Dictionary

All Word

18151 कोसलेय ना. १. कोसल देशका अधिपति रामचन्द्र।
18152 कोसलेय ना. वि. २. कोसल देशसँग सम्बन्धि।
18153 कोसाकोसी ना. सानाठुला धेरै कोसाको समूह।
18154 कोसियार ना. उखुका गेवरा, चिनियाँ, ढोडे, बेरे जस्तै एक भेद, एक जातको उखु, कोसेर उखु।
18155 कोसिस ना. कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न, चेष्टा, जमर्को प्रयास।
18156 कोसी ना. दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो, सानो आरी।
18157 कोसी ना. पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दुधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेका प्रसिद्ध सात नदी सप्तकोसी।
18158 कोसी अञ्चल ना. नेपालका चौध अञ्चलमध्ये तथा पूर्वाञ्चल विकासक्षेत्रका तीन अञ्चलमध्ये मेची र सगरमाथाका बिचमा रहेको उत्तरतिर चीन र दक्षिणतिर भारतसँग सिमाना जोडिएको एक अञ्चल।
18159 कोसे वि. कोसा भएको वा कोसा निस्कने, कोसाजस्तो (हे. कोसेबाली)।
18160 कोसे वि. कोस भएको, कोसका परिमाणको।
18161 कोसे वि. (चारकोसे झाडी, चारकोसे बाटो इ . )।
18162 कोसे ढुङ्गो ना. १. कोस कोसका फरकमा राखिने ढुङ्गो।
18163 कोसे ढुङ्गो ना. २. सीमानिर्धारण गर्न योग्य घटना, उल्लेखनीय कुरा।
18164 कोसेबाली ना. मास, मस्याङ, सिमी, बोडी, भटमास, केराउ आदि जस्ता कोसा फल्ने बाली।
18165 कोसेर उखु ना. पहेँलो र मोटो डाँठ हुने एक जातको उखु कोसियार।
18166 कोसेली ना. कसैलाई सम्झना र चिनुस्वरूप आफ्ना राजीले दिइने कुनै चिज वा वस्तु सौगात, उपहार, नजराना।
18167 कोसेली पेरुङ्गो ना. पेरुङ्गामा हालेर ल्याइने चलनअनुसारको कोसेली, कोसेली र अरू सामग्री।
18168 कोसो ना. १. बोडी, केराउ, मास, मस्याङ, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल।
18169 कोसो ना. २. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल।
18170 कोहिनुर ना. १. गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्का श्रीपेचमा जडिन पुगेको विश्वको सर्वश्रेष्ठ हीरा; सर्वोत्तम कोटिको हीरा, कोहेनुर।
18171 कोहिनुर ना. २. अति तेजिलो प्रकाश, प्रकाशको पहाड।
18172 कोही सर्व कसैलाई नतोकी वा अपरिचित व्यक्तिका नाममा प्रयोग हुने अनिश्चयबोधक शब्द, कुनै।
18173 कोहेनुर ना. हे. कोहिनुर।
18174 कोहोलो ना. कोलाहल, कोकोहोलो।
18175 कौ ना. फलामको काम गर्ने नेवारजातिको एक वर्ग।
18176 कौंचा ना. काँचको फूलदान वा गमला।
18177 कौंटी ना. उड्दै गएको चङ्गालाई लट्टाईको धागो झड्कारेर कोल्टो फर्काई तलतिर झार्ने काम।
18178 कौच ना. बिचमा लचकदार पाताहरू राखी नरिवलका जटा, रुवा आदि हालेर बाहिर कपडा, चट्टी आदिले मोहोरी बनाइएको गद्दीदार मेच; सोफा।
18179 कौटकिक ना. चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति चराको सिकारी, शाकुनिक।
18180 कौटिलीय वि. कौटिल्य विद्वान्‌ले तयार गरेको; कौटिल्यसम्बन्धी।
18181 कौटिल्य ना. १. इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य चाणक्य।
18182 कौटिल्य ना. २. कुटिल हुनाको काम, भाव वा अवस्था, कुटिलता, टेढोपन।
18183 कौटिल्य ना. ३. छलकपट, बेइमानी।
18184 कौटुम्बिक वि. १. कुटुम्ब वा नातागोता भएको कुटुम्बसम्बन्धी कुटुम्बी।
18185 कौटुम्बिक वि. ना. २. घरको मूली वा जेठोबाठो ; थकाली, बाबु।
18186 कौडिन्य ना. पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि।
18187 कौडिन्य गोत्र ना. कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने, खड्का, बगालेथापा, मरासिनी र पनेरू थर हुनेहरूको गोत्र।
18188 कौडी ना. १. सानो खालको कौडो।
18189 कौडी ना. २. तल्लो तहको दाम थोरै मूल्यको पैसो।
18190 कौडी ना. (उदा.- साथमा एक कौडी छैन, कसरी महिना चलाउने ? )।
18191 कौडे वि. १. कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने, कौडवाल।
18192 कौडे वि. २. आँखामा फुलो परेको, कौडाजस्तो आँखा भएको।
18193 कौडे वि. ना. ३. दास, कमारो; नोकर।
18194 कौडे कमारो ना. उहिलेको चलनअनुसार कानमा कौडी झुन्ड्याई पालिने कमारो खास कमारो।
18195 कौडो ना. १. घुँगी जस्तै एक थरी पानीकिराको सिपी वा शङ्ख जातको एकापट्टि दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी।
18196 कौडो ना. २. अघिको किनबेचको साधन वा माध्यम।
18197 कौडो ना. ३. सोह्रवटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर आफूले लिएको दाउ परे मार्ने, नपरे हार्ने बाजीमा खेलिने अवैध खेल।
18198 कौडो ना. खुकुरीको काँजोनिर धारमा बनाइएको अर्धचन्द्राकार घेरो।
18199 कौतुक ना. १. कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा, कुतूहल।
18200 कौतुक ना. २. आश्चर्यजनक वस्तु तमासा।