Dictionary

All Word

17401 कूपमण्डूक ना. १. कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति; कुवाको ब्याड।
17402 कूपमण्डूक ना. वि. २. सीमित वा थोरै ज्ञान भएको।
17403 कूपयन्त्र ना. इनारबाट पानी झिक्ने यन्त्र, अरघट्टघटी।
17404 कूर्च ना. १. मयूरको प्वाँख वा पुच्छर।
17405 कूर्च ना. २. शिखा।
17406 कूर्च ना. ३. मुठो, मुठी ४. दुई आँखीभुइँका बिचको ठाउँ।
17407 कूर्च ना. ५. यज्ञका ससाना पात्रहरू राख्ने ठुलो भाँडो।
17408 कूपमर्कट ना. १. कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर।
17409 कूपमर्कट ना. २. कुचोजस्तो पुच्छर हुने सानो जातको वानर।
17410 कूप मर्कटानुगण ना. कूर्चमर्कट जस्तै एक प्रकारको सानो जातको वानर।
17411 कूर्म ना. कछुवा, विष्णुले कछुवा अवतार लिएको मानिने एक रूप।
17412 कूर्मपुराण ना. अठार पुराणमध्ये विष्णुले कछुवाको अवतार लिएको कथा र माहात्म्य वर्णन भएको एक पुराण।
17413 कूर्माञ्चली वि. अघिको एक राज्य कूर्माञ्चलको; कूर्माञ्चलसम्बन्धी।
17414 कूल ना. दी वा पोखरीको किनार, तट, तीर।
17415 कूलध्वनि ना. सजातीय एवं निकटतम ध्वनिहरूको समूह।
17416 कूवा ना. हे. कुवा।
17417 कृच्छ्र वि. १. दुःखदायक; कष्टदायक; मुस्किल।
17418 कृच्छ्र वि. २. पञ्चगव्य खाई अर्को दिन उपवास बस्ने प्रायश्चित्तका निम्तिको व्र।
17419 कृत् ना. १. धातुबाट नाम, विशेषण, अव्यय शब्दहरू बन्दा मूल धातुमा गाँसिने व्युत्पादक प्रत्यय ( बन् + आइ, चल्+उवा, हाँस्+एर इ.); २. वस्तुवाचक शब्दको पछिल्तिर रही 'बनाउने ' अर्थ बुझाउने विशेषणवाची शब्द ( शास्त्रकृत, भाष्यकृत् इ.)।
17420 कृत् वि. १. गरिएको; बनाइएको वा रचिएको (कुनै कार्य वा कृति); रचित; सम्पादित (उदा.- भानुभक्तकृत रामायणको नेपालमा ठुलो महिमा छ। )।
17421 कृत् वि. २. गरिसकिएको; पूरा भएको।
17422 कृत् वि. ना. ३. चार युगमध्ये पहिलो युग; सत्ययुग।
17423 कृतक वि. बनाइएको; बनावटी; नकली।
17424 कृतक पुत्र ना. बनाइएको छोरो ; धर्मपुत्र।
17425 कृतकार्य वि. कार्य पूरा भएको वा सिद्ध गरेको; मनोरथ पूर्ण भएको कृतार्थ, कृतकृत्य।
17426 कृतकृत्य वि. गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको, कृतकार्य, सफल; धन्य।
17427 कृतकृत्य वि. (उदा.- तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु)।
17428 कृतघ्न वि. १. गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी।
17429 कृतघ्न वि. २. आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने।
17430 कृतघ्न वि. (उदा.- त्यो मानिसलाई मैले भाइ जस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ !)।
17431 कृतघ्नता ना. कृतघ्न हुनाको भाव वा अवस्था; बैगुनीपन।
17432 कृतज्ञ वि. गरेको उपकार देख्ने वा मान्ने गुन मान्ने।
17433 कृतज्ञ वि. (उदा.- आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो)।
17434 कृतज्ञता ना. कृतज्ञ हुनाको काम, भाव वा अवस्था।
17435 कृतज्ञता ज्ञापन ना. कुनै उपकारपूर्ण कार्यका निम्ति कसैको गुन मानेर त्यो कुरो जनाउने वा बताउने काम; आभारको हार्दिक अभिव्यक्ति।
17436 कृतज्ञता ज्ञापन ना. (उदा.- प्रस्तुत ग्रन्थमा विद्वान्हरूबाट पाएको सहयोगका निम्ति म उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु)।
17437 कृतपूर्व वि. १. आफूप्रति कर्तव्य पालना गरिसकेको।
17438 कृतपूर्व वि. २. गर्नुपर्ने काम पहिल्यै गरिसकिएको; पहिले बनाइएको।
17439 कृतप्रतिज्ञ वि. कुनै कुराका निम्ति प्रतिज्ञा वा अठोट गरिसकेको; गर्ने वा नगर्ने कबुल गरिसकेको।
17440 कृतयुग ना. चार युगमध्ये पहिलो युग, सत्ययुग।
17441 कृतविद्या वि. राम्ररी विद्या प्राप्त गरेको, कुनै विद्याको पूर्ण विद्वान्।
17442 कृतवीर्य वि. १. बलवान् बलियो, वीर्यसम्पन्न।
17443 कृतवीर्य वि. ना. २. सहस्रार्जुनका बाबुको नाम।
17444 कृतसङ्कल्प वि. कुनै कार्यका निम्ति निश्चय वा अठोट गरिसकेको; सङ्कल्प गरिसकेको; गर्ने खोजेको वा पक्का गर्ने भएको।
17445 कृतहस्त ना. हातले काम गर्नमा सिपालु, सिद्धहस्त; कुशल।
17446 कृतार्थ वि. १. काम सिद्ध हुनाले खुसी र सन्तोष भएको मनोरथ पूर्ण भएको।
17447 कृतार्थ वि. २. गर्नुपर्ने काम सिद्ध्याइसकेको; उद्देश्य पूरा गरिसकेको।
17448 कृतार्थ वि. ३. कृतकृत्य।
17449 कृति ना. १. गरिएको कुनै असल वा ठुलो काम पूरा गरेको कार्य।
17450 कृति ना. २. कुनै पुस्तक, चित्र आदिको रचना।