Dictionary

All Word

17501 कृपावाद ना. योग्यता नहेरी आफ्नो चाकरी गर्नेलाई कृपा गर्ने अनुचित सिद्धान्त वा प्रवृत्ति।
17502 कृमि ना. १. पेटभित्र पर्ने जुका आदि किरा।
17503 कृमि ना. २. ससाना किरा; कीट।
17504 कृमिकोश ना. १. रेसमका किराको गुँड रेसमको कोयो।
17505 कृमिकोश ना. २. पुतलीहरू बन्ने किराका लार्भा।
17506 कृमिरोग ना. आमाशय र पक्वाशयमा पर्ने जुका आदिको रोग।
17507 कृमिविज्ञान ना. किराहरूको उत्पत्ति, विनाश, गुण, दोष आदिको विचार गरिने विद्या, कीटविज्ञान।
17508 कृमिशैल ना. धमिराको गोलो।
17509 कृश वि. १. दुब्लो पातलो झिनो ख्याउटे।
17510 कृश वि. २. कमजोर; निर्धो।
17511 कृशता ना. कृश हुनाको भाव वा अवस्था; दुब्लोपन, निर्धोपन।
17512 कृशकाय वि. दुब्लो शरीर भएको; क्षीण शरीर भएको।
17513 कृशाङ्गी वि. तन्वड्गी, पातलो र चिटिक्क परेको शरीर भएकी दुब्लो शरीर भएकी तन्वङ्गी (स्त्री)।
17514 कृश कृशोदरी वि. पातलो र झिनो कमर भएकी (स्त्री)।
17515 कृषक ना. किसान खेतीवाल।
17516 कृषक अगुवा ना. कृषि विभागले कृषिसम्बन्धी तालिम दिएर वैज्ञानिक तथा उन्नत रूपमा खेती गर्न कुशल बनाइएका किसान वा तिनको नाइके।
17517 कृषाण ना. १. कृषक, किसान खेतीवाल।
17518 कृषाण ना. २. हलो जोत्ने व्यक्ति हली।
17519 कृषि ना. खनजोत गर्नुपर्ने तथा बालीनाली लगाउनुपर्ने र 'तत्सम्बन्धी सबै काम; खेती किसानी।
17520 कृषि अर्थशास्त्र ना. कृषिद्वारा राज्यको अर्थशक्ति बढाउन गर्नुपर्ने काम तथा कृषिव्यवसायलाई उन्नत र उपलब्धिमूलक तुल्याउन आवश्यक सिप वा दक्षताको विकास गर्न सघाउ पु-याउने शास्त्र।
17521 कृषि अर्थशास्त्री ना. कृषिअर्थशास्त्रका ज्ञाता वा विशिष्ट विद्वान्।
17522 कृषि ऋण ना. खेतीपातीको काममा खर्च गर्न तथा गोरु, भैंसी, बङ्गुर, कुखुरा, फलफूल आदिको व्यवसाय गर्न किसानहरूलाई सरल ब्याजमा दिइने ऋण, कृषिकार्यका निम्ति सहयोगस्वरूप दिइने कर्जा।
17523 कृषि उपज ना. खेतीकिसानीबाट उत्पादन हुने अन्नपात, पशुपक्षी, दुधघिउ, फलफूल आदि वस्तु।
17524 कृषि उत्पादन ना. १. कृषिव्यवसायद्वारा उत्पन्न हुने खाद्यान्न, फलफूल, सागपात, पशुपक्षी, बस्तुभाउ, दुधघिउ आदि।
17525 कृषि उत्पादन ना. २. बालीनाली, बस्तुभाउ, फलफूल आदि बढाउने, हुर्काउने र फैलाउने काम।
17526 कृषि ऐन ना. कृषिव्यवसायसम्बन्धी कानुन; जग्गाधनी, मोही र सरकारका बिच सम्बन्ध कायम गर्न तथा कृषिउद्योगको विकास गर्नका निम्ति तर्जुमा गरिएको नीति।
17527 कृषिकर्म ना. खेतीपातीको काम, खनजोत गर्ने काम, खेती।
17528 कृषिगृह ना. खेतीपातीको रेखदेखका निम्ति बनेको घर, काम।
17529 कृषिचुन ना. जमिनको अम्लपन हटाई खेतीयोग्य बनाउन तथा उत्पादन वृद्धि गर्नका निम्ति उपयोग गरिने चुन।
17530 कृषिजीवी वि. खेती गरेर निर्वाह गर्ने वा जीविका चलाउने।
17531 कृषिप्रधान वि. खेती नै मुख्य पेसा वा आधार भएको।
17532 कृषिप्रधान वि. (उदा. - नेपाल कृषिप्रधान देश हो।
17533 कृषिमौसम आयोग ना. कृषिका निम्ति उपयुक्त मौसमको विचार गर्ने र आवश्यक तथ्याङ्क, विवरण, माप आदि निकाल्ने काम गर्ने राज्यको अङ्गविशेष।
17534 कृषि यन्त्र ना. इन्जन जोरिएको, खेत जोत्ने, बाली काट्ने, दाउनेजस्ता खेतीसम्बन्धी काम गर्ने मसिन।
17535 कृषि वर्ष ना. १. इ. १९७७ मा संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार अन्तर्राष्ट्रिय स्तरमा मनाइएको कृषिसम्बन्धी अभियान वा पर्वको विशेष वर्ष।
17536 कृषि वर्ष ना. २. नेपालको पुरानो चलनचल्तीअनुसार मोही पजनी, बाली वा रिन लिनेदिने आदि कृषिसम्बन्धी काम वा हरहिसाब गर्दा प्रयोग गरिने, अघिल्लो वर्षको श्रीपञ्चमीदेखि अर्को वर्षको श्रीपञ्चमीभित्रको अवधि।
17537 कृषि विकास बैङ्क ना. कृषि - विकासका निम्ति आवश्यक सरसहयोग जुटाउन, तत्सम्बन्धी आधार तथा उद्योग स्थापित गर्न र भएका आधार तथा उद्योगको सुदृढीकरण गर्न सहायता गर्ने ब्याङ्क।
17538 कृषिविज्ञान ना. कृषिसम्बन्धी विषयमा वैज्ञानिक रूपले विचार गरिएको अनुसन्धान तथा अनुभवपूर्ण ज्ञान वा त्यसै विषयको ग्रन्।
17539 कृषि विभाग ना. कृषिसम्बन्धी कार्यव्यवस्था तथा नीतिनियमको सञ्चालन गर्ने र आवश्यक सरसाधनको प्रबन्ध मिलाई तत्सम्बन्धी कार्यको अवलोकनसमेत गर्ने केन्द्रीय अड्डा।
17540 कृषि व्यवसाय ना. खेतीपातीसम्बन्धी उद्योगधन्दा वा पेसा।
17541 कृषि समिति ना. खेतीपातीको उद्योगधन्दा वा पेसालाई वैज्ञानिकीकरण गर्ने र सुधार ल्याउने कामका निम्ति सरकारी-गैरसरकारी प्रतिनिधिहरू सामेल गरी बनाइने संस्था वा सङ्गठन।
17542 कृषि साधन ना. खेतीपातीका निम्ति आवश्यक पर्ने हलो - कोदालो, मल - बिउ आदि सामग्री र सिँचाइकुलो आदि साधन।
17543 कृष्ट वि. १. खनजोत गरिएको।
17544 कृष्ट वि. २. तानिएको; घिच्याइएको।
17545 कृषिभूमि ना. खनजोत गरिएको तथा बालीनाली रोपिएको जमिन।
17546 कृष्टि ना. १ खन्नेजोत्ने काम।
17547 कृष्टि ना. २. तान्ने काम वा अवस्था।
17548 कृष्टि ना. ३. विद्वान् व्यक्ति।
17549 कृष्ण ना. १. विष्णुका दश अवतारमध्ये आठौं अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापरयुगका प्रसिद्ध महापुरुष वा नेता।
17550 कृष्ण ना. २. व्यास र अर्जुनको उपनाम।