Dictionary

All Word

17851 खन्तरे वि. सहोदर भाइमा जन्मका क्रमले सातौँ; जन्तरेपछिको।
17852 खन्ती ना. जमिनमा प्वाल पार्ने वा गहिरो खाल्टो खन्ने डन्डीजस्तो फलामको चुच्चे हतियार; एक किसिमको गल।
17853 खन्ती खलास वि. सबै कुरा सिद्धिइसकेको; केही नभएको; टाट पल्टेको।
17854 खन्याइ ना. खन्याउने भाव, क्रिया वा प्रक्रिया।
17855 खन्याइनु स.क्रि. बेसरी पोखिनु; खत्त्याइनु।
17856 खन्याउनु स.क्रि. १. बेसरी पोख्नु; खत्त्याउनु।
17857 खन्याउनु स.क्रि. २. रित्त्याउनु; खाली पार्नु।
17858 खन्यू ना. हे. खनिउँ।
17859 खप्नु अ.क्रि. १. कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु।
17860 खप्नु अ.क्रि. २. फारो हुनु। स.क्रि.
17861 खप्नु अ.क्रि. ३. दुःखकष्ट, आपद्विपद् आदि सहनु; बेहोर्नु।
17862 खपखप क्रि.वि. बिचमा, नरोकिईकन छिटछिटो खाने वा निल्ने गरी; कपकप; खुपुखुपु।
17863 खपखपी/खपखपती क्रि.वि. अझ छिटो खपखप खाने वा निल्ने किसिमले।
17864 खपटिनु अ.क्रि. खपटाजस्तो पातलो भएर सुक्तै जानु; दुब्लाउनु; दुब्लोपातलो हुनु।
17865 खपटे वि. १. खपटा जस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे।
17866 खपटे वि. २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी।
17867 खपटो ना. १. माटाको भाँडो फुटेको टुक्रो; खप्टो।
17868 खपटो ना. २. बाँस आदिको पातजस्तो बोक्रो।
17869 खपटो ना. ३. पक्षीका फुलको बोक्रो।
17870 खपटो ना. ४. नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा।
17871 खपट्याइ ना. खपटिने क्रिया वा प्रक्रिया।
17872 खपट्याइनु क.क्रि. खपटाजस्तो बनाइनु; खपटिन लाइनु।
17873 खपट्याउनु प्रे.क्रि. खपटाजस्तो बनाउनु; खपटिने पार्नु।
17874 खपडा ना. १. माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
17875 खपडा ना. २. बाँसका आँख्लाको खपटो।
17876 खपत ना. १. बिक्रीका निम्ति बजारमा आएका मालताल पूरै रूपमा बिक्ने काम; सबै मालको बिक्री।
17877 खपत ना. २. कुनै वस्तु नबची पूर्ण रूपमा हुने खर्च; व्यय; उपभोग।
17878 खपरा ना. हे. खपडा।
17879 खपरु ना. १. जोगी, सन्न्यासी आदिले घर घरमा गएर भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
17880 खपरु ना. २. नरिवल आदिको खप्पर।
17881 खपऱ्याङ ना. १. बाँसको सुकेपछि आफैं फुक्लिएर झर्ने खबटा।
17882 खपऱ्याङ ना. २. तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; झिँगटी।
17883 खपाइ १ ना. १. खाप्ने किसिम, क्रिया वा भाव।
17884 खपाइ २ ना. खप्ने भाव, क्रिया वा प्रक्रिया; टिकाइ।
17885 खपाइनु क.क्रि. धेरै समयसम्म पुऱ्याइनु; टिकाइनु।
17886 खपाउ वि. धेरै समयसम्म खप्ने वा टिक्ने; टिकाउ।
17887 खपाउनु प्रे.क्रि. १. धेरै समयसम्म पुऱ्याउनु; टिकाउनु। स.क्रि.
17888 खपाउनु प्रे.क्रि. २. बिक्री गर्नु; समाप्त पार्नु।
17889 खपाखप क्रि.वि. धमाधम खाने किसिमले; कपाकप।
17890 खपिनु अ.क्रि. दिगो होइनु; टिकिनु।
17891 खपिस वि. १. कुनै कामकुरामा सिपालु; कार्यकुशल; अनुभवी; दक्ष; पोख्त; खपिस।
17892 खपिस वि. २. खग्गड; खग्गु।
17893 खपिसी/खपिस्याइँ ना. खपिस हुनाको चाल; पोख्त हुने ढाँचा; चतुऱ्याइँ।
17894 खपुवा वि. धेरै समयसम्म रहिरहने; निकै दिनसम्म टिक्ने; खप्ने; टिकाउ।
17895 खपैँचो ना. माटाका भाँडा फुटेका खबटा।
17896 खप्कनु स.क्रि. कुनै भाँडाले अन्न आदि खाँदेर भर्नु; खम्कनु।
17897 खप्काइ ना. खप्कने काम वा प्रक्रिया।
17898 खप्काइनु क.क्रि. खाँदेर भर्न लाइनु; खम्काइनु।
17899 खप्काउनु प्रे.क्रि. खाँदेर भर्न लाउनु; खम्काउनु।
17900 खप्किनु क.क्रि. अटाएसम्म उभाइनु; खाँदेर भरिनु।