा मङ्गलमन्त्र पढी विधिपूर्वक बनाइने कपडाको गाँठो; लगनगाँठो।
17022 कौतुकागार/ कौतुकालय ना. १. ऐतिहासिक वा सांस्कृति महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय; म्युजियम; अजायबघर।
17023 कौतुकागार/ कौतुकालय ना. २. बिहाका दिनमा दुलहीलाई सिँगारपटार गर्ने र कपडा पहिराउने कोठो।
17024 कौतुकागार/ कौतुकालय ना. ३. कन्यादान गर्ने ठाउँ।
17025 कौतुकागार/ कौतुकालय ना. ४. मनोरञ्जन गर्ने ठाउँ वा घर।
17026 कौतुकी वि. १. कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको।
17027 कौतुकी वि. २. वैवाहिक सम्बन्ध मिलाउने; लमीको काम गर्ने।
17028 कौतुकी वि. ३. खेलतमासा देखाउने; चटके; जादुगर।
17029 कौतूहल ना. हे. कुतूहल ।
17030 कौपीन ना. १. ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने )।
17031 कौपीन ना. २. योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा।
17032 कौपीनधारी ना. कौपीन धारण गर्ने वा लगाउने (व्यक्ति)।
17033 कौबेरी ना. १. उत्तर दिशा।
17034 कौबेरी ना. २. कुबेरको शक्ति।
17035 कौमार ना. १. कुमार हुनाको भाव, गुण वा अवस्था, कुमारमा रहने कुरा; कौमार्य।
17036 कौमार ना. २. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर।
17037 कौमार व्रत ना. आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत; जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा।
17038 कौमार्य ना. १. बालकपन वा युवावस्था; कौमार।
17039 कौमार्य ना. २. पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व।
17040 कौमुदी ना. १. चन्द्रमाको किरण; ज्योत्स्ना।
17041 कौमुदी ना. २. कार्तिक शुक्लपक्षको पूर्णिमा।
17042 कौमुदी ना. ३. पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ।
17043 कौमोदकी ना. विष्णुका चार हातमा रहने शङ्ख, चक्र, गदा, पद्ममध्ये गदा, विष्णुको गदा।
17044 कौरव ना. १. कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति।
17045 कौरव ना. २. कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि)।
17046 कौरा ना. एक लहर लोग्नेमान्छे र एक लहर स्वास्नीमान्छे उभिई डम्फु र खैँजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य; कडुवा; करुवा।
17047 कौरो ना. किरियापुत्रीहरू बस्ने ठाउँ; हे. कोरो।
17048 कौरो ढिकुरो ना. १. मरेको दश दिनसम्म मृतकलाई पिण्डपानी दिन जलाशयनजिकै बनाइएको वेदी; ढिकुरो।
17049 कौरो ढिकुरो ना. २. कौरो र ढिकुरो गर्ने काम।
17050 कौल १ ना. हे. कउल।