Dictionary

All Word

17601 खज्याङमज्याङ क्रि. यो. कुनै चिज वा कुरो खजमजिने किसिमले; खजमज हुने गरी।
17602 खज्यौरी ना. थाकलको बोटमा फल्ने, काँचोमा हरिया तथा पाकेपछि काला दाना हुने र खाइने एक फल।
17603 खञ्ज वि. लङ्गडो; खोरन्डो।
17604 खञ्जन ना. हे. बाहुनचरी।
17605 खट्नु अ.क्रि. १. गर्नुपर्ने वा गरिने काममा सकेसम्म लागिपर्नु; धेरै मिहिनेत गर्नु।
17606 खट्नु अ.क्रि. २. जिउको माया नगरी काम गर्नु।
17607 खट ना. १. चाडपर्वमा देवदेवी बोकेर हिँडाइने काठको सिंहासन वा खटिया।
17608 खट ना. २. मुर्दा बोक्ने यान; शवयान।
17609 खट ना. ३. घरमन्दिर बनाउँदा डकर्मी, ज्यामी आदि बसेर काम गर्न बनाइने काठ, बाँस आदिको टाँड।
17610 खटखट क्रि. यो. १. ढोका, काठ आदिमा ठोक्दा वा हिर्काउँदा आवाज आउने किसिमले।
17611 खटखट क्रि. यो. २. घिउतेल छड्कँदा शब्द निस्कने किसिमसँग।
17612 खटखटाइ ना. खटखटाउने क्रिया वा प्रक्रिया।
17613 खटखटाइनु अ.क्रि. १. झ्यालढोका आदिबाट खटखट आवाज निस्कनु।
17614 खटखटाइनु अ.क्रि. २. घिउतेल आदि कट्कनु।
17615 खटखटाउनु स.क्रि. खटखट पार्नु; ढोकामा औँलाले हिर्काउनु।
17616 खटछप्पर ना. पलङ वा खाटमाथि झुल अड्याउन जडिएका ठाडा र तेर्सा काठ, डन्डी आदि।
17617 खटन ना. १. कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम।
17618 खटन ना. २. कसैलाई काममा पठाइने निधो; नियुक्ति।
17619 खटन ना. ३. अह्रोट; आज्ञा।
17620 खटन खानु टु. अर्काले अड्कलेर दिएको खाइलाइ गरेर बस्नु।
17621 खटनपटन ना. कुनै काममा गरिने नियुक्ति वा त्यसका निम्ति लगाइपगाइ गर्ने काम; अह्राउपह्रार।
17622 खटनपुर्जी ना. खटाइएको बेहोरा जनाइएको कागत वा चिठी; आदेशपत्र; नियुक्तिपत्र।
17623 खटनिया वि. नियुक्ति गरेर पठाउने; खटन गर्ने।
17624 खटनी ना. खटेर गरिने काम; परिश्रम; मेहनत।
17625 खटपट ना. १. परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो।
17626 खटपट ना. २. मनोमालिन्य; वैमनस्य।
17627 खटपटी ना. १. खटपट हुने काम।
17628 खटपटी ना. २. चटपटी; छटपटी।
17629 खटपटे वि. खटपट गर्ने बानी भएको; बेमेलको; असजिलो।
17630 खटप्वाल ना. खट बाँध्ने आदि कामका निम्ति घरको गारोमा राखिएको वा बनाइएको प्वाल।
17631 खटाइ ना. खट्ने भाव, क्रिया वा प्रक्रिया।
17632 खटाइ ना. खटाउने भाव, क्रिया वा प्रक्रिया।
17633 खटाइनु क.क्रि. खटाउने काम गरिनु; अह्राइनु।
17634 खटाउनु स.क्रि. १. कसैलाई कुनै काम गर्न आज्ञा दिनु; अह्राउनु।
17635 खटाउनु स.क्रि. २. कुनै काम गर्नका निम्ति कतै पठाउनु।
17636 खटाउनु स.क्रि. ३. अड्कलेर दिनु वा झिक्नु।
17637 खटाखट क्रि.वि. जाँगर चलाएर वा फुर्तीसाथ काम गर्ने चाल; खराखर; सटासट।
17638 खटिनु अ.क्रि. खट्ने काम गरिनु।
17639 खटिया ना. १. पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल।
17640 खटिया ना. २. सानो खाट।
17641 खटिरा ना. हे. खटिरो।
17642 खटिरापटिरा ना. सानातिना धेरै घाउखटिरा।
17643 खटिरे वि. खटिरा भएको; खटिरा भइरहने।
17644 खटिरो ना. शरीरमा कुनै किसिमको विकार पैदा भएमा निस्कने फोको।
17645 खटुवा वि. खटाएको काम गर्ने; अहोट पूरा गर्ने; काममा अग्घोर खट्न सक्ने।
17646 खटौली म्याना, खट।
17647 खट्कनु अ.क्रि. १. नमिलेको अनुभव हुनु; शङ्का लाग्नु; खट्को लाग्नु।
17648 खट्कनु अ.क्रि. २. बिर्सेजस्तो लाग्नु।
17649 खट्कनु अ.क्रि. ३. थामिनु; रोकिनु।
17650 खट्काइ ना. खट्कने काम वा किसिम।