Dictionary

All Word

18001 खरखरी क्रि.वि. हे. खरखरती।
18002 खरखरे ना. टेबुल, दराज आदिमा बाहिर तान्न र भित्र घुसार्न हुने गरी मालसामान राख्न बनाइएको सानो खण्ड; घर्रा।
18003 खरखाँचो ना. आफूलाई चाहिएको कुनै वस्तु आफूसँग नभएको बेला; कुनै कुराको खाँचो परेको अवस्था; हर्जा, खनखाँचो, गाह्रोसाह्रो; असर्दो।
18004 खरखिचोला ना. खिचोला आदि गर्ने काम; विघ्नबाधा।
18005 खरखुवाई ना. कसैको भलो चिताउने काम; शुभेच्छा; मङ्गलकामना।
18006 खरदार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह।
18007 खरदारी ना. खरदारको काम, पद वा अवस्था।
18008 खरब ना. सय अरबको सङ्ख्या; १,००,००,००,००,०००।
18009 खरबुजो ना. फर्सीको जस्तो डल्लो आकारमा हरिया र सेता धर्का हुने काँक्राका जस्ता बियाँ लाग्ने र पाकेपछि गुलियो गुदी हुने, प्रायः बालुवाप्रधान भूमिमा फल्ने एक फल।
18010 खरमासो ना. दैलाको बाहिरपट्टि साँचो लाउनका निम्ति गाडिएको पाङ्ग्रो।
18011 खररा ना. १. खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन।
18012 खररा ना. २. गाई, घोडा आदिको जिउ मल्ने र बुरुसमा लागेका रौँ र धुलोसमेत झार्ने बुरुस जस्तै फलामे साधन।
18013 खराइ ना. खराउने क्रिया वा प्रक्रिया।
18014 खराइनु क.क्रि. खरो पारिनु; सुकाइनु।
18015 खराउ ना. खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पन्जालाई टायर आदिका फित्ताले अड्याउने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता; पादुका; कठपाउ; खडाउ।
18016 खराउनु स.क्रि. १. कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु।
18017 खराउनु स.क्रि. २. खुब तताउनु; ज्यादै सुकाउनु।
18018 खराउ खुट्टे वि. १. पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको। ना.
18019 खराउ खुट्टे वि. २. त्यस्तो खुट्टा वा पैताला भएको मान्छे।
18020 खराखर क्रि.वि. धमाधम; खरखरी; खुरुखुरु।
18021 खराखरी क्रि.वि. सरासरी; नरोकीकन।
18022 खराज/खराद ना. १. काठ, धातु आदिका वस्तु सम्म्याउने वा सफा गर्ने औजारविशेष।
18023 खराज/खराद ना. २. काठ, धातु आदिका वस्तुहरू मेसिनमा चढाई सफा गर्ने वा चिल्लो पार्ने काम।
18024 खराज कल ना. अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिइसकेपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो टल्कने बनाउने कल।
18025 खरानी ना. दाउरा आदि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा क्षार पदार्थ; भस्म; खाक।
18026 खरानी दानी ना. खरानी हाल्ने वा खरानी फ्याँक्ने, झार्ने भाँडो; ठुटोरो (एस्ट्रे)।
18027 खराने वि. १. खरानी रङको; खरानीसम्बन्धी।
18028 खराने वि. २. बेकम्मा; रद्दी। ना.
18029 खराने वि. ३. एक प्रकारको बनैयाँ झार।
18030 खराब वि. १. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठिक।
18031 खराब वि. २. चालचलन बिग्रेको; दुर्जन; दुष्ट।
18032 खराब वि. ३. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर।
18033 खराब वि. ४. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ.)।
18034 खराबी ना. १. खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण; कमी।
18035 खराबी ना. २. हानि; नोक्सानी।
18036 खरायो ना. मुसाका जातको, बिरालोजत्रो, लामा कान हुने र उफ्रिँदै दगुर्ने, शाकाहारी एक जङ्गली प्राणी; चौघडा।
18037 खरिनु अ.क्रि. १. कुनै वस्तु आगो वा घामले खरो हुनु; डढ्लाजस्तो भएर भुटिनु।
18038 खरिनु अ.क्रि. २. आकाङ्क्षा बढ्नु; उत्कण्ठित हुनु।
18039 खरिनु अ.क्रि. ३. रुखिनु; भोक, प्यासले पीडित हुनु।
18040 खरिनु अ.क्रि. ४. धान, गहुँ आदि बाली ज्यादा पाकेर वा सुकेर झर्ने हुनु।
18041 खरिद्नु स.क्रि. अर्काका अधिकारमा रहेको कुनै वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो बनाउनु; खरिद गर्नु; किन्नु; बेसाउनु।
18042 खरिद ना. अर्काको अधिकारमा रहेको कुनै मालसामान मूल्य तिरेर आफ्नो अधिकारमा पार्ने काम; किन्ने काम; बेसाउने काम; किनमेल।
18043 खरिद आदेश ना. सरकारी वा गैरसरकारी कार्यालयहरूमा कुनै मालसामान बजारभाउअनुसार किन्न वा खरिद गर्नका लागि कार्यालय प्रमुखद्वारा दिइने आदेश।
18044 खरिददार वि. मालसामान खरिद गर्ने; किन्ने; ग्राहक; गाहक।
18045 खरिददारी ना. खरिद गर्ने वा किन्नेको काम; खरिददारको काम।
18046 खरिदबिक्री ना. किन्ने र बेच्ने काम; किनबेच; क्रयविक्रय।
18047 खरिदाइ ना. खरिद्ने क्रिया वा प्रक्रिया।
18048 खरिदाइनु क.क्रि. खरिद गर्न लाइनु; किनाइनु।
18049 खरिदाउनु प्रे. क्रि. किन्न लाउनु; खरिद गराउनु।
18050 खरिदार ना. हे. खरदार; खर्दार।