Dictionary

All Word

18901 खड्गी ना. १. गैँडा।
18902 खड्गी ना. २. नेवारको एक जा।
18903 खड्गी ना. वि. ३. हातमा खड्ग लिने।
18904 खड्गेली ना. ढोका सामुन्ने छेवैको टेक्ने जमिन; खँड्गेली; अलिन्द; खड्केली।
18905 खड्गो ना. ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीमा मारकेश स्थान अर्थात् लग्नदेखि दोस्रो र सातौँ स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलाई ठुलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पुयाउँछ भनी मानिने योग।
18906 खड्याङखुडुङ ना. १. सानोतिनो झगडा, ठाकठुक।
18907 खड्याङखुडुङ ना. २. अग्लो होचो भएर वा इँटढुङ्गाका टुक्राटाक्री छरिएर हिँड्न असजिलो हुने खालको जमिन; खाल्टाखुल्टी।
18908 खड्याङखुडुङ ना. वि. ३ खाल्टाखुल्टी परेको; होचो अग्लो भएको।
18909 खण्ड ना. १. कुनै सिङ्गो वस्तुको भाग, टुक्रा, अंश इ.।
18910 खण्ड ना. २. कुनै वस्तुका तह वा खानामध्ये कुनै एउटा तह वा खाना।
18911 खण्ड ना. ३. कुनै भवन आदिका धेरै तलामध्ये कुनै एक तला।
18912 खण्ड ना. ४. कुनै वस्तु वा कुराका विभिन्न अवस्थामध्ये कुनै एक अवस्था; कारण।
18913 खण्ड ना. ५. अकस्मात् परिआउने कुरा; संयोग।
18914 खण्डक वि. १. अर्काको मत वा कुराको खण्डन गर्ने।
18915 खण्डक वि. २. काट्ने; टुक्र्याउने।
18916 खण्डकथा ना. एउटै घटनाको, एउटै विषयको काव्यका कुनै एक अंशको वर्णन हुने एक काव्यविधा; खण्डकाव्य; सङ्घा।
18917 खण्डकाव्य ना. कुनै एक विषयको वर्णन भएको सर्ग भएको वा नभएको प्रबन्धात्मक लघुकाव्य।
18918 खण्डखाद्दे ना. १. हुन लागेको कुनै कुरा आकस्मिक घटना।
18919 खण्डखाद्य ना. १. हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा अडकाउ; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर।
18920 खण्डखाद्य ना. २. ना. वि. सं. १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्।
18921 खण्डखातिर ना. अकस्मात् परिआउने कुरा; संयोग; खण्डखाद्य।
18922 खण्डन ना. १. अर्काको मत, सिद्धान्त वा कुरा काट्ने काम; कुनै बुँदाका विरुद्धमा गरिने आलोचना; प्रतिवाद।
18923 खण्डन ना. २. टुक्र्याउने काम; काट्ने काम।
18924 खण्डनमण्डन ना. कुनै मत, सिद्धान्त आदिको प्रतिवाद तथा समर्थन; तर्क दिएर कुरो काट्ने वा सकार्ने काम; खण्डन र मण्डन।
18925 खण्डन्यायाधिकरण ना. दुई जना न्यायाधीशको इजलास; सिङ्गल बेन्चभन्दा माथिल्लो तहको र फुल बेन्चभन्दा तल्लो तहको दुई न्यायाधीश बस्ने इजलास।
18926 खण्डपाल ना. १. सखर, चिनी, मिसीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति।
18927 खण्डपाल ना. २. हलुवाई।
18928 खण्डपाल ना. ३. छोटी अड्डाको काम गर्ने व्यक्ति।
18929 खण्डप्रलय ना. महाप्रलयभन्दा सानो प्रलय।
18930 खण्डवर्षा ना. एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा।
18931 खण्डवाल वि. खण्ड भएको; एकभन्दा धेरै तह वा भाग भएको; खण्डे।
18932 खण्डवृष्टि ना. एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा।
18933 खण्डहर ना. बिग्रीभत्की केही अवशेष मात्र बचेका प्राचीन स्मारकको समूह; भग्नावशिष्ट प्राचीन भवन, भग्नावशेष।
18934 खण्डाकार ना. संस्कृत व्याकरणका प्रक्रियाअनुसार अकारको सन्धि भएका ठाउँमा लेखिने डकारको चिह्न; लुप्त अकार (S)।
18935 खण्डाश्मा ना. मिसिनद्वारा वा घन आदिका सहायताले साहो पत्थर फोरेर बनाइएको मसिनो टुक्रा; रोडा।
18936 खण्डाश्मित वि. १. सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको।
18937 खण्डाश्मित वि. २. रोडा छापिएको; ग्राभेलिङ गरिएको।
18938 खण्डिता ना. १. शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद।
18939 खण्डिता ना. २. परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका।
18940 खण्डी ना. १. खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल।
18941 खण्डी ना. २. सानो खण्ड, टुक्रा वा भागलाई बुझाउने र सङ्ख्यावाची शब्दमा पछिल्तिर गाँसिने शब्द (जस्तै- त्रिखण्डी, चौखण्डी)।
18942 खण्डीय वि. खण्ड हुने; खण्ड गर्न सकिने।
18943 खण्डीय वर्ण ना. स्वतन्त्र रूपमा रहेका वा छुट्टै उच्चारण गर्न सकिने वर्ण (स्वर वा व्यञ्जन)।
18944 खण्डे वि. १. खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।
18945 खण्डे वि. २. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।
18946 खण्डेतर वि. खण्डबाहेकको अर्को खण्डको।
18947 खण्डेतर वर्ण ना. खण्डीय वर्णसँग मिलेर बसेका स्वतन्त्र रूपमा छुट्टै उच्चारण हुन नसक्ने वर्ण।
18948 खण्डेतर वर्ण ना. (स्वरका दीर्घता, उदात्तता, लय, ताल आदि खण्डेतर वर्णतत्त्व हुन्)।
18949 खण्डे थाल ना. विभिन्न व्यञ्जन राख्न मिल्ने बटुकी आकारका सानाठुला खोपिल्टा परेको थाल; खण्डी।
18950 खण्डो ना. १. खेत, बारी आदिको कुनै भाग।