Dictionary

All Word

18851 खट्टे धान ना. लाम्चिलो, मोटो, कुस भएको, खट्टे बनाउनका लागि प्रयोग गरिने चिनियाँ जातको एक प्रकारको धान।
18852 खट्टै ना. नभइनहुने स्थिति; साह्रै खाँचो; असाध्यै हर्जा।
18853 खट्याक्क क्रि. यो. १. काठ, झ्यालढोका आदि ठोकिँदा आवाज आउने किसिमले।
18854 खट्याक्क क्रि. यो. २. एक्कासि ठक्कर लाग्ने चालमा।
18855 खट्याक्क क्रि. यो. ३. एकदम रोकिने वा खट्कने किसिमसँग।
18856 खड ना. १. नवजात शिशुलाई लाग्ने एक प्रकारको दिसा।
18857 खड ना. २. पहरो, ठाडो भिर।
18858 खडखड क्रि. यो. १. नबिसाईकन वा लगातार खडाखड।
18859 खडखड क्रि. यो. २. खटखट।
18860 खडखडाइ ना. खडखडाउने काम वा किसिम।
18861 खडखडाइनु अ.क्रि. खडखडाउने काम गरिनु।
18862 खडखडाउनु अ.क्रि. १. खडखड आवाज आउनु, खटखटाउनु।
18863 खडखडाउनु अ.क्रि. २. स.क्रि. खडखड पार्नु।
18864 खडखडिया ना. एक किसिमको सवारीको साधन।
18865 खडबड ना. १. परस्परमा भएको फाटो वा बाझो मनोमालिन्य।
18866 खडबड ना. २. गडबड, खटपट।
18867 खडा वि. १. चलहल नगरी ठिङ्ग उभिएको सोझो उभिएको।
18868 खडा वि. २. प्रस्तुत, तयार।
18869 खडा वि. ३. मौजुदा हाजिर।
18870 खडा वि. ४. सिर्जना गरिएको, निर्मि।
18871 खडाइ ना. खड़ा हुने क्रिया वा प्रक्रिया।
18872 खडाइ मोल ना. कुनै वस्तुको मनोमानी मोल कुनै कुनै चिजबिजको लागत मूल्य र उचित मुनाफाभन्दा बढीको मोल।
18873 खडाउ ना. खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पन्जालाई टायर आदिका फित्ताले अड्याउने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता, पादुका, कठपाउ; खडाउ।
18874 खडाखडी ना. १. बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चने मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ.)।
18875 खडाखडी ना. क्रि.वि. २. त्यस्तो खेलमा उभिएर बच्चने वा हान्ने ढाँचाले।
18876 खडाखडी ना. ३. उभिएको उभियै, नबसीकनै।
18877 खडाखडी ना. ४. तुरुन्तातुरुन्तै उत्तिखेरै।
18878 खडाङ्ग ना. रुद्री गर्दा शिवका छ अङ्ग तथा तिनको पूजाविधि।
18879 खडागे खडाङ्ग भएको, खडाग पूजासहितको।
18880 खडाजङ्गी ना. दुई थरीका बिच कुनै कामकुरामा भएको चर्को भनाभन धुमधामसितको बाझाबाझ, चर्काचर्की, मनावैरी।
18881 खडायत ना. १. पुरानो समयमा शस्त्रजीवी मानिएका विशेष किसिमका छेत्रीहरूका सन्तान।
18882 खडायत ना. २. नेपालको सुदूर पश्चिमी भेग बासिन्दा छेत्रीहरूको थर।
18883 खडारस ना. अमिलोपन नहटेको गुलियो जातको फलको रस, अमिलो र गुलियो मिसिएको स्वाद।
18884 खडाहाजिर वि . आफैं हाजिर भएको स्वयम् उपस्थि।
18885 खडुका ना. वनका पशुपन्छीहरू समात्न थापिने एक प्रकारको खोर।
18886 खडेरी ना. खेतीपाती गर्ने वर्षायाममा वा पानी पर्नुपर्ने समयमा पानी नपरी सुक्खा लागेको अवस्था, लामो समयदेखि पानी नपरेको अवस्था, सुक्खा, अनावृष्टि।
18887 खड्कुँली ना. सानो खड्कुलो।
18888 खड्कुँलो ना. सामान्यतया दुईतिर कडा लागेको, फराक मुख भएको, विशेष गरेर बिहाव्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कलो।
18889 खड्कौँलाखड्कौँली ना. सानाठुला धेरै खड्कुँला; खड्कौँला र खड्कौँलीको समूह।
18890 खड्कौँले वि. खड्कौँलाको; खड्कौँलासम्बन्धी; खड्कौँलाजस्तो।
18891 खड्कौँले दह ना. पूजाआजा गरेर दहका छेउ गई शुभ कार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह।
18892 खड्कौँलो ना. सामान्यतया दुईतिर कडा लागेको, फराक मुख भएको, विशेष गरेर बिहाव्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कलो।
18893 खड्केली ना. ढोका सामुन्ने छेवैको टेक्ने जमिन; खँड्गेली; अलिन्द; खड्केली।
18894 खड्ग ना. १. फलामबाट बनेको एक किसिमको घातक हतियार, सोझो किसिमको तरबार।
18895 खड्ग ना. २. गैँडाको नाकमाथि उठेको सिङजस्तो भाग; खाग।
18896 खड्गनिसाना ना. राणा शासनकालमा प्रचलित खड्गको चिह्नसहितको श्री ३ को छाप - दस्ख।
18897 खड्गाष्टक ना. १. ठुलो झगडा।
18898 खड्गाष्टक ना. २. विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौं र आठौंमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।
18899 खड्गास्टक ना. १. ठुलो झगडा।
18900 खड्गास्टक ना. २. विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौं र आठौंमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।