Dictionary

All Word

17301 क्वारक्वार क्रि.वि. एकटकले हेर्ने, चाँचाँडो कोर्ने वा साह्रो खानेकुरा चपाउँदा आवाज आउने गरी।
17302 क्वारक्वारी / क्वारक्वार्ती क्रि.वि. तिनै काम अझ छिटो गर्ने किसिमले।
17303 क्वार्र क्रि.वि. १. धर्को तानेर कोर्ने वा कुनै तिखो वस्तुद्वारा आफैँ कोरिने किसिमले।
17304 क्वार्र क्रि.वि. २. किराफट्याङ्ग्रा आदि कराउँदा आवाज आउने किसिमसँग।
17305 क्वालक्वाल क्रि.वि. लगातार पेट कराउने वा पानी बग्ने किसिमले।
17306 क्वालक्वाली/क्वालक्वाल्ती क्रि.वि. एकनासले पेट कराउने वा पानी बग्ने गरी।
17307 क्वाल्ल क्रि.वि. एकै बाजि ठुलो स्वरले पेट कराउने वा पानी बग्ने किसिमसँग।
17308 क्विज ना. सामान्यज्ञानको जाँच, बुद्धि जाँच्नका निम्ति प्रश्नहरू सोधिने प्रतियोगिता; हाजिरजवाफ।
17309 क्विन्टल ना. सय किलोग्रामको तौल (पुरानो हिसाबअनुसार दुई मन साढे सत्ताइस सेर)।
17310 क्ष देवनागरी वर्णमालामा र पञ्चाशत वर्णमातृकामा स्वतन्त्र अस्तित्व पनि मानिएको, कण्ठ र मूर्द्धास्थानबाट उच्चारण हुने 'क' र 'ष' को संयुक्त रूप वा सो रूपको संयुक्त व्यञ्जनवर्ण (संयुक्ताक्षर ); लेख्य रूपमा सो संयुक्त व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
17311 क्ष-किरण ना. शरीर वा कुनै ठोस वस्तुका भित्री भागको चित्र उतारिने विकिरण प्रविधिका प्रमुख विकिरण वा विद्युत्धाराको अदृश्य किरण; एक्सरे।
17312 क्षण ना. १. समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन।
17313 क्षण ना. २. एक मुहूर्तको बाह्र भागको एक भाग ( चारपाँच सेकेन्ड वा पला)।
17314 क्षण ना. ३. आँखा झिम्काउन्जेलको समय; निमेष।
17315 क्षण ना. ४. खाली समय; अवसर; मौका।
17316 क्षणभङ्गुर वि. १. छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने; अनित्य; अस्थिर।
17317 क्षणभङ्गुर वि. २. क्षणसम्बन्धी; क्षणको; अस्थायी।
17318 क्षणिक वि. १. एकै छिन मात्र रहने वा हुने; क्षणभङ्गुर; अनित्य; अस्थिर।
17319 क्षणिक वि. २. क्षणसम्बन्धी; क्षणको।
17320 क्षणिकता ना. क्षणिक हुनाको भाव वा अवस्था।
17321 क्षणिका ना. बादलमा चम्किने बिजुली; विद्युत्।
17322 क्षणी वि. क्षणभर मात्र रहने वा हुने; केही छिनको; क्षणिक।
17323 क्षत वि. १. क्षति वा हानि भएको; चोट लागेको; घाइते।
17324 क्षत वि. २. कुनै भाग टुटेको; खण्डित (वस्तु)। ना
17325 क्षत वि. ३. घाउ; चोट; जखम।
17326 क्षतज वि. १. घाउबाट निस्कने (क्षतज ज्वर )। ना.
17327 क्षतज वि. २. रगत वा पिप।
17328 क्षतयोनि वि. पुरुषसित मिसिइसकेकी; योनिक्षत भएकी; कौमार्य नष्ट भएकी।
17329 क्षतविक्षत वि. कहीँ अलिकति र कहीँ बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल; रक्ताम्मे।
17330 क्षता वि. योनि क्षत भएकी; कौमार्य खण्डित भएकी (कन्या)।
17331 क्षति ना. १. कुनै काम, वस्तु, समय आदिमा हुन गएको हानि वा नोक्सानी; खति; घाटा; नाश।
17332 क्षति ना. २. आघात वा चोट लाग्नाले भएको घाउ; चोटपटक।
17333 क्षतिग्रस्त वि. बिग्रेको, भत्केको, नासिएको वा खति भएको। (उदा.- प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गर्दै हुनुहुन्छ।)
17334 क्षतिपूर्ति ना. १. कसैको केही हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम।
17335 क्षतिपूर्ति ना. २. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल।
17336 क्षत्र ना. १. राज्य; राष्ट्र।
17337 क्षत्र ना. २. क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति।
17338 क्षत्र ना. ३. शरीर।
17339 क्षत्रकर्म ना. क्षत्रियले गर्नुपर्ने युद्धबाट विमुख नहुनु, शत्रुलाई हटाउनु, दान दिनु आदि काम।
17340 क्षत्रधर्म ना. १. क्षत्रियले गर्नुपर्ने अध्ययन, दान, प्रजापालन, यज्ञ आदि काम वा धर्म।
17341 क्षत्रधर्म ना. २. शौर्य; बहादुरी।
17342 क्षत्रपति ना. कुनै क्षत्र वा राज्यका स्वामी; राजा।
17343 क्षत्रिय ना. हिन्दूहरूका चार जातमध्ये एक जात वा चार वर्णमध्ये दोस्रो वर्ण।
17344 क्षत्रिय देवता ना. इन्द्र, यम र वरुण।
17345 क्षत्री ना. १. क्षत्रिय; छेत्री।
17346 क्षन्तव्य वि. क्षमा गर्न योग्य; क्षम्य।
17347 क्षपणक ना. १. प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु।
17348 क्षपणक ना. २. विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक। वि.
17349 क्षपणक ना. ३. लाज नमान्ने; निर्लज्ज।
17350 क्षम वि. १. काम गर्ने क्षमता वा योग्यता भएको; समर्थ; योग्य।