Dictionary

All Word

17701 खड्ग ना. २. गैँडाको नाकमाथि उठेको सिङजस्तो भाग; खाग।
17702 खड्गनिसाना ना. राणा शासनकालमा प्रचलित खड्गको चिह्नसहितको श्री ३ को छाप - दस्खत।
17703 खड्गाष्टक ना. हे. खड्गास्टक।
17704 खड्गास्टक ना. १. ठुलो झगडा।
17705 खड्गास्टक ना. २. विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौँ र आठौँमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।
17706 खड्गी ना. १. गैँडा।
17707 खड्गी ना. २. नेवारको एक जात। वि.
17708 खड्गी ना. ३. हातमा खड्ग लिने।
17709 खड्गेली ना. ढोका सामुन्ने छेवैको टेक्ने जमिन; खँड्गेली; अलिन्द; खड्केली।
17710 खड्गो ना. ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीमा मारकेश स्थान अर्थात् लग्नदेखि दोस्रो र सातौँ स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलाई ठुलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पुऱ्याउँछ भनी मानिने योग।
17711 खड्याङखुडुङ ना. १. सानोतिनो झगडा; ठाकठुक।
17712 खड्याङखुडुङ ना. २. अग्लो होचो भएर वा इँटढुङ्गाका टुक्राटाक्री छरिएर हिँड्न असजिलो हुने खालको जमिन; खाल्टाखुल्टी। वि.
17713 खड्याङखुडुङ ना. ३. खाल्टाखुल्टी परेको; होचोअग्लो भएको।
17714 खण्ड ना. १. कुनै सिङ्गो वस्तुको भाग, टुक्रा, अंश इ.।
17715 खण्ड ना. २. कुनै वस्तुका तह वा खानामध्ये कुनै एउटा तह वा खाना।
17716 खण्ड ना. ३. कुनै भवन आदिका धेरै तलामध्ये कुनै एक तला।
17717 खण्ड ना. ४. कुनै वस्तु वा कुराका विभिन्न अवस्थामध्ये कुनै एक अवस्था; कारण।
17718 खण्ड ना. ५. अकस्मात् परिआउने कुरा; संयोग।
17719 खण्डक वि. १. अर्काको मत वा कुराको खण्डन गर्ने।
17720 खण्डक वि. २. काट्ने; टुक्र्याउने।
17721 खण्डकथा ना. एउटै घटनाको, एउटै विषयको काव्यका कुनै एक अंशको वर्णन हुने एक काव्यविधा; खण्डकाव्य; सङ्घात।
17722 खण्डकाव्य ना. कुनै एक विषयको वर्णन भएको सर्ग भएको वा नभएको प्रबन्धात्मक लघुकाव्य।
17723 खण्डखाद्दे ना. हे. खण्डखाद्य।
17724 खण्डखाद्य ना. १. हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा; अडकाउ; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर।
17725 खण्डखाद्य ना. २. ना. वि. सं. १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्थ।
17726 खण्डखातिर ना. अकस्मात् परिआउने कुरा; संयोग; खण्डखाद्य।
17727 खण्डन ना. १. अर्काको मत, सिद्धान्त वा कुरा काट्ने काम; कुनै बुँदाका विरुद्धमा गरिने आलोचना; प्रतिवाद।
17728 खण्डन ना. २. टुक्र्याउने काम; काट्ने काम।
17729 खण्डनमण्डन ना. कुनै मत, सिद्धान्त आदिको प्रतिवाद तथा समर्थन; तर्क दिएर कुरो काट्ने वा सकार्ने काम; खण्डन र मण्डन।
17730 खण्डन्यायाधिकरण ना. दुई जना न्यायाधीशको इजलास; सिङ्गल बेन्चभन्दा माथिल्लो तहको र फुल बेन्चभन्दा तल्लो तहको दुई न्यायाधीश बस्ने इजलास।
17731 खण्डपाल ना. १. सखर, चिनी, मिसीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति।
17732 खण्डपाल ना. २. हलुवाई।
17733 खण्डपाल ना. ३. छोटी अड्डाको काम गर्ने व्यक्ति।
17734 खण्डप्रलय ना. महाप्रलयभन्दा सानो प्रलय।
17735 खण्डवर्षा ना. हे. खण्डवृष्टि।
17736 खण्डवाल वि. खण्ड भएको; एकभन्दा धेरै तह वा भाग भएको; खण्डे।
17737 खण्डवृष्टि ना. एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा।
17738 खण्डहर ना. बिग्रीभत्की केही अवशेष मात्र बचेका प्राचीन स्मारकको समूह; भग्नावशिष्ट प्राचीन भवन; भग्नावशेष।
17739 खण्डाकार ना. संस्कृत व्याकरणका प्रक्रियाअनुसार अकारको सन्धि भएका ठाउँमा लेखिने डकारको चिह्न; लुप्त अकार (S)।
17740 खण्डाश्मा ना. मिसिनद्वारा वा घन आदिका सहायताले साह्रो पत्थर फोरेर बनाइएको मसिनो टुक्रा; रोडा।
17741 खण्डाश्मित वि. १. सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको।
17742 खण्डाश्मित वि. २. रोडा छापिएको; ग्राभेलिङ गरिएको।
17743 खण्डिता ना. १. शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद।
17744 खण्डिता ना. २. परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका।
17745 खण्डी ना. हे. खन्डी।
17746 खण्डीय वि. खण्ड हुने; खण्ड गर्न सकिने।
17747 खण्डीय वर्ण ना. स्वतन्त्र रूपमा रहेका वा छुट्टै उच्चारण गर्न सकिने वर्ण (स्वर वा व्यञ्जन)।
17748 खण्डे वि. हे. खन्डे।
17749 खण्डेतर वि. खण्डबाहेकको; अर्को खण्डको।
17750 खण्डेतर वर्ण ना. खण्डीय वर्णसँग मिलेर बसेका स्वतन्त्र रूपमा छुट्टै उच्चारण हुन नसक्ने वर्ण। (स्वरका दीर्घता, उदात्तता, लय, ताल आदि खण्डेतर वर्णतत्त्व हुन्)।