Dictionary

All Word

18501 क्षणभङ्गुर वि. १. छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने, अनित्य, अस्थिर।
18502 क्षणभङ्गुर वि. २. क्षणसम्बन्धी, क्षणको, अस्थायी।
18503 क्षणिक वि. १. एकै छिन मात्र रहने वा हुने, क्षणभङ्गुर, अनित्य, अस्थिर।
18504 क्षणिक वि. २. क्षणसम्बन्धी; क्षणको।
18505 क्षणिकता ना. क्षणिक हुनाको भाव वा अवस्था।
18506 क्षणिका ना. बादलमा चम्किने बिजुली, विद्युत्।
18507 क्षणी वि. क्षणभर मात्र रहने वा हुने, केही छिनको क्षणिक।
18508 क्षत वि. १. क्षति वा हानि भएको; चोट लागेको; घाइते।
18509 क्षत वि. २. कुनै भाग टुटेको, खण्डित (वस्तु)।
18510 क्षत वि. ना ३. घाउ, चोट, जखम।
18511 क्षतज वि. १. घाउबाट निस्कने (क्षतज ज्वर )।
18512 क्षतज वि. ना. २. रगत वा पिप।
18513 क्षतयोनि वि. पुरुषसित मिसिइसकेकी, योनिक्षत भएकी, कौमार्य नष्ट भएकी।
18514 क्षतविक्षत वि. कहीँ अलिकति र कहीं बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल रक्ताम्मे।
18515 क्षता वि. योनिक्षत भएकी, कौमार्य खण्डित भएकी (कन्या)।
18516 क्षति ना. १. कुनै काम, वस्तु, समय आदिमा हुन गएको हानि वा नोक्सानी; खति; घाटा; नाश।
18517 क्षति ना. २ आघात वा चोट लाग्नाले भएको घाउ, चोटपटक।
18518 क्षतिग्रस्त वि. बिग्रेको, भत्केको, नासिएको वा खति भएको।
18519 क्षतिग्रस्त वि. (उदा.- प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गर्दै हुनुहुन्छ।)।
18520 क्षतिपूर्ति ना. १. कसैको केही हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम।
18521 क्षतिपूर्ति ना. २. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन, हर्जाना; भरताल।
18522 क्षत्र ना. १. राज्य, राष्ट्र।
18523 क्षत्र ना. २. क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति।
18524 क्षत्र ना. ३. शरीर।
18525 क्षत्रकर्म ना. क्षत्रियले गर्नुपर्ने युद्धबाट विमुख नहुनु, शत्रुलाई हटाउनु, दान दिनु आदि काम।
18526 क्षत्रधर्म ना. १. क्षत्रियले गर्नुपर्ने अध्ययन, दान, प्रजापालन, यज्ञ आदि काम वा धर्म।
18527 क्षत्रधर्म ना. २. शौर्य, बहादुरी।
18528 क्षत्रपति ना. कुनै क्षत्र वा राज्यका स्वामी, राजा।
18529 क्षत्रिय ना. हिन्दूहरूका चार जातमध्ये एक जात वा चार वर्णमध्ये दोस्रो वर्ण।
18530 क्षत्रिय देवता ना. इन्द्र, यम र वरुण।
18531 क्षत्री ना. १. क्षत्रिय, छेत्री।
18532 क्षन्तव्य वि. क्षमा गर्न योग्य; क्षम्य।
18533 क्षपणक ना. १. प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु।
18534 क्षपणक ना. २. विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक।
18535 क्षपणक ना. वि. ३. लाज नमान्ने, निर्लज्ज।
18536 क्षम वि. १. काम गर्ने क्षमता वा योग्यता भएको, समर्थ, योग्य।
18537 क्षम वि. २. चुप रहने, सहनशील, सहिष्णु।
18538 क्षम वि. ना. ३. शक्ति बल।
18539 क्षमता ना. कुनै काम गर्ने वा केही धारण गर्न सक्ने शक्ति वा विशेषता; सामर्थ्य, ताग।
18540 क्षमा ना. १. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति, दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्ने त्यस्तै भाव, माफी, क्षान्ति।
18541 क्षमा ना. २. सहिष्णुता, सहनशीलता।
18542 क्षमा ना. 3. पृथ्वी; धर्ती।
18543 क्षमा प्रार्थना / याचना ना. आफूले बिराएका कुरामा क्षमा वा माफी माग्ने काम।
18544 क्षमावान् वि. माफी दिने, क्षमाशील।
18545 क्षमाशील वि. क्षमा गर्ने, शान्त वा सिधासादा प्रकृतिको।
18546 क्षम्य वि. क्षमा गर्न योग्य; माफ दिन लायक।
18547 क्षय ना. १. प्रकृतिले नै बिस्तार बिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश।
18548 क्षय ना. २. कल्पको अन्त; प्रलय।
18549 क्षय ना. ३. राजयक्ष्मा, टी. बी. रोग।
18550 क्षयकर वि. क्षय गर्ने; नाश गर्ने।