Dictionary

All Word

17101 कुर्की ना. २. दिएको ऋण सधाउन वैध उपायले ऋणीको सम्पत्ति आफ्नो अधीन तुल्याउने वा लिलाम गर्ने काम।
17102 कुर्की, ना. [?] डन्डी आदिमा पेच काट्ने फलामे ज्याबल एकुवा।
17103 कुर्कुच्चे वि. कुर्कुच्चो भएको, कुर्कुच्चाको।
17104 कुर्कुच्चे जुत्ता ना. अग्लो कुर्कुच्चा भएको एक प्रकारको जुत्ता।
17105 कुर्कुच्चो ना. पैतालाको पछाडिपट्टिको वा गोलीगाँठादेखि मन्तिरको डल्लो साह्रो भाग।
17106 कुर्कुरे ना. साना कोसा हुने एक जातको केरा।
17107 कुर्चा ना. असजिलो पाराको एकै ठाउँको बसाइ, डल्लिएर एकै ठाउँमा बस्नुपर्ने स्थिति वा वाध्यता।
17108 कुर्चा खानु टु. लठिएर बस्नु डल्लिनु।
17109 कुर्चिनु अ. क्र. कुर्चा खानु, असजिलोसँग बस्नु।
17110 कुर्ची ना. हे. कुर्सी।
17111 कुर्च्याई ना. कुर्चिने काम वा प्रक्रिया।
17112 कुर्च्याइनु क.क्रि. कुर्चिन लाइन, कुर्चा खुवाइनु।
17113 कुर्च्याउनु प्रे. क्रि. कुर्चा खुवाउनु, कुर्चिन लाउनु, असजिलोसँग बसाउनु।
17114 कुर्ता ना. कठालो भएको वा नभएको र बाहुलामा कफ नभएको, कुना परेको फेर हुने, प्रायः गर्मी याम वा गर्मी ठाउँमा लगाइने कमिजका ढाँचाको पहिरन; एक प्रकारको फत्तु वा अलखा।
17115 कुर्ता सलवार ना. कुर्तासहितको सलवार; कुर्ता र सलवार।
17116 कुर्था ना. हे. कुर्ता।
17117 कुर्नी ना. एक प्रकारको जङ्गली लहरो।
17118 कुर्नेस/कुर्नैस ना. १. नुहेर गरिने सलाम, नम्रतापूर्वक गरिने नमस्कार।
17119 कुर्नेस/कुर्नैस ना. ( यो शब्द नेपालीमा विशेष गरी एकतन्त्री जहानियाँ शासनमा प्रचलित थियो)।
17120 कुर्नेस/कुर्नैस ना. २. साइकलका पाङ्ग्राको बिचमा पर्ने डन्डीका दुवैतिर रहने गेडी अड्याउने एक प्रकारको ढिम्री।
17121 कुर्बानी ना. बलि हुने काम; बलिदान।
17122 कुर्मी ना. तराईतिर बस्ने तरकारी बेच्ने एक जाति।
17123 कुर्र क्रि.वि. १. ससाना बालकसँग खेल्दा कानैमा मुख लगेर 'कानाकाना' गर्दै स्नेहपूर्वक भनिने शब्द।
17124 कुर्र क्रि.वि. २. गीतको टुङ्ग्याउनी वा रहनीमा सुर मिलाउन भनिने प्रेमसूचक शब्द।
17125 कुर्लनु अ.क्रि. १. चड्का स्वरले बोल्नु वा जोस र रिसले कराउनु।
17126 कुर्लनु अ.क्रि. २. ढुकुर आदि चराले बोल्नु।
17127 कुर्लाइ ना. कुर्लने काम वा प्रक्रिया।
17128 कुर्लाइनु क.क्रि. कराउन लाइनु, कुर्लन लाइनु।
17129 कुर्लाउनु प्रे. क्रि. कराउन लाउनु, कुर्लन लाउनु।
17130 कुर्लिनु अ.क्रि. ठुलो स्वरले कराउनु वा बोलिनु।
17131 कुर्ले ढुकुर ना. चड्का र गुन्जने खालको बोली हुने ठुलो जातको ढुकुर।
17132 कुर्सिलो ना. चिन्डेका जस्तै पात हुने, पहराहुँदो पलाउने एक प्रकारको घाँस।
17133 कुर्सियो ना. कपडामा बुट्टा काढ्ने आरोका ढाँचाको टुप्पो मास्तिर फर्केको सुइरो।
17134 कुर्सी ना. पछिल्तिर आडा भएको चारखुट्टे अग्लो आसन, गद्दादार मेच, कुर्ची।
17135 कुल १ वि. जम्मा, सबै समस्त सम्पूर्ण तमाम; बेमाख।
17136 कुल २ ना. १ पितापुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना, वंश।
17137 कुल २ ना. २ जातिबन्धुहरूको समूह, बिन्द्रालो; खानदान।
17138 कुल २ ना. ३. समूह, समुदाय।
17139 कुलक वि. १. असल कुलमा जन्मेको।
17140 कुलक वि. २. कारिगर तहको प्रधान।
17141 कुलक वि. ना. ३. उच्च कुलमा जन्मेको शिल्पकार।
17142 कुलक वि. ४. एक वाक्यभित्र पर्ने पाँच र पाँचभन्दा बढी श्लोकहरूको समूह।
17143 कुलकलङ्क ना. १. कुलको मानप्रतिष्ठा स्वाहा पार्ने काम।
17144 कुलकलङ्क ना. वि. २. कुलमा कलङ्क वा दाग लगाउने; कुलाङ्गार।
17145 कुल कविला ना. जहानछोराछोरी।
17146 कुल कुटुम्ब ना. जाति र सरसाइनुका नातादार, इष्टमित्र बन्धुवर्ग।
17147 कुलक्षण ना. खराब लक्षण, कुलच्छिन; अलच्छिन; अमङ्गल; बिच्छुक।
17148 कुलक्षणी वि. खराब लक्षण भएकी, अलच्छिनी (स्त्री)।
17149 कुलगुरु ना. पितापुखदिखि मान्दै वा पुज्दै आएका गुरु; कुलका गुरु, वंशका गुरु।
17150 कुलघर ना. १. कुलपरम्परादेखि बसिआएको जेठो घर।