Dictionary

All Word

18401 क्रीडाकानन ना. मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैँचा, प्रमोदवन, आनन्दवन।
18402 क्रीडागृह ना. प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन, रतिक्रीडा गर्ने घर वा कोठो खेलबाड गर्ने घर।
18403 क्रीडास्थान ना. घरबाहिर वा घरभित्र खेलिने खेलका निम्ति बनाइएको ठाउँ, रङ्गशाला, रङ्गभूमि।
18404 क्रीत वि. नगद दिएर कुनै वस्तु आफ्नो अधिकारमा ल्याइएको किनिएको; खरिद गरिएको।
18405 क्रीतक ना. १. किनिएको नोकर, कमारो।
18406 क्रीतक ना. २. किनेको छोरो, क्रीतपुत्र।
18407 क्रुद्ध वि. कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको क्रोध गर्ने, भवाँक्किएको, रिसाएको।
18408 क्रूर वि. १. अरूलाई सताउने, पिरमर्का पार्ने वा निर्मम कार्य गर्ने, निष्ठुर, निर्दयी, दुष्ट।
18409 क्रूर वि. २. झोक्किने प्रवृत्ति भएको, रिसाहा।
18410 क्रूरकर्मा वि. क्रूर स्वभाव भएको; जघन्य काम गर्ने, निष्ठुर।
18411 क्रूर ग्रह वि. ज्योतिषशास्त्रअनुसार पापग्रह (सूर्य, मङ्गल, शनि, राहु, केतु यी पाँच ग्रह र पापग्रहका साथै एउटै राशिमा बसेको बुध पनि)।
18412 क्रूरता ना. क्रूर प्रकृति तथा नीच वृत्ति हुनाको भाव वा अवस्था दुष्टता।
18413 क्रूरदृक् वि. १. खराब दृष्टि भएको।
18414 क्रूरदृक् वि. ना. २. शनि वा मङ्गल ग्रह।
18415 क्रेटर ना. पग्लेको चट्टान, आगो, खरानी, ग्याँस आदि निस्कने ज्वालामुखीको मुख।
18416 क्रेता वि. किनमेल गर्ने, खरिद गर्ने, किन्ने, गाहकी।
18417 क्रेन ना. गहौं र ठुलठुला फलामे दलिन, लट्ठा, पाइप आदिलाई एक ठाउँबाट उठाएर वा च्यापेर जडिने ठाउँमा राख्ने भीमकाय यान्त्रिक साधन।
18418 क्रोड ना. १. आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर।
18419 क्रोड ना. २. वक्षस्थल, छाती, कोख।
18420 क्रोडपत्र ना. पत्र- पत्रिकाका बिचमा घुसाइने समसामयिक महत्त्वा विषय छापिएका अलग पाना, थपुवा अंश, अतिरिक्त पाठ्यसामग्री।
18421 क्रोध ना. १. कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग, रिस, रोष।
18422 क्रोध ना. २. ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठियाँ एक संवत्सर।
18423 क्रोध ना. ३. साहित्यमा रौद्र रसको स्थायी भाव।
18424 क्रोधागार ना. रिसाएका बेलामा गुत्थ परेर बस्ने घर, कोपभवन।
18425 क्रोधी वि. १. क्रोध भएको वा क्रोध गर्ने, क्रुद्ध, रिसाहा।
18426 क्रोधी वि. २. सानातिना कुराहरूमा पनि छिटै रिसाउने, झोकी झड़ङ्ग्याहा।
18427 क्रोनर ना. [?] स्विडेन, नर्वे, डेनमार्क आदि देशका मुद्राको नाम।
18428 क्रोनोमिटर ना. बेलायतको ग्रिनविच भन्ने ठाउँमा राखिएको समय सूचित गर्ने घडीजस्तो प्रसिद्ध यन्त्र।
18429 क्रोमोओं ना. प्रागैतिहासिक क्रोमेओं मानवले प्रयोग गरेको उपकरण।
18430 क्रोमोओं मानव ना. फ्रान्सको क्रोमेऔं नामक स्थानमा पाइएको मानव; ओरनेक मानवको उपजाति।
18431 क्रोश ना. १. कराउने काम, चीत्कार, रोदन।
18432 क्रोश ना. २ सय धनु वा पैंतिस सय बिस गजको दुरी, कोस।
18433 क्रोश ना. ३. सहस्रदण्ड बराबर वा धनुषको हजार गुना बराबरको नापो।
18434 क्रौञ्च ना. १. कऱ्याङकुरुङ चरा।
18435 क्रौञ्च ना. २. हिमालयको टाकुरो।
18436 क्रौञ्च रन्ध्र ना. हिमाली गुफा।
18437 क्याड ना. साइकल, मोटर साइकल आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का।
18438 क्लब ना. १. आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान, त्यस्तै अभिप्रायका खोलिएको सार्वजनिक संस्था।
18439 क्लब ना. २. होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमा।
18440 क्लब ना. 3. एक किसिमको रोदीघर।
18441 क्लर्क ना. कार्यालय वा संस्थाहरूमा काम गर्ने निम्नवैतनिक कर्मचारी; हे. कारिन्दा।
18442 क्लान्त वि. १. थाकेको, थकित श्रान्।
18443 क्लान्त वि. २. ओइलाएको मुखमुद्रा क्षीण भएको।
18444 क्लान्ति ना. क्लान्त हुनाको अवस्था वा भाव, थकावट, थकाइ।
18445 क्लास ना. १. कक्षा।
18446 क्लास ना. २. श्रेणी दर्जा वर्ग।
18447 क्लासिकल वि. १. साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय।
18448 क्लासिकल वि. २. उच्च कोटिका साहित्यको।
18449 क्लिनर ना. १. सरसफाइ गर्ने व्यक्ति।
18450 क्लिनर ना. २. बस, ट्रक आदिमा काम गर्ने साधारण कामदार हे. खलासी।