Dictionary

All Word

18351 क्रयशक्ति ना. १. अत्यावश्यक उपभोग्य पदार्थ किन्ने क्षमता वा सामर्थ्य।
18352 क्रयशक्ति ना. २. अर्थशास्त्रमा जनताको आर्थिक स्तरको मापन गर्दा प्रयोग हुने शब्द।
18353 क्राइस्ट ना. इसाई धर्मका प्रवर्तक एक प्रसिद्ध महात्मा; इसा।
18354 क्राउन ना. बिस इन्च लामो र पन्ध्र इन्च चौडा भएको कागतको नापो।
18355 क्रान्त वि. १. आफ्नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको।
18356 क्रान्त वि. २. आक्रमण गरिएको, थिचिएको।
18357 क्रान्तदर्शी वि. १. विलक्षण बुद्धि भएको, सर्वज्ञ।
18358 क्रान्तदर्शी वि. २. युगानुकूल व्यवहार गर्ने, परिवर्तनका गतिमा कुशल।
18359 क्रान्ति ना. १. कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप, विद्रोह।
18360 क्रान्ति ना. २. त्यसरी भएको ठुलो परिवर्तन वा उल्टापाल्टी, हेरफेर, अदलाबदली।
18361 क्रान्ति ना. ३. अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल।
18362 क्रान्तिकारिता ना. क्रान्तिको भाव वा क्रिया; परिवर्तन ल्याइने कामकुराको गतिमयता।
18363 क्रान्तिकारी वि. प्रचलित शासनव्यवस्था, परम्परा, सामाजिक स्थिति आदिमा परिवर्तन ल्याउन चाहने; त्यस प्रकार फेरबदल गर्ने; विद्रोही।
18364 क्रान्तिमण्डल ना. पृथ्वीबाट देखिने सूर्यको गतिपथ; क्रान्तिवृत्।
18365 क्रान्तिवाद ना. भइरहेको स्थितिमा क्रान्ति वा आमूल परिवर्तन गर्ने राजनीतिक सिद्धान्।
18366 क्रान्तिवादी वि. क्रान्ति वा आमूल परिवर्तनको सिद्धान्तलाई मान्ने वा त्यसको अनुयायी।
18367 क्रान्तिवृत्त ना. क्रान्तिमण्डल।
18368 क्रिकेट ना. दाबिलाका छाँटको लट्ठीले सानो बललाई हानेर रन बनाउन प्रतिस्पर्धा गरिने एक खेल।
18369 क्रिम ना. १. अनुहारको छाला मुलायम पार्ने वा मुख सिंगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान।
18370 क्रिम ना. २. दुध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु, मखन, नौनी।
18371 क्रिया ना. १. कुनै पनि काम भइरहनाको अवस्था वा भाव।
18372 क्रिया ना. २. तनमन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य वा कर्म (दैनिक क्रिया, प्रातः क्रिया इ.)।
18373 क्रिया ना. ३. कुनै पनि काम गर्ने चेष्टा, ढग वा विधि (लेखनक्रिया, शोधनक्रिया इ.); प्रयत्न।
18374 क्रिया ना. ४. कुनै पनि क्षेत्रका रूप अथवा तीसित सम्बन्धित नियमअनुसार हुने काम ( व्यावहारिक क्रिया, शल्यक्रिया इ.)।
18375 क्रिया ना. ५. व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु गरिनुको वाचक शब्द।
18376 क्रिया ना. ६. मृतकको अन्त्येष्टि कर्म, किरिया।
18377 क्रियाकर्म ना. मृतकको अन्त्येष्टि कर्म, काज किरिया।
18378 क्रियाकलाप ना. कुनै क्षेत्र वा समयमा हुने कामको गतिविधि।
18379 क्रियाखर्च ना. काजकिरियामा लागेको खर्च, काज किरियाका लागि सरकारी तह वा अन्यत्र कतैबाट दिइने त्यस्तो खर्च।
18380 क्रियाचतुर ना. १. शृङ्गार रसको आलम्बन बनेको, अनेक कौशल वा छलछामबाटै काम पट्याउने नायक।
18381 क्रियाचतुर ना. वि. २. काममा सिपालु कार्यदक्ष।
18382 क्रियात्मक वि. १. कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक।
18383 क्रियात्मक वि. २. क्रिया वा कार्यका रूपमा आएको वा गरिएको।
18384 क्रियात्मकता ना. क्रियात्मक हुनाको भाव वा स्थिति।
18385 क्रियान्वयन ना. कुनै सिद्धान्त वा नियमलाई व्यवहारमा ल्याउने वा प्रयोग गर्ने काम।
18386 क्रियान्वयी वि. १. क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध ( उता, छिटो गरेर, पढी, खेल्न इ.)।
18387 क्रियान्वयी वि. ना. २. क्रियायोगीका दुई भेद (क्रियाविशेषण र क्रियान्वयी) मानिएका मध्ये एक।
18388 क्रियापद ना. क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द, खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया ( जान्छु, जान्छौं, बस्छ, बस्छन्, हेयो, हेरे, लेख्ला, लेखेछ इ.)।
18389 क्रियापुत्री ना. मृतकका नाउँमा तेह्रौं दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि और्ध्वदेहिक कार्य गर्ने व्यक्ति, किरिया बस्ने छोरो, छोरोसरह मानिएको वंशज वा अन्य कुनै व्यक्ति।
18390 क्रियाबिदा ना. मृतकको काजकिरिया आफैं गर्नुपर्ने कर्मचारीले सम्बन्धित संस्था वा कार्यालयबाट पन्ध्र दिनसम्म पाउने बिदा।
18391 क्रियायोगी ना. समापक वा असमापक क्रियासँग साक्षात् सम्बन्ध राख्ने शब्द (क्रियाविशेषण र क्रियान्वयी )।
18392 क्रियारत ना. कुनै पनि काममा लागेको कार्यसंलग्न उद्यमी।
18393 क्रियाविशेषण ना. क्रियाको विशेषता र गुण बुझाउने र त्यसका प्रकार, रूप, स्थान आदिको बोध गराउने अव्यय शब्द (मिरमिर, रनक्क, सलसल, राम्ररी इ.)।
18394 क्रियाशील वि. चालु अवस्थामा रहेको; सक्रिय, गतिशील, हिँडडुल गर्ने, चल्ने, चलायमान।
18395 क्रिस्तान वि. इसा वा इसाई धर्मको अनुयायी, इसाई।
18396 क्रीडन ना. क्रीडा गर्ने वा खेल्ने काम; खेलबाड।
18397 क्रीडनक ना. १. खेलबाडका सामान, खेलौना।
18398 क्रीडनक ना. २. खेल-तमासा।
18399 क्रीडा ना. १. मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जक कामकुरा, खेल, खेलबाड, आमोदप्रमोद, मनबहलाउ।
18400 क्रीडा ना. २. सम्भोग स्त्रीपुरुषका बिच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; मैथुन।