Dictionary

All Word

18551 क्षयकाल ना. प्रलयको समय।
18552 क्षयतिथि ना. टुटेको वा लोप भएको तिथि।
18553 क्षयपक्ष ना. चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष कृष्णपक्ष।
18554 क्षयमास ना. घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औंसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा अगाडि र पछाडि गरी दुई अधिक मास पर्छ, क्षय हुने महिनाको पहिलो पक्ष अघिल्लो महिनामा र दोस्रो पक्ष पछिल्लो महिनामा गनिन्छ)।
18555 क्षयरोग ना. फोक्सामा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग; राजयक्ष्मा, टी. बी. सुकेनास, राजरोग।
18556 क्षयी वि. १. क्षय हुने, नाश हुने।
18557 क्षयी वि. २. क्षयरोग लागेको।
18558 क्षयी वि. ना. ३. चन्द्रमा।
18559 क्षयीकरण ना. नासिंदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया।
18560 क्षर ना. १. तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ।
18561 क्षर ना. २. पानी, बादल।
18562 क्षर ना. ३. शरीर, देह।
18563 क्षर ना. ४. सबै जड पदार्।
18564 क्षर ना. वि. ५. नाश हुने, नाशवान्; नश्वर।
18565 क्षरण ना. थोपा थोपा हुँदै चुहुने, तप्किने, झर्ने, रसाउने आदि काम।
18566 क्षात्र वि. क्षत्रियको क्षत्रियसम्बन्धी।
18567 क्षान्ति ना. सहन सक्ने क्षमता, सहनशीलता, धैर्य।
18568 क्षार ना. १. दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन।
18569 क्षार ना. २. सोडा।
18570 क्षार ना. ३. सुहाग।
18571 क्षार ना. ४. नुनिलो पदार्।
18572 क्षार ना. ५. भस्म, खरानी।
18573 क्षार ना. वि. ६. चर्को, नुनिलो।
18574 क्षार ना. ७. नुन भएको (समुद्र)।
18575 क्षारक वि. क्षार गर्ने वा जलाउने; दाहक कास्टिक।
18576 क्षारभूमि ना. क्षार मिसिएको माटो भएको जमिन, उर्वर भूमि।
18577 क्षार समुद्र ना. नुनिलो पानी भएको समुद्र, क्षारोद।
18578 क्षारोद ना. १. नुनिलो पानीको समुद्र, क्षारसमुद्र।
18579 क्षारोद ना. व २. क्षारको अंश भएको कुनै पदार्।
18580 क्षालन ना. धुने वा सफा गर्ने काम (लुगा, भाँडा आदि)।
18581 क्षिति ना. १. वासस्थान, निवासस्थान; घर।
18582 क्षिति ना. २. पृथ्वी।
18583 क्षितिज ना. १. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि।
18584 क्षितिज ना. २. मङ्गलग्रह।
18585 क्षितिज ना. ३. वृक्ष, रुख।
18586 क्षितितल ना. धरातल; पृथ्वी।
18587 क्षितिपति ना. राजा।
18588 क्षितिमण्डल ना. भूमण्डल, पृथ्वी।
18589 क्षिप्र क्रि.वि. तुरुन्त, तत्काल, शीघ्र, चाँडै।
18590 क्षिप्रकारी वि. चाँडचाँडै काम गर्ने, छिटो काम पूरा गर्ने।
18591 क्षीण वि. १. खिएको, घट्तै गएको वा अवस्था बिग्रेको।
18592 क्षीण वि. २. दुब्लो, पातलो, निर्धो।
18593 क्षीणकाय वि. दुब्लो वा पातलो शरीरको।
18594 क्षीणता ना. क्षीण हुनाको अवस्था वा भाव, दुर्बलता, निर्धोपन।
18595 क्षीर ना. १. दुध।
18596 क्षीर ना. २. खिर।
18597 क्षीर ना. ३ जल, पानी।
18598 क्षीर ना. ४. रुखको दुधजस्तो सेतो चोब।
18599 क्षीरधि ना. दुधजस्तो फिंज उठ्ने पानी भएको समुद्र।
18600 क्षीरसागर ना. दुधको समुद्र वा दुग्ध- समुद्र पनि भनिने, सात समुद्रमध्ये एक।