Dictionary

All Word

18451 क्लिनिक ना. उपचारकक्ष।
18452 क्लिप ना. हे. किलिप।
18453 क्लिष्ट वि. १. हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह, कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ.)।
18454 क्लिष्ट वि. २. पार लाउन गाह्रो पर्ने; मुस्किल, अप्ठ्यारो।
18455 क्लिष्ट वि. ३. कष्ट पुयाउने खालको, कष्ट हुने, क्लेशयुक्।
18456 क्लिष्टता ना. क्लिष्ट हुनाको भाव वा अवस्था दुरूहता।
18457 क्लिष्टत्व ना. क्लिष्टता; लहरे साइली परी अर्थ वा भाव राम्ररी नखुल्ने काव्यरचनाको दोष।
18458 क्लीब वि. १. सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति); नपुंसक, हिजडा।
18459 क्लीब वि. २. आँट नभएको, हुतीहारा, नामर्द।
18460 क्लीबता/त्व ना. प्रजननशक्ति नहुने भावः पुंसत्वहीनता; नपुंसकपन।
18461 क्लेद ना. १. पानी वा यस्तै तरल पदार्थले भिजाउने काम, चिसोपना, आर्द्रता।
18462 क्लेद ना. २. पसिना।
18463 क्लेश ना. १. कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति, आन्तरिक दुःख, पीडा वा वेदना।
18464 क्लेश ना. २. घरव्यवहारमा आपसमा हुने कलह वा मनोमालिन्य।
18465 क्लोम ना. कलेजो, फोक्सो।
18466 क्लोम चित्र ना. विद्युतीय विकिरणद्वारा लिइएको फोक्सोको चित्र।
18467 क्लोम ध्वनि ना. छातीबाट सुन्न सकिने फोक्सोको आवाज, सास फेर्दा आउने शब्द।
18468 क्वण ना. वीणा, सितार आदि वाद्ययन्त्रबाट निस्कने श्रुतिमधुर शब्द, झन्कार।
18469 क्वथन ना. तरल वस्तु उमाल्ने वा भकभकी पार्ने काम।
18470 क्वथानाङ्क ना. तापमानमा पानी उमाल्न सक्ने १०० डिग्रीको माप क्वथनको निश्चित बिन्दु।
18471 क्वाँक वि. भनेको कुरा राम्ररी नबुभने, लट्ठक; बुद्धू।
18472 क्वाँक वि. (उदा.- जति भने पनि हरि सम्झँदै सम्झँदैन, कस्तो क्वाँक रहेछ)।
18473 क्वाँक्वाँ क्रि.वि. १. मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम।
18474 क्वाँक्वाँ क्रि.वि. ना. २. डाँको छाडेर रोएको आवाज।
18475 क्वाँटी ना. केराउ, चना, मुगी, मास, सिमी, भटमास आदि दालजातका गेडागुडी छासमिस पारी पानीमा भिजाएर टुसा निक्लिएपछि पकाएको रस र तिनै गेडागुडी वा बिरौंला।
18476 क्वाक्वाइँ क्रि.वि. १. कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम।
18477 क्वाक्वाइँ क्रि.वि. २. दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल।
18478 क्वाटर ना. १. चतुर्थांश, चौथाइ।
18479 क्वाटर ना. २. छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा, क्वाड।
18480 क्वाड ना. हे. क्वाटर।
18481 क्वाथ ना. १. काष्ठादि औषधी पानीमा धेरैबेर पकाएर झिकिएको बाक्लो रस, काँडा।
18482 क्वाथ ना. २. सुरुवा।
18483 क्वापक्वाप क्रि.वि. डल्लो खानेकुरो धमाधम मुखमा हाल्ने किसिमले।
18484 क्वापक्वापी/क्वापक्वाप्ती क्रि.वि. डल्लो खानेकुरो छिटो छिटो मुखमा हाल्ने किसिमसँग।
18485 क्वाप्प क्रि.वि. डल्लो खानेकुरो एकै बाजि मुखमा हाल्ने किसिमले।
18486 क्वारक्वार क्रि.वि. एकटकले हेर्ने, चाँचाँडो कोर्ने वा साहो खानेकुरा चपाउँदा आवाज आउने गरी।
18487 क्वारक्वारी / क्वारक्वार्ती क्रि.वि. तिनै काम अझ छिटो गर्ने किसिमले।
18488 क्वार्र क्रि.वि. १. धर्को तानेर कोर्ने वा कुनै तिखो वस्तुद्वारा आफैँ कोरिने किसिमले।
18489 क्वार्र क्रि.वि. २. राफट्याङ्ग्रा आदि कराउँदा आवाज आउने किसिमसँग।
18490 क्वालक्वाल क्रि.वि. लगातार पेट कराउने वा पानी बग्ने किसिमले।
18491 क्वालक्वाली/क्वालक्वाल्ती क्रि.वि. एकनासले पेट कराउने वा पानी बग्ने गरी।
18492 क्वाल्ल क्रि.वि. एकै बाजि ठुलो स्वरले पेट कराउने वा पानी बग्ने किसिमसँग।
18493 क्विज ना. सामान्यज्ञानको जाँच, बुद्धि जाँच्नका निम्ति प्रश्नहरू सोधिने प्रतियोगिता, हाजिरजवाफ।
18494 क्विन्टल ना. सय किलोग्रामको तौल (पुरानो हिसाबअनुसार दुई मन साढे सत्ताइस सेर)।
18495 क्ष देवनागरी वर्णमालामा र पञ्चाशत वर्णमातृकामा स्वतन्त्र अस्तित्व पनि मानिएको, कण्ठ र मूर्द्धास्थानबाट उच्चारण हुने 'क' र 'ष' को संयुक्त रूप वा सो रूपको संयुक्त व्यञ्जनवर्ण (संयुक्ताक्षर ); लेख्य रूपमा सो संयुक्त व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
18496 क्ष-किरण ना. शरीर वा कुनै ठोस वस्तुका भित्री भागको चित्र उतारिने विकिरण प्रविधिका प्रमुख विकिरण वा विद्युत्धाराको अदृश्य किरण, एक्सरे।
18497 क्षण ना. १. समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन।
18498 क्षण ना. २. एक मुहूर्तको बाह्र भागको एक भाग ( चारपाँच सेकेन्ड वा पला)।
18499 क्षण ना. ३. आँखा झिम्काउन्जेलको समय, निमेष।
18500 क्षण ना. ४. खाली समय; अवसर, मौका।