Dictionary

All Word

18251 कौशिक ना. २. विश्वामित्र।
18252 कौशिक ना. ३. इन्द्र देवराज।
18253 कौशिक ना. ४. लाटोकोसेरो।
18254 कौशिक गोत्र ना. कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुड्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र।
18255 कौशिकी ना. कोशी नदी, सप्तकोसी।
18256 कौशेय वि. १. रेसमको धागोबाट बनेको; रेसमी।
18257 कौशेय वि. ना. २. रेसम नामको किराबाट बनेको एक प्रकारको तन्तु, रेसम।
18258 कौस वि. रेसमको धागोबाट बनेको रेसमी।
18259 कौस वि. कुशबाट निर्मित; कुशसम्बन्धी; कुशको।
18260 कौसल ना. १. नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुयाई निर्णयमा पुग्न खड़ा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुयाउने त्यस्तो अड्डा।
18261 कौसल ना. २. कानुनविद्हरूको सभा, कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा।
18262 कौसल्या ना. दक्षिण कोसलकी राजकुमारी तथा उत्तर कोसलका राजा दशरथकी जेठी रानी, रामचन्द्रकी आमा।
18263 कौसी ना. घरका तलाहरूमा खास गरी बुइँगल तलामा घाम ताप्न वा गर्मी छल्न छाना नहाली बनाइएको खुला ठाउँ, अटाली वा बुजविशेष।
18264 कौसी ना. सरकारी आम्दानीखर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारिया ढुकुटी।
18265 कौसी तोसाखाना ना. एकतन्त्री जहानियाँ शासनकालसम्म कायम रहेको र विभिन्न प्रकारका व्यावसायिक ब्याङ्कहरू चल्तीमा आउनुभन्दा पहिले नै नेपालको चल धनसम्पत्ति राख्ने जिल्ला जिल्लाको र सदरको ढुकुटी अड्डा।
18266 कौस्तुभ ना. समुद्रमन्थनमा निस्केको, विष्णुको वक्षस्थलमा लाइने एक प्रसिद्ध मणि वा रत्न।
18267 क्या निपा. उदेक, खुसी, झर्को, सम्भावना, शङ्का आदि जनाउने वा कुनै कुरामा जोड दिन प्रयुक्त हुने अव्यय, के कस्तो; कत्तिको; खुप।
18268 क्या निपा. (उदा.- बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा ! आज फुटबल हेर्दा क्या मजा भयो ! मैले अस्ति नै भनेको कुरो क्या, बिस्य कि कसो ? )।
18269 क्याँक्नु स. क्रि. अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु, घोक्रो समाउनु, उँधो मुन्टो पारी पिठ्यूँबाट याक्नु।
18270 क्याँकक्याँक ना. हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली।
18271 क्याँकिनु क.क्रि. क्याँक्ने काम गरिनु।
18272 क्याँकी ना. १. मानिस वा पशुको गलो; घोक्रो, घाँटी।
18273 क्याँकी ना. २. एक जातको चरो।
18274 क्याँकी ना. वि. ३. निम्नस्तरीय, सामान्य सुझबुझ पनि नभएको।
18275 क्याँट ना. १. कागजी मुद्रा वा नोटको बिटो गड्डागड्डा पारिएको कागजी मुद्रा।
18276 क्याँट ना. २. मोटो रकम पुँजी, जेथा।
18277 क्याटवाल वि. धनी, पैसावाल।
18278 क्याउँक्याउँ ना. १. नचाहिंदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम, कचकच।
18279 क्याउँक्याउँ ना. २. सामान्य कुरामा पनि हल्ला हुने गरी भएको खलबल, ख्याउँख्याउँ।
18280 क्याकक्याक क्रि.वि. घाँटी अँठ्‌याउँदा सास रोकिएर एकनासले शब्द निस्कने किसिमले।
18281 क्याकक्याकी/क्याकक्याकती क्रि.वि. त्यसरी नै सास रोकिएर छिटो छिटो शब्द निस्कने किसिमसँग।
18282 क्याक्क क्रि.वि. घाँटी अँठ्‌याउँदा सास रोकिनाले शब्द निस्कने किसिमले किक्क, किक्लिक्क।
18283 क्याचक्याच क्रि.वि. लगातार थिचिरहने किसिमले।
18284 क्याचक्याची/क्याचक्याच्ती क्रि.वि. त्यसरी नै अझ छिटो थिच्ने किसिमसि।
18285 क्याचुक ना. १. ढुङ्गेन जग्गाको ढिस्कोमा उम्रने सिउँडीको एक जा।
18286 क्याचुक ना. २. शारीरिक अवयव ठिक ठिक नभएको व्यक्ति।
18287 क्याच्च क्रि.वि. कसैलाई थेप्चो पारेर थिच्ने चाल वा किसिमले।
18288 क्याजुयल वि. पहिले थाहा नपाएको तर अपर्झट परिआउने; आकस्मिक; खण्डे।
18289 क्याजुयल कनेक्सन ना. आकस्मिक वा अस्थायी रूपमा जडिने टेलिफोनको जडान।
18290 क्याजुयल बिदा ना. आकस्मिक बिदा भइपरिआउने बिदा।
18291 क्याजुयल बिदा ना. सङ्क्षे.- क्या..।
18292 क्यान क्रि.वि. के कारणका लागि किन ( उदा.- क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गया। - भानुभक्तको रामायण)।
18293 क्यानरी ना. प्राय: पहेँलो रङको, मिठो बोली बोल्ने, भँगेराजत्रो सानो एक जातको चरो।
18294 क्यान्सर ना. हाड, मासु, रगत आदिमा असर गरेर बिस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराको रूपमा निस्की काउलीको फूल जस्तै बढेर अन्तमा मृत्युसम्म गराउन सक्ने भयङ्कर रोग।
18295 क्याप्टेन ना. हे. कप्तान।
18296 क्याप्प क्रि.वि. हात, सनासो आदिले समाउने वा दाँतले एकैपल्ट टोक्ने किसिमले ट्याप्प।
18297 क्याबात वि. बो. कुनै राम्रो काम वा बहादुरीका निम्ति पिठ्यूँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द, स्याबास।
18298 क्याबात वि. बो. (उदा.- क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन्!)।
18299 क्याबिन ना. १. अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो।
18300 क्याबिन ना. २. व्यक्तिगत कोठो।