Dictionary

All Word

17201 कुलिने ना. कुलिन बोक्ने मानिस, दुध बेच्ने काम गर्ने व्यक्ति।
17202 कुलीन वि. उच्च वा असल कुलको; घरानियाँ; खानदानी।
17203 कुलीनतन्त्र ना. उच्च कुलका व्यक्तिहरूद्वारा चलाइने शासन-पद्धति।
17204 कुलुकुलु क्रि.वि. १. पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले।
17205 कुलुकुलु क्रि.वि. २. कुल्ला गर्दा शब्द निस्कने गरी।
17206 कुलुल्ल क्रि.वि. पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा जोडले शब्द आउने गरी।
17207 कुलू ना. मृदङ्ग, तबला आदिमा छाला मोहोर्ने काम गर्ने एक जाति।
17208 कुलेलम ना. अरूलाई थाहापत्तै नदिई भाग्ने काम, सुइँकुच्चा।
17209 कुलेलम क्रि.वि. १. अरूलाई थाहापत्तै नदिई।
17210 कुलेलम क्रि.वि. ना. २. बलेनीको पानी जम्न नदिनाका निम्ति घरको वरिपरि खनेर बनाइएको पानीको सानो निकास, तोस।
17211 कुलेलम क्रि.वि. ३. खेतबारीको सानो खाँद।
17212 कुलो ना. खेतबारीमा पानी पटाउन नदी, तलाउ आदिबाट खनेर ल्याइने पानीको सोतो; त्यसरी ल्याइएको पानी हिँड्ने गहिरो बाटो।
17213 कुलकुली ना. मनको तुलबुली।
17214 कुलकुली ना. (उदा.- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्ली लागेकै छ)।
17215 कुल्चनु स. क्रि. १. कुनै वस्तुमाथि गोडाले टेक्न पैच्तु।
17216 कुल्चनु स. क्रि. २. सजिलैसँग जित्नु, किच्नु।
17217 कुल्चाइ ना. कुल्चने काम वा प्रक्रिया।
17218 कुल्चाइनु क.क्रि. गोडाले टेकाइनु, कुल्चन लाइनु।
17219 कुल्चाउनु प्रे. क्रि. कुल्चन लाउनु, पैतालाले थिचाउनु।
17220 कुल्चिनु क.क्रि. १. गोडाले टेकिनु, कुल्चने काम गरिनु।
17221 कुल्चिनु क.क्रि. अ.क्रि. २. कुल्चने काम हुनु।
17222 कुल्चिनु क.क्रि. स. क्रि. ३. कुल्चनु, गोडाले थिच्नु।
17223 कुल्चीमिची क्रि.वि. बेसरी कुल्चने वा खुदने किसिमले।
17224 कुल्च्याइ ना. कुल्चिने काम वा प्रक्रिया।
17225 कुल्फी ना. १. चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो।
17226 कुल्फी ना. २. हुक्काका नलीको टुप्पामा जडिने धातुको बागो नली वा ढुङ्ग्रो।
17227 कुल्फी ना. ३. कुनै चिजमा घुम्न वा त्यसलाई घुमाउन कसिने धातुको टुक्रो।
17228 कुल्फी ना. ४. दुध हालेर बरफ जस्तै जमाइने टिनको गोलो, लाम्चिलो भाँडो वा ढुङ्ग्रो।
17229 कुल्फी ना. ५. मलाई बरफ।
17230 कुल्या ना. १. कुलो, नहर।
17231 कुल्या ना. २. नाला, सानो नदी।
17232 कुल्यान वि. कुलको कुलमा चलेको; कुल वा परम्परासम्बन्धी।
17233 कुल्याहा वि. १. कुललाई पिर्ने, कुललाई बिगार गर्ने।
17234 कुल्याहा वि. २. विद्रोही, षड्यन्त्रकारी।
17235 कुल्ल क्रि.वि. पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा एकै झमटमा आवाज आउने किसिमले।
17236 कुल्ला ना. मुख सफा पार्न मुखमा पानी लिएर कुलकुल थुक्ने काम।
17237 कुल्ली ना. खास गरी कारखाना, स्टेसन आदिमा भारी बोकेर जीविका चलाउने ज्यामी, भरिया; मजदुर।
17238 कुवा ना. हातले पानी उभाउन सकिने वा भेटिने, मानिसले बनाएको सानो जलाशय; कुवा।
17239 कुवाको ब्याङ वि. केही नदेख्ने वा थाहा नपाउने, अँध्यारोमा बसेको; बुद्ध।
17240 कुवाच्य ना. १. अरूको मनमा बिभने वचन, दुर्वचन, दुर्वाच्य।
17241 कुवाच्य ना. २. हेलाको बोली, गाली।
17242 कुवापाते ना. लाम्चिला पात तथा बाहिर सेतो र भित्र हरियो हुने, गाईवस्तुलाई खुवाइने एक प्रकारको बुटो।
17243 कुविचार ना. खराब विचार, नराम्रो भावना।
17244 कुविचार ना. (उदा.- कुविचारमा लाग्ने मानिस उँभो लाग्न गाह्रो हुन्छ। )।
17245 कुवेर ना. हे. कुबेर।
17246 कुव्यवहार ना. कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार।
17247 कुव्यवहार ना. (उदा.- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ)।
17248 कुश ना. १. धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको भार वा घाँस।
17249 कुश ना. २. दुवैपट्टि धारमा मसिना दाँतजस्ता काँढा भएको धेरै प्राचीन कालको एक हतियार।
17250 कुश ना. ३. रामका जेठा छोराको नाम।