Dictionary

All Word

17951 खबरदार ना. कुनै सम्भावित खतराप्रति सजग गराउँदा र नराम्रो बाटामा हिँड्न लागेको वा नराम्रो काम गर्न लागेको व्यक्तिलाई चेतावनी दिँदा भनिने शब्द; सावधान; होसियार।
17952 खबरदारी ना. खबरदार गराउने काम; सचेत गराउने काम; सावधानी।
17953 खबरपाटी ना. सम्बन्धित सबैको जानकारीका लागि सूचना, समाचार आदि टाँसिने पाटी; सूचनापाटी।
17954 खमण्डल ना. आकाशको गोल परिधिभित्र हुने सूर्य, चन्द्र, तारा आदि ग्रहनक्षत्रहरूको समूह; आकाशमण्डल; व्योममण्डल।
17955 खमरन्डा/खमरन्दा ना. काठ ताछेर चिल्लो पार्ने काममा प्रयोग गरिने एक प्रकारको सानो रन्डा।
17956 खमाइ ना. खाम्ने क्रिया वा प्रक्रिया।
17957 खमारी १ ना. हात्ती बाँधिने खम्बा; आलानस्तम्भ।
17958 खमारी २ ना. पीपलका जस्ता पात, सेतो बोक्रो, पहेँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल।
17959 खमिर ना. सडाईगलाई अमिल्याएको पिठो, खुदो आदि वस्तु।
17960 खमिरा वि. खमिर हालेको; खमिर भएको।
17961 खम्कनु स.क्रि. कुनै भरिने वस्तु अटाएसम्म उभाउनु; खाँदेर भर्नु; खप्कनु।
17962 खम्काइ ना. खम्कने क्रिया वा प्रक्रिया।
17963 खम्काइनु क.क्रि. खम्कन लाइनु; खप्काइनु।
17964 खम्काउनु प्रे.क्रि. खम्कने गराउनु; खम्कन लाउनु; खप्काउनु।
17965 खम्किनु क.क्रि. खाँदेर भरिनु; खप्किनु।
17966 खम्बा ना. १. घर, सत्तल, पुल आदिको दलिन, तला वा छानो थाम्न वा तिनलाई आड दिन र बिजुलीका तार अड्याउन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम; खम्भा।
17967 खम्बा ना. २. मौलो।
17968 खम्बानी ना. अग्नेली खलकको पहाडवर्गमा पर्ने, पूर्वी नेपालमा बोलिने लिम्बू भाषाका विभिन्न भेदमध्ये एक प्रमुख भेद।
17969 खम्बिर वि. खम्बा जस्तै अडिग; स्थिर; गम्भीर।
17970 खम्बु ना. गुप्त सल्लाह; भित्री मतो।
17971 खम्भा ना. हे. खम्बा।
17972 खम्सनु स.क्रि. १. भालेपोथी जोल्टिनु; स्त्रीप्रसङ्ग गर्नु; मैथुन गर्नु।
17973 खम्सनु स.क्रि. २. खँगारिनु; झर्नु।
17974 खम्सनु स.क्रि. ३. बेपर्वाहसँग अन्न भर्नु वा भरेर दिनु।
17975 खम्साइ ना. खम्सने क्रिया वा प्रक्रिया।
17976 खम्साखम्सी ना. धमाधम खम्सने काम।
17977 खम्सिनु अ.क्रि. १. खँगारिनु; झर्नु।
17978 खम्सिनु अ.क्रि. २. मिसिनु; जोल्टिनु।
17979 खम्स्याइ ना. खम्स्याउने क्रिया वा प्रक्रिया।
17980 खम्स्याइनु स.क्रि. स्त्रीप्रसङ्ग गरिनु; खम्सिनु।
17981 खम्स्याउनु स.क्रि. खम्सनु; स्त्रीप्रसङ्ग गर्नु।
17982 खयर ना. अमलाका जस्ता ससाना पात हुने, मञ्जरीका छाँटका सेता सानासाना फूल फुल्ने, खैरो लामो कोसा र खैरै काठ हुने काँढादार बोट वा त्यसैको काठ पकाएर झिकेको सारवस्तु।
17983 खर १ वि. १. कडा स्वभावको; खरो मिजासको।
17984 खर १ वि. २. रामायणको कथाअनुसार रामद्वारा मारिएको एक राक्षस।
17985 खर १ वि. ३. गधा।
17986 खर २ ना. बाबियोका जस्ता लामा लामा सिन्के पात हुने, घर, गोठ आदि छाउने काममा प्रयोग गरिने एक प्रकारको झार; सालिम्मो (प. ने.)।
17987 खरक ना. हे. खर्क।
17988 खरकट्टी ना. खर पालेको जग्गा; खरघारी।
17989 खरकमल ना. खरबारीमा उम्रने कमलजस्तो एक जातको फूल।
17990 खरकस ना. काठमा खोल झिक्न वा काठ ताछ्नका निम्ति सोझो चिनु लाउन प्रयोग गरिने, बिचमा सानो किलो गाडेको सिकर्मीको ज्याबल।
17991 खरखजाना ना. १. लडाइँमा प्रयोग गरिने गोली, बारुद आदि सरसामान; हातहतियार; खजाना।
17992 खरखजाना ना. २. सुन, चाँदी, रुपियाँपैसा आदि धनसम्पत्ति; नगद रकम।
17993 खरखर १ ना. १. मुसा, खरायो आदिले खोत्रँदा आउने आवाज। क्रि.वि.
17994 खरखर १ ना. २. त्यसरी खोस्रँदा आवाज आउने किसिमले।
17995 खरखर २ क्रि.वि. कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु।
17996 खरखरती क्रि.वि. नरोकीकन; धमाधम; खुरुखुरु।
17997 खरखराइ ना. खरखराउने क्रिया वा प्रक्रिया।
17998 खरखराइनु अ.क्रि. खरखर शब्द निस्किनु।
17999 खरखराउनु अ.क्रि. १. मुसा, बिराला आदिले खोस्रेको वा कोरेको आवाज आउनु; खरखर शब्द निस्कनु।
18000 खरखराउनु अ.क्रि. २. पैसा, अन्न आदि धमाधम झर्नु।