Dictionary

All Word

16951 कोशालय ना. कुनै प्रकोप वा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार वा सहायताका निम्ति जम्मा गरिएको रकम र मालसामानको वितरण तथा सञ्चालन गर्ने कार्यालय; धर्मढुकुटीका रूपको अड्डा।
16952 कोष ना. १. हे. कोश।
16953 कोष ना. २. पातलो झिल्लीले बेरिएको र जीवनरसको केन्द्रसमेत भएको शरीरमा रहने मांसपिण्ड वा कण।
16954 कोषकाव्य ना. पूर्वापर सम्बन्ध नभएको तर उही विषयलाई लिएर लेखिएको पद्यसङ्ग्रह।
16955 कोषकेन्द्र ना. जीवकोषको जीवनरस रहने बाक्लो भित्री भाग।
16956 कोषरस ना. जीवकोषमा रहने जीवनरसबाहेकको अन्य तरल पदार्थ।
16957 कोषाध्यक्ष ना. १. संस्था वा कुनै आर्थिक कारोबार गर्नुपर्ने कार्यालयको सम्पत्ति रेखदेख गर्ने काम जिम्मा लिएको व्यक्ति; खजान्ची।
16958 कोषाध्यक्ष ना. २. कुनै सङ्गठनको कार्यकारिणी समितिको एकाइमा आर्थिक कारोबार हेर्ने व्यक्तिको पद; त्यसै पदमा रहने व्यक्ति।
16959 कोषावरण ना. जीवरस रहने कोषहरूलाई एक अर्काबाट छुट्ट्याउने र रक्षा गर्ने पातलो झिल्ली; जीवनरस रहने कोषको आवरण।
16960 कोष्ठ ना. १. कोठो।
16961 कोष्ठ ना. २. पेटको भित्री तह वा भाग।
16962 कोष्ठ ना. ३. ढुकुटी; भण्डार ।
16963 कोष्ठक ना. कोठा; खण्ड; खाना।
16964 कोष्ठक चिह्न ना. व्याख्या, सङ्केत, सूचना, स्पष्टीकरण आदि छर्लङ्ग पार्न अगाडि र पछाडि छेक्ने चिह्न; गणित, विज्ञान आदिमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न (जस्तै- (), [] इ.)।
16965 कोष्ठबद्ध वि. १. कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको। ना.
16966 कोष्ठबद्ध वि. २. ठिक समयमा नभएको दिसाको रोकाइ वा पेट साफ नहुने काम; कब्जियत; गोटा पर्ने रोग।
16967 कोष्ठबद्धता ना. १. कोष्ठक चिह्नले छेक्ने काम वा ढाँचा।
16968 कोष्ठबद्धता ना. २. दिसा नहुने वा रोकिने स्थिति; कब्जियत।
16969 कोस ना. १. जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो; आठ सय धनु वा पैँतिस सय बिस गजको दुरी।
16970 कोस ना. २. आँखाका दुवैतिरको कुनु वा चोसो।
16971 कोस ना. ३. गाजल लगाउने सिन्को ।
16972 कोसल ना. कर्नाली ( सरयू) नदीका दुवै किनारमा रहेको प्राचीन एक देश।
16973 कोसलेय ना. १. कोसल देशका अधिपति; रामचन्द्र। वि.
16974 कोसलेय ना. २. कोसल देशसँग सम्बन्धित।
16975 कोसाकोसी ना. सानाठुला धेरै कोसाको समूह।
16976 कोसियार ना. उखुका गेवँरा, चिनियाँ, ढोडे, बेरे जस्तै एक भेद; एक जातको उखु; कोसेर उखु।
16977 कोसिस ना. कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न; चेष्टा; जमर्को; प्रयास।
16978 कोसी १ ना. दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो; सानो आरी।
16979 कोसी २ ना. पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दुधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेका प्रसिद्ध सात नदी; सप्तकोसी।
16980 कोसी अञ्चल ना. नेपालका चौध अञ्चलमध्ये तथा पूर्वाञ्चल विकासक्षेत्रका तीन अञ्चलमध्ये मेची र सगरमाथाका बिचमा रहेको उत्तरतिर चीन र दक्षिणतिर भारतसँग सिमाना जोडिएको एक अञ्चल।
16981 कोसे १ वि. कोसा भएको वा कोसा निस्कने; कोसाजस्तो (हे. कोसेबाली)।
16982 कोसे २ वि. कोस भएको; कोसका परिमाणको। (चारकोसे झाडी, चारकोसे बाटो इ . )।
16983 कोसे ढुङ्गो ना. १. कोस कोसका फरकमा राखिने ढुङ्गो।
16984 कोसे ढुङ्गो ना. २. सीमानिर्धारण गर्न योग्य घटना; उल्लेखनीय कुरा।
16985 कोसे बाली ना. मास, मस्याङ, सिमी, बोडी, भटमास, केराउ आदि जस्ता कोसा फल्ने बाली।
16986 कोसेर उखु ना. पहेँलो र मोटो डाँठ हुने एक जातको उखु; कोसियार।
16987 कोसेली ना. कसैलाई सम्झना र चिनुस्वरूप आफ्ना राजीले दिइने कुनै चिज वा वस्तु; सौगात; उपहार; नजराना।
16988 कोसेली पेरुङ्गो ना. पेरुङ्गामा हालेर ल्याइने चलनअनुसारको कोसेली; कोसेली र अरू सामग्री।
16989 कोसो ना. १. बोडी, केराउ, मास, मस्याङ, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल।
16990 कोसो ना. २. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल।
16991 कोहिनुर ना. १. गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्का श्रीपेचमा जडिन पुगेको विश्वको सर्वश्रेष्ठ हीरा; सर्वोत्तम कोटिको हीरा; कोहेनुर।
16992 कोहिनुर ना. २. अति तेजिलो प्रकाश; प्रकाशको पहाड।
16993 कोही सर्व कसैलाई नतोकी वा अपरिचित व्यक्तिका नाममा प्रयोग हुने अनिश्चयबोधक शब्द; कुनै।
16994 कोहेनुर ना. हे. कोहिनुर।
16995 कोहोलो ना. कोलाहल; कोकोहोलो।
16996 कौ ना. फलामको काम गर्ने नेवारजातिको एक वर्ग।
16997 कौँचा ना. काँचको फूलदान वा गमला।
16998 कौँटी ना. उड्दै गएको चङ्गालाई लट्टाईको धागो झड्कारेर कोल्टो फर्काई तलतिर झार्ने काम।
16999 कौच ना. बिचमा लचकदार पाताहरू राखी नरिवलका जटा, रुवा आदि हालेर बाहिर कपडा, चट्टी आदिले मोहोरी बनाइएको गद्दीदार मेच; सोफा।
17000 कौटकिक ना. चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति; चराको सिकारी; शाकुनिक ।