Dictionary

All Word

18301 क्याबिन ना. ३. जहाजमा बस्नसुत्न हुने सानो कोठो।
18302 क्याबिनेट ना. १. प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक, मन्त्रीहरूको सभा।
18303 क्याबिनेट ना. २. मन्त्रिमण्डल मन्त्रिपरिषद्।
18304 क्यामकल ना. औंठी, फुली, ढुङ्ग्री आदिमा जडिने टल्कने पत्थरविशेष।
18305 क्यामरा ना. कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र, छायाङ्कन गर्ने वा तस्बिर खिच्ने वैज्ञानिक उपकरण।
18306 क्यामुनु ना. तीन अङ्गुलजति फरक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेँलो फूल फुल्ने र बोक्रा नसको काममा एक प्रकारको रुख।
18307 क्याम्प ना. १. कम्पाउन्ड, हाता; गिर्दा क्याम्पा।
18308 क्याम्प ना. २. सिपाहीहरू गएर बसोबास गर्ने ठाउँ शिविर।
18309 क्याम्प खाट ना. क्याम्पमा रोगीलाई अस्पताल पु-याउने खाट।
18310 क्याम्प फायर ना. सिपाहीहरूले विशेष उत्सवमा वा तालिम लिंदा बन्दुक आदि पकाउने काम।
18311 क्याम्पस ना. प्रमाणपत्र वा आई. ए. तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, विद्यापीठ; पहिलेको कलेज वा महाविद्यालय।
18312 क्याम्पस प्रमुख ना. क्याम्पसको प्रशासनिक तथा प्राज्ञिक कार्यसञ्चालन गर्ने प्रमुख व्यक्ति।
18313 क्याम्पा ना. चारैतिर पर्खाल वा बारले घेरिएको घरजग्गा वा कार्यालय, गिर्दा, हाता, क्याम्प।
18314 क्यार निपा. वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे।
18315 क्यार निपा. (उदा.- भाइहरू घर आएका छैनन् क्यार ! )।
18316 क्यारम बोर्ड ना. दुई रङका ससाना गोटी स्टाइगरले हुत्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड।
18317 क्यारी ना. १. ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो।
18318 क्यारी ना. २. बगैँचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ।
18319 क्यारे निपा. शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय।
18320 क्यारे निपा. (उदा.- तपाईंले भन्नुभएको कुरो होइन क्यारे !)।
18321 क्याल्कुलेटर ना. जोड घटाउ, भाग- गुणन र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न सक्ने वैज्ञानिक उपकरण, गणक।
18322 क्यालेन्डर ना. वर्षभरिका महिना, गते, वार, छुट्टीका दिन तथा चाडपर्व आदि अङ्कित गरिएको, भित्तामा झुन्ड्याइने छोटकरी पात्रो, भित्तेपात्रो।
18323 क्युरिओ / क्युरियो ना. १. कुनै देशको निजत्व झल्काउने मूर्ति, मुद्रा, कपडा वा यस्तै सांस्कृतिक महत्त्वका वस्तु बिक्री गरिने पसल।
18324 क्युरिओ / क्युरियो ना. २. त्यस्ता सांस्कृतिक महत्त्वका वस्तु राखिने ठाउँ।
18325 क्रकुच्छन्द ना. भद्र नामक कल्पका पाँच बुद्धमध्ये श्लेष्मान्तक वनमा तपस्या गर्ने भनी प्रसिद्ध एक प्राचीन मानव बुद्ध।
18326 क्रतु ना. कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य, हवन, यज्ञ।
18327 क्रन्दन ना. १. दुःखपूर्ण चिच्च्याहट, विलाप, रुवाइ।
18328 क्रन्दन ना. २. युद्ध निम्ति गरिएको आह्वान, हाँक।
18329 क्रम ना. १. बिचमा नरोकिई चल्दै आउने प्रक्रिया, सिलसिला, मेलो।
18330 क्रम ना. २. रुल नियम।
18331 क्रम ना. ३. पाइलो चलाइ; कदम, फड्को।
18332 क्रमबद्ध वि. सिलसिला मिलाइएको।
18333 क्रमबद्धता ना. क्रम मिलेको अवस्था वा पन।
18334 क्रमविहीन वि. क्रम नभएको।
18335 क्रमश: अव्य. १. पालैपालो गरेर, क्रमैसित; रोलसँग।
18336 क्रमश: अव्य. २. बिस्तारै बिस्तारै अलि अलि गरेर।
18337 क्रमसङ्ख्या ना. नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या सिलसिलेवार नम्बर।
18338 क्रमागत वि. १. क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको।
18339 क्रमागत वि. २. पितापुर्खाका पालादेखि चलिआएको परम्पराग।
18340 क्रमाङ्क ना. १. क्रमसङ्ख्या सिलसिलेवार नम्बर।
18341 क्रमाङ्क ना. २. परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर।
18342 क्रमाङ्कन ना. १. कुनै विषयलाई क्रम वा सिलसिलाअनुसार सङ्ख्यामा बाँध्ने काम।
18343 क्रमाङ्कन ना. २. कार्यालय आदिको रजिस्टरमा अकारादि क्रम मिलाई वा नमिलाई कुनै विषय वा कुरो सङ्ख्या दिएर लेख्ने काम।
18344 क्रमानुसार अव्य. क्रममुताबिक, रोलबमोजिम क्रमशः।
18345 क्रमिक वि. १. क्रमैसँग वा पालैसित आएको; क्रमाग।
18346 क्रमिक वि. २. सिलसिला मिलेको, क्रम भएको।
18347 क्रमिक वि. ३. बिस्तार बिस्तार, अलि अलि।
18348 क्रय ना. नगद व्यवहार गरी कुनै मालसामान लिएर आफ्नो अधिकारमा पार्ने काम किन्ने काम; खरिद।
18349 क्रयविक्रय ना. १. खरिदबिक्री ; किनबेच।
18350 क्रयविक्रय ना. २. हानिनोक्सानी, मर्का।