Dictionary

All Word

18951 खण्डो ना. २. भान्छाकोठाको हाताभित्र भात खाँदा पिर्का राखेर बसी खान मिल्ने गरी बनाइएको सानोतिनो चौको।
18952 खत ना. १. शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग।
18953 खत ना. २. अदालतबाट कुनै अभियोगमा ठहर गरिएको कसुर; अपराध; अदालतको फैसलाअनुसार साबित भएको कसुर (उदा.- पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन्।)।
18954 खत ना. ३. दाह्री खौरँदा वा कपाल काट्दा कनसिरीका रौँको कटाइ; कलम।
18955 खतखत क्रि.वि. १. लेदो पदार्थ पकाउँदा छड्कन वा फत्कन थालेपछि आवाज आउने किसिम।
18956 खतखत क्रि.वि. २. सानो मुख भएका भाँडाबाट दही आदि बाक्लो लेदो पदार्थ खन्याउँदा आवाज आउने किसिम।
18957 खतबात ना. अदालतबाट कुनै अभियोगमा ठहर भएको कसुर; अदालतद्वारा मुद्दाबाट ठहरिएको बातकसुर।
18958 खतम ना. १. कुनै कामकुराको टुङ्ग्याइ; समाप्ति।
18959 खतम ना. २. अन्त; आखिरी।
18960 खतम ना. ३. नाश; लोप।
18961 खतम ना. ४. मृत्यु; देहावसान; मरण।
18962 खतरनाक वि. १. खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी।
18963 खतरनाक वि. २. भयङ्कर; डरलाग्दो।
18964 खतरनाक वि. ३. कुलक्षणी; अनिष्टकारक।
18965 खतरनाक वि. (उदा.- खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन)।
18966 खतरा ना. १. सम्भावित विपत्ति; डर; भय।
18967 खतरा ना. २. आशङ्का; सन्देह।
18968 खती ना. १. सँभाल्दा सँभाल्दै पनि अकार्थमा धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति।
18969 खती ना. २. नचाहिँदो खर्च; बरबादी; अपव्यय।
18970 खती ना. ३. नाश।
18971 खतीउपती ना. ऋण र धन; खति र उपती; हानि र लाभ; नाफानोक्सान।
18972 खतीपती ना. कसैलाई उसको इज्जतमान केही नराखेर भन्ने काम; इज्जत आबरु।
18973 खतुकी वि. कुनै अपराधमा अदालतबाट सजाय पाएको; खतबात लागेको; कसुरदार; दोषी; बापती; अपराधी।
18974 खतेर्नु स.क्रि. १. कुनै वस्तुको थुप्रो लाउनु, चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु।
18975 खतेर्नु स.क्रि. २. सोहोर्नु, जम्मा गर्नु।
18976 खतेराइ ना. खतेर्ने काम; चाङ लगाउने काम।
18977 खतेरिनु अ.क्रि. सोहोरिनु, एकत्र थुप्रिनु।
18978 खतेराउनु प्रे. क्रि. खतेर्न लाउनु।
18979 खत्कनु अ.क्रि. कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु, फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।
18980 खत्काइ ना. खत्कने क्रिया वा भाव।
18981 खत्काइनु क.क्रि. खत्काउने काम गरिनु।
18982 खत्काउनु प्रे.क्रि. खत्कने पार्नु; खत्कन लाउनु।
18983 खत्किनु अ.क्रि. कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु, फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।
18984 खत्क्याइनु क.क्रि. खत्किने पारिनु; छड्काइनु।
18985 खत्क्याउनु प्रे.क्रि. खतखत आवाज आउने गरी पकाउनु, छड्काउनु।
18986 खत्तिनु अ.क्रि. १. पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु।
18987 खत्तिनु अ.क्रि. २. धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु।
18988 खत्त्याइ ना. खत्त्याउने प्रक्रिया वा भाव।
18989 खत्त्याइनु क.क्रि. खन्याइनु; पोखिनु।
18990 खत्त्याउनु स.क्रि. खन्याउनु, एकैचोटि सबै पोख्ने काम गर्नु, खन्याउनु; धेरै दिनु।
18991 खत्रक्क क्रि.वि. १. कुनै वस्तु केही माथिबाट तल खस्ने वा त्यसरी खस्दा आवाज आउने किसिमले।
18992 खत्रक्क क्रि.वि. २. कसैले कुनै काम बिराएमा, कुनै गल्ती गरेमा वा कुनै कुरा भन्न चाहेजस्तो नभएमा त्यस्तो लाचार, लज्जित वा निराश हुने ढङ्गमा।
18993 खत्री ना. १. पुरानो चलनअनुसार बाहुनको आफूभन्दा तल्लो जातकी केटीसँग वा छेत्रीको पानी चल्ने आफ्नोभन्दा भिन्न जातकी केटीसँगको दाम्पत्य जीवनबाट पैदा भएका सन्तान र तिनीहरूको वर्ग।
18994 खत्री ना. २. वर्णसङ्कर।
18995 खत्र्याकखुत्रुक क्रि.वि. १. सानोतिनो वस्तु चलाउँदा वा हल्लाउँदा आवाज आउने किसिमले।
18996 खत्र्याकखुत्रुक क्रि.वि. ना. २. सानोतिनो सरसामान, मालमत्ता, जेतेमेते।
18997 खत्र्याकखुत्रुक क्रि.वि. ३. सानोतिनो कामकाज ; साधारण काम।
18998 खत्र्याङखुत्रुङ क्रि.वि. १. सानोतिनो वस्तु चलाउँदा वा हल्लाउँदा आवाज आउने किसिमले।
18999 खत्र्याङखुत्रुङ क्रि.वि. ना. २. सानोतिनो सरसामान, मालमत्ता, जेतेमेते।
19000 खत्र्याङखुत्रुङ क्रि.वि. ३. सानोतिनो कामकाज ; साधारण काम।