Dictionary

All Word

18701 खँदिलो वि. खुब खाँदिएको; ठोस; गहकिलो; वजनदार।
18702 खँदुवा वि. भित्र खोक्रो नभएको; राम्ररी खाँदिएको; खँदिलो; ठोस।
18703 खँदुवा बन्दुक ना. गोली, बारुद आदि भरिएको बन्दुक।
18704 खँदेल ना. लेकाली भेगमा मुख्य रूपले आलुको खेती गरी जीवननिर्वाह गर्ने एक जाति।
18705 खइन ना. १. खानका निम्ति प्रयोग गरिने अन्न।
18706 खइन ना. २. चिसो र ढुसीले सड्न वा गल्न लागेको चिज।
18707 खई ना. पित्तल, फलाम, दाँत आदिमा लाग्ने कस; खिया; खुई।
18708 खउर ना. खयरका जस्तै पात र काँढा हुने तर खयरको जस्तो रङ नआउने, तराईमा हुने एक जातको वृक्ष।
18709 खकन/खकानु ना. १. भारी बोक्ता त्यसको बोझ थाप्लामा मात्र नपरोस् भनी डोका वा ढाकरहरूमा लगाइएको काखीमा छिराई काँधमा अड्याइने डोरी वा सानो नाम्लो।
18710 खकन/खकानु ना. २. घाँगर, पाइन्ट आदि अड्याउन काँधमा अड्काइने फित्ता।
18711 खकार्नु स.क्रि. खोकेर घाँटीबाट सास बाहिर निकाली कफ झिक्नु।
18712 खकार ना. ख' वर्ण।
18713 खकार ना. श्वासमार्गको ग्रन्थिबाट निस्कने र घाँटीबाट ख्वाक्क गरी बाहिर निकालिने बाक्लो लेसाइलो सिँगान वा पिपजस्तो पदार्।
18714 खकाराइ ना. खकार्ने क्रिया वा प्रक्रिया।
18715 खकारिनु क.क्रि. खकार्ने काम गरिनु।
18716 खकाल्नु स.क्रि. पानीले भाँडाकुँडा धुनु, पखाल्नु।
18717 खकालखुकुल क्रि.यो. एक झँमट पानीले भाँडाकुँडा पखाल्ने प्रक्रिया।
18718 खकालाइ ना. खकाल्ने काम वा किसिम।
18719 खकालिनु क.क्रि. धोइनु, पखालिनु।
18720 खकुन्डो ना. डोको, ढाकर आदि बोक्दा कुममा लगाइने खिरिलो नाम्लो वा डोरी; खकन; खकुन्डो।
18721 खग ना. १. आकाशमा उड्ने वा रहने जीव, पक्षी, चरो।
18722 खग ना. २. गन्धर्व।
18723 खग ना. ३. ग्रहनक्षत्र आदि।
18724 खग ना. ४. बाण।
18725 खग ना. ५. सूर्य।
18726 खग ना. ६. चन्द्रमा।
18727 खगर ना. वर्षभरिमा नौ महिना हिउँले ढाकिई तीन महिना मात्र हिउँ पग्लेर खाली हुने ठाउँ; हिमाल र समतल भूमिका माझको प्रदेश।
18728 खगन्डो ना. डोको, ढाकर आदि बोक्दा कुममा लगाइने खिरिलो नाम्लो वा डोरी; खकन; खकुन्डो।
18729 खगाम ना. लमाइचौडाइ बराबरी भएको कपडाको टुक्रो।
18730 खगालो ना. १. खगाल्नु देखिने गरी फाटेको लुगा; झुत्रोझाम्रो लुगा।
18731 खगालो ना. २. गाईगोरुका घाँटीमुनि लर्किएको छाला; गलाम (प. ने.)।
18732 खगाल्नु ना. काँधमन्तिरको तेर्सो हाड; खगालो।
18733 खगेश ना. गरुड।
18734 खगोल ना. आकाशमण्डल, अन्तरिक्ष।
18735 खगोल विद्या ना. आकाशका ग्रह नक्षत्र, आकाशगङ्गा, धूमकेतु आदिका गतिविधिको अध्ययन तथा विवेचना गर्ने विद्या।
18736 खगौती ना. खगौतोको लघु रूप; सानो खगौतो।
18737 खगौतो ना. गैँडाका खागको तर्पण गरिने पात्र; खागको अर्घौतो।
18738 खग्गड/खग्गु वि. खुब बाठो; खप्पिस।
18739 खग्गू वि. खुब बाठो; खप्पिस।
18740 खग्रास ना. चन्द्र वा सूर्यलाई सम्पूर्ण ढाक्ने ग्रहण।
18741 खङ्ग्रङ्ग/खङ्ग्रङ क्रि. यो. १. कुनै डरलाग्दो वस्तु देखेर वा आपद् विपद्का कुरा सुनेर तर्सने, आत्तिने वा डराउने किसिमले; थरहरी हुने चालमा; खड्ड्ङ।
18742 खङ्ग्रङ्ग/खङ्ग्रङ क्रि. यो. २. एकदम जम्मै सुक्ने किसिमसि।
18743 खङ्ग्राङखुङ क्रि. यो. १. एक्कासि माथिबाट तल खस्ने वा झर्ने किसिमले।
18744 खङ्ग्राङखुङ क्रि. यो. २. होसहवास उड्ने किसिमसँग।
18745 खड्ड्ड क्रि. यो. १. कुनै डरलाग्दो वस्तु देखेर वा आपद् विपद्का कुरा सुनेर तर्सने, आत्तिने वा डराउने किसिमले; थरहरी हुने चालमा; खड्ड्ङ।
18746 खड्ड्ड क्रि. यो. २. एकदम जम्मै सुक्ने किसिमसि।
18747 खङार्नु स.क्रि. - १. पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु, खडार्नु।
18748 खङार्नु स.क्रि. २. नचाहिँदो खर्च गरेर भएको जेया सिद्ध्याउनु, धनसम्पत्ति सिरीखुरी पार्नु।
18749 खङार्नु स.क्रि. ३. तल झार्नु; खसाल्नु; खुरमुऱ्याउनु।
18750 खङार्नु स.क्रि. ४. रोगले शरीर क्षीण पार्नु।